स्थानीय तहको लोकसेवा पास गर्न नालान्दा फाउण्डेशनको नयाँ सुत्र



हाम्रो इकोनोमि

 

 

लोकसेवा आयोगद्वारा लिइने परीक्षाहरुलाई केन्द्रित गरी प्रशिक्षित गराउने उदेश्यले अनामनगर भाटभटेनीको पूर्वपट्टी अवस्थित नालान्दा फाउन्डेशनले विविध परीक्षाहरु प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालबाट शुभारम्भ गरेको छ । नेपालका ख्यातिप्राप्त प्रशिक्षकहरु संलग्न गराई लोकसेवाका सम्पूर्ण परीक्षाहरु, बैकिङ्ग क्षेत्र, प्राविधिक तर्फ इन्जिनियर, सभओभरसियर, जेटिए, कम्युटर अपरेटरसहित विशेषगरी भर्खरै खुलेका स्थानीय तहका चौथों, पाँचौ र छैठौं तहलाई महत्व दिएर फाउण्डेशनले आफ्नो कक्षाहरु सुचारु गरेको छ ।

 

फाउण्डेशनद्वारा सञ्चालित लोकसेवा परीक्षाको कक्षा सुभारम्भमा अध्यक्ष दाहालले नेपालको प्रशासनिक इतिहासमा ठुलो तहमा रोजगारीको अवसर खुलेको सन्दर्भ उल्लेख गर्दै युवा पुस्ताहरुलाई विधिको शासन स्थापित गर्न र मुलुकलाई समृद्धतर्फ उन्मुख गराउन पनि युवावर्ग लोकसेवामार्फत प्रशासन क्षेत्रभित्र प्रवेश गर्न जरुरी रहेको बताउनुभयो ।

 

अध्यक्ष दाहालले काँधमा जिम्मेवारी, काममा इमान्दारी र मष्तिष्कमा समझदारी राख्दै युवावर्गले सेवा प्रवेश गर्नुपर्ने आजको आवश्यता भएको सन्दर्भ उल्लेख गर्नुभयो । मुलुकमा अब निराशा होइन उत्साह जगाउनपनि युवावर्ग नालान्दा फाउण्डेशनको कक्षामा प्रवेश गरी लोकसेवा पास गर्न सक्षम हुन सक्नुहोस् भन्दै सम्पूर्ण लोकसेवामा सहभागि हुनुहुने युवाहरुलाई शुभकामना दिनुभयो ।

 

दाहालले ख्यातिप्राप्त प्रशिक्षकहरु सम्मिलित गराई लोकसेवा सञ्चालन गर्ने अभियानमा लागेको नालान्दा फाउण्डेशनले धेरै भन्दा धेरै युवा वर्गहरुलाई प्रशासन क्षेत्रमा प्रवेश गराउन सफलता प्राप्त गरोस् भन्ने शुभकामना दिनुभएको थियो । त्यसैगरी कक्षामा सहभागि भएकाहरुलाई लोकसेवा पास गर्न समयको महत्व बुझ्ने र निरन्तर अध्ययनमा लागे सफलता टाढा छैन भन्ने कुरा बतउनुभयो । नालान्दाले सञ्चालन गरेको लोक सेवा तयारी कक्षामा ख्यातिप्राप्त प्रशिक्षकहरुले प्रशासन र प्राविधिक दुवै तर्फका कक्षाहरु सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...