‘गलबन्दी’ गायकलाई सिधैँ नेपाल प्रहरीका आइजिपीको फोन



हाम्रो इकोनोमि

 

गायक प्रकाश सपुतलाई नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनालले फोन गरेर बधाइ दिएका छन् । खनालले ‘गलबन्दी’ जस्तो मौलिक गीत पस्केको धन्यबाद दिँदै निरन्तरताको लागि शुभकामना दिएका हुन् ।

 

गायक सपुतले आफ्नो फेसबुकमा स्टाटस लेख्दै ‘गलबन्दी’ को सफलता सम्पूर्ण संगीतकर्मीका लागि भएको बताएका छन्। ‘गल्बन्दी शब्द संगितले मात्रै भन्दा पनि यसको मौलिक र स्वभाविक प्रस्तुतीकरणले मन पराइएको हो र अन्ततस् नेपालीलाई नेपालीपन नै मन पर्ने रैछ भन्ने कुरा गित संगित, चलचित्र, साहित्य सबै तिर पुनर्विचार हुन थालेको छ ।हामीले कुनै पनि हालतमा त्यो विश्वासलाई बिच्कन दिनुहुन्न है।’ उनले भने।

 

सपुतको स्टाटस

म जहाँ पुगेको छु त्यहा केबल “गल्बन्दी” को सफलताको चर्चा मात्रै भएको छैन लोक संगित र मौलिकताको सवाल समेत दरो गरि उठेको छ । विभिन्न पेशामा आवद्द नेपाल भित्र र बिश्व भरि बाट धेरै नेपालीहरुले हाम्रो लागि हाम्रै गित निकाल्नु भएकोमा धन्यबाद भन्दै लामो लामो म्यासेज गर्नु भएको छ ।

 

हिजो मात्रै यसअघि पर्सनल्ली चिनजान नभएको भएपनि आईजिपि सर्वेन्द्र खनाल ज्युले प्रत्यक्ष फोन नै गरेर राम्रो र मौलिक गीत पस्कनु भएकोमा धन्यबाद दिँदै यसलाई निरन्तरता दिन आग्रह गर्नु भएको थियो । यो एउटा उदाहरण मात्रै । जो यसअघि लोकदोहोरी गीतका नियमित पारखी होइनन् उनीहरुको समेत यता रुचि बढेको छ।

 

यो पर्सनल्ली मेरो र बोलमायार गल्बन्दी टिमको भन्दा पनि समग्र लोक संगितकर्मी लागि सुखद कुरा हो जस्तो लाग्छ । गल्बन्दी शब्द संगितले मात्रै भन्दा पनि यसको मौलिक र स्वभाविक प्रस्तुतीकरणले मन पराइएको हो र अन्ततस् नेपालीलाई नेपालीपन नै मन पर्ने रै’छ भन्ने कुरा गीत संगित, चलचित्र, साहित्य सबैतिर पुनर्विचार हुन थालेको छ । हामीले कुनै पनि हालतमा त्यो विश्वासलाई बिच्कन दिनुहुन्न है ।

 

 

 

गलबन्दीले युट्युब ट्रेन्डिङमा कब्जा जमायो ! (भिडियोसहित)

प्रकाश सपुत र शान्तिश्री परियारको लोक दोहोरी ‘गलबन्दी’को म्युजिक भिडियोले ६ दिन देखि युट्युबको १ नम्बर ट्रेन्डिङ् ओगटेको छ । सार्वजनिक भएको ६ दिनपछि शनिबारसम्ममा गीतको भिडियोलाई ५० लाख बढीपटक हेरिएको छ ।

 

सपूतले अघिल्लो वर्ष निर्माण गरेको लोक गीत ‘बोल माया’ पनि युट्युब ट्रेन्डिङको नं. एकमा आएको थियो । जुन गीत अहिलेसम्म एक करोडभन्दा बढी पटक हेरिएको छ । बोलमायाकै पूर्वभाग ‘प्रिक्वेल’को रुपमा ‘गलबन्दी’ ल्याएको सपुतले बताए ।

 

