प्रकाश कँडेललाई आज छाडने, धुर्मुस–सन्तलीलाई लाग्यो यस्तो झट्का



हाम्रो इकोनोमि

 

बहुचर्चित ‘गौतमबुद्ध अन्तर्राष्ट्रि क्रिकेट रंगाशाला’को बार भत्काएको अभियोगमा पक्राउ परेका प्रकाश कँडेलसहितका युवाहरूलाई छाड्ने सहमति भएको छ ।

बिहीबार राति चितवनका प्रमुख जिल्ला अधिकारीसहित प्रमुख राजनीतिक दलका अध्यक्षहरूको संयुक्त बैठकले कँडेलसहित थुनामा रहेका चार जनालाई छाड्ने सहमति बनेका हो ।

उनीहरूलाई छाड्ने सहमति भएपनि भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालसँग अन्तिम स्वीकृति लिने निर्णय पनि भएको एक नेताले बताए ।

मेयर रेणु दाहाल र धुर्मुस–सुन्तलीको दवावमा प्रकाश कँडेलसहित १८ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका प्रकाश कँडेल रेणु दाहालकै पार्टीका युवा नेता हुन् ।

बार भत्काएको अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनले १८ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये १४ जनालाई छाडिएपनि प्रकाश कँडेल, भैरव बस्ताकोटीसहित चार जनालाई छाडिएको थिएन ।

चितवनका प्रमुख जिल्ला अधिकारीको आयोजनामा प्रदेश सांसद विजय सुवेदी, नेपाली कांग्रेसका सभापति जीतनारायण श्रेष्ठ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष यमबहादुर परियार लगायत सम्मिलित बैठकले पक्राउ परेका प्रकाश कँडेलसहितका थुनामा रहेकालाई छाड्ने सहमति गरेको हो ।

भरतपुर महानगरको असावधानीले रंगशाला निर्माणधीन स्थलमा दुःखद् घटना भएको भन्दै स्थानीय जनताले दुःख पाउन नहुने निर्णय भएको छ । स्थानीयले पाँच महिना अगाडि वडा कार्यालयमार्फत महानगरपालिकामा बुझाएको माग र ज्ञपानपत्रको सुनुवाइ मेयर रेणु दाहालले नगरेकै कारण घटना भएको ठहर गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय अगाडि धर्नामा उपस्थित भरतपुर महानगरपालिका १६ का टोलबासीलाई शुक्रबार प्रशासनिक प्रक्रिया पु¥याएर प्रकाश कँडेलसहितकालाई रिहा गर्ने आश्वासन दिएको पीडितहरूले बताएका छन् ।

सर्वपक्षीय बैठकमा भरतपुरका महानगरपालिकाको प्रतिनिधित्व थिएन । मेयर रेणु दाहालले बैठकमा प्रतिनिधिलाई पठाउन अस्वीकार गरेको स्रोतले जनाएको छ ।

सर्वदलीय बैठकमा चितवनका प्रमुख जिल्ला अधिकारीले मेयर रेणु दाहालसँग सल्लाह नगरेर थुनामा रहेका चार जनालाई रिहाइ गर्न आफू असमर्थ रहेको जानकारी गराएका थिए ।

प्रमुख जिल्ला अधिकारीले शुक्रबार मेयर रेणु दाहालसँग परामर्श गरेर प्रकाश कँडेलसहितकालाई छाड्ने वा नछाड्ने निर्णय लिनेछन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको परिसरमा बनिरहेको रंगशालालाई साढे २० विघा जग्गा प्रदान गरिएको छ ।

व्यावहारिक कारणले हाल २२ विघा जग्गामा बार लगाएर धुर्मुस–सुन्तली फाउण्डेशनले रंगशाला निर्माणको कार्य अघि बढाइरहेको छ ।

पश्चिमतर्फ बाटो बनाएर दिँदै गर्दा थप ४–५ विघा जग्गा विश्वविद्यालयको नोक्सान हुनेछ ।

रामपुरको सुविधाजनक ठाउँमा करीव २५ विघा जग्गा गुमाउँदै गर्दा भरतपुर महानगरले विश्वविद्यालयलाई क्षतिपूर्तिसहित अन्य ठाउँमा दिने भनिएको जग्गाको बारेमा पनि टुंगो लगाउनुपर्ने माग उठेको छ ।

रामपुरमा २५ विघा जग्गा रंगाशालाको नाममा सकिँदै गर्दा अध्ययन, अध्यापन र प्रयोगात्मक प्रयोजनलाई नै प्रयोग हुने गरी दुर्गम क्षेत्रमा ५० विघासम्म जग्गा दिइनुपर्ने माग विश्वविद्यालयका प्राध्यापकहरूको रहेको छ ।

रंगशाला निर्माणको क्रममा विवाद हुँदा जेठ १५ गते स्थानीयले बार भत्काइदिएका थिए ।

कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेले मलेसिया, कतार लगायत विभिन्न देशबाट चन्दा उठाएर रंगशाला निर्माण गर्ने बताएका छन् । रंगशाला बनाउने बहानामा उनीहरूले स्थानीयलाई उठिबास लगाउन खोजेको आरोप पनि छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...