सदावहार नायिका रेखा थापाले पुनः विवाह गर्दै



हाम्रो इकोनोमि

 

रेखा थापा कुनै समयकी निकै चर्चित र व्यस्त नायिका हुन् ।

हुन उनी सदावहार चर्चामा रहने नायिकामा पर्छिन् ।

कुनै समयमा उनको नामले मात्र पनि चलचित्र सफल हुने गर्थे ।

केहीबर्ष देखि भने लगातार उनका चलचित्रहरु असफल भैरहेका छन् ।

पछिल्लो समयमा रेखा चलचित्रमा भन्दापनि राजनीति क्षेत्रमा बढी संलग्न छिन् ।

यस्तै छवि ओझसँग केहीबर्ष अघि उनको डिभोर्स भएको थियो ।

अहिले रेखालाई विवाह केहिले गर्ने ?

बच्चा कहिले जन्माउने ?

भन्ने खालका प्रश्नहरु सोधिने गरिन्छ ।

उमेरले ३५ नाघिसकेकी रेखाले आफ्नो विवाहको बारेमा कडा जवाफ दिएकी छिन् ।

उनले फ्यानलाई डन्ट वरी म विवाह गर्छु भनेकी छिन् ।

यो कुरा सुन्दा उनका फ्यानमा उनको विवाह कहिले हुन्छ भनेर उत्सुकता जाग्नु स्वभाविकै हो ।

रेखाले आफू ४० कटेसी विवाह गर्ने बताएकी छिन् ।

उनी अबको ४ बर्षजति मज्जाले राजनीति र चलचित्र क्षेत्रमा रमाइलो गर्ने र त्यसपछि मात्र विवाह गर्ने सोचमा रहेकी छिन् ।

रेखाले आफ्नो कोहीसँग पनि प्रेम भने नभएको बताएकी छन् ।

उनलाई प्रेमप्रति कत्तिपनि विश्वास नै छैन ।

रेखाले प्रेमलाई फेक भनेकी छिन् ।

तर उनले आफ्नो श्रीमान् भने राजनीति क्षेत्रलाई बुझेको हुने बताएकी छिन् ।

रेखाले यसो भनिरहँदा उनको फ्यानलाई उनको विवाह हेर्न कौतुहलता बढिरहेको छ ।

आशा छ नायिका रेखाले आफ्नो वचन पुरा गर्दै फेरि एकपटक विवाह गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...