गलबन्दीमा पनि शब्द, सङ्गीत, स्वर र श्रव्यदृश्य निर्देशन सपुतकै छ । स्वरमा सपुतलाई शान्तिश्री परियारको साथ छ । म्युजिक भिडियोमा सपुत र अञ्जली अधिकारीको अभिनय छ । भिडियो छायाङ्कन सपुतकै जन्मघर बागलुङ, धम्जामा गरिएको छ ।

 

‘परम्परागत रोधीको झझल्को आउने गरी गीत बनेको छ’, सपुतले भने, ‘राम्रो प्रतिक्रिया आएको छ, उत्साहित छु ।’ मौलिक शब्द, सङ्गीत र प्रस्तुतीकरणका कारण गीतलाई स्रोता, दर्शकले रुचाएका छन् ।

 

म्युजिक भिडियोको कथा, सोच र निर्माणपक्षसमेतले गीतलाई न्याय गरेको छ । लोक दोहोरीमा विशुद्ध मानवीय प्रेम र संवेदनाको भाव प्रकट भएको छ । ‘एकदमै रमाइलोका लागि बनाइएको गीत हो’, सपुतले भने, ‘भिडियोमा नयाँपन दिने प्रयास गरेको छु ।’

 

कथात्मक शैली, सिर्जनशीलता, अनौपचारिक प्रस्तुति, ठेट सम्वाद र जीवन्त अभिनयले दर्शक गीतमा लोभिन्छन् । सपुत चञ्चले युवक र अधिकारी लज्जालु युवतीका रुपमा म्युजिक भिडियोमा देखिएका छन् ।

 

गीतको मर्म र भावलाई भिडियोमा मौलिक ढङ्गले उतार्न निर्देशकका हिसावले पनि सपुत सफल देखिनुभएको छ । भिडियो हेर्ने जो कोहीलाई कलाकारको अभिनय बनावटी लाग्दैन ।

 

भाका नेपाल प्रालिद्वारा निर्मित गीतको म्युजिक भिडियोमा सपुतका आमाबुबा, भाइ र आफन्जनकोसमेत अभिनय देख्न पाइन्छ । यसअघि ‘दोहोरी ब्याटल’ गाएर विवादित बनेका सपुतले सामाजिक विषयवस्तुलाई सिर्जनामार्फत मुखरित गर्दै आएका छन् ।

 

गत वर्ष सार्वजनिक ‘बोल माया’ विदेशमा प्रियजन गुमाउने नेपाली परिवारको वेदनामा आधारित लोकगीत हो । विषयवस्तुको छनौट र प्रस्तुतीकरणमा ध्यान दिनसके सफल भइने पाठ आफूले सिकेको सपुतको भनाइ थियो ।

 

पछिल्लो समय लोकदोहोरी गीतले युट्युबमा राम्रो दर्शक पाउन थालेका छन् । गत असोजमा सार्वजनिक भएको लोकदोहोरी ‘सालको पातको टपरी’ चार करोड भन्दा बढी पटक हेरिएको छ । उक्त गीत नै युट्युबमा सबैभन्दा बढी हेरिएको पहिलो नेपाली लोकदोहोरी बन्न सफल भएको छ ।

 

म्युजिक भिडियो हेर्ने, लाइक, कमेन्ट, शेयर र ‘सब्सक्राइब’ गर्नेको संख्याका आधारमा युट्युबमा गीतको चर्चा मापन हुन्छ । सोही आधारमा कलाकारले पैसा पाउँछन् । पैसा आउनका लागि तोकिएको संख्यामा हेरिनुपर्ने र सब्सक्राइबर (युट्युब च्यानलको समूह सदस्य) पुग्नुपर्ने प्रावधान छ ।

 

शुरुमा युट्युब एकाउन्ट परीक्षणमा रहने र ‘मोनिटाइज’ भएपछि मात्र पैसा आउने गरेको छ । श्रव्य क्यासेट, सिडी, सिआरविटी हुँदै सङ्गीत व्यवसाय अहिले युट्युबमा केन्द्रित छ । प्रविधिको फड्कोले सङ्गीत बजारको स्वरुप बदलेको हो ।

 

 

 

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...