पत्रकारको नाक भाँच्न एक करोड छुट्याउने मेयरलाई यसो भन्छन् योगेश भट्टराई



हाम्रो इकोनोमि

 

 इटहरी उपमहानगरपालिकाका मेयर द्वारिक चौधरी अहिले पत्रकारको नाक भाँच्नका लागि एक करोड रुपैयाँ छुट्याएको अभिव्यक्तिका कारण सञ्चार माध्यम र सामाजिक सञ्जालमा छाइरहेका छन् ।

 

नेकपाका सांसद योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत मेयर चौधरीलाई सुझाव दिंदै आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘म द्वारिकजीको हकी स्वभाव, प्रष्ट वक्ता र इमानदारिताको पहिलेदेखि कै प्रशंसक हुँ ।’

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी

 

उनले अगाडि लेखेका छन्, ‘तर केही दिनयता उहाँले पत्रकार र अन्य कतिपय व्यक्तिका बारेमा सार्वजनिक भएका अभिव्यक्ति स्वयम् उहाँले धारण गर्नुभएको सार्वजनिक पद, उहाँले प्रतिनिधित्व गर्नु भएको पार्टी (नेकपा) र स्वयम् उहाँको राजनीतिक उचाइका लागि कदापी सुहाउँदैन ।’ भट्टराईले मेयर चौधरीलाई आफ्ना भनाइप्रति आत्मालोचना गरी पदीय गरिमा र पार्टीको प्रतिष्ठाप्रति सचेत रहन अनुरोध गरेका छन् ।

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ता समेत रहेका मेयर चौधरीले विभिन्न सञ्चारमाध्यममा अन्तरवार्ता दिंदै आफ्ना भनाइको प्रतिरक्षा गर्नुका साथै कानून हातमा लिने खुल्लेआम चेतावनी दिइरहेका छन् ।

 

पत्रकार महासंघको आपति
पत्रकारलाई इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले दिएको धम्कीलाई लिएर नेपाल पत्रकार महासंघ सुनसरी शाखाले ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै महासंघले पत्रकार विराट अनुपमलाई ‘नाकको हड्डी भाँच्न एक करोड र घडेरी छुट्याएको छु’ भनी दिएको धम्कीको निन्दा र भत्र्सना गरेको छ ।

 

उपमहानगर मेयर चौधरीले मंगलबार २ पटकसम्म पत्रकार अनुपमलाई धम्की दिएका थिए । आफ्नो फेसबुक पोस्टमा ‘चाटुकार पत्रकार’ भनेर कमेन्ट गरेपछि किन यस्तो गरेको भनेर मेयर चौधरीलाई फोन गरेका अनुपमलाई उनले पहिलो पटक मंगलबार दिउँसो धम्की दिएका थिए । उनले अनुपमकै स्टाटसमाथि ‘अब तिम्रो पालो’ भन्दै कमेन्ट लेखेका थिए ।

 

उनले आफू गुण्डागर्दीमा उत्रिएको बताउँदै आफ्नो ज्यानको सुरक्षा गर्न समेत चुनौती दिएका थिए । सोपश्चात् करिब ५ घण्टापछि पुनः पत्रकार अनुपमलाई फोन गरी आफ्नो सुरक्षा गर्न सुझाएका थिए ।

 

आफू कम्युनिष्टको कार्यकर्ता भएको सम्झाउँदै उनले कम्युनिष्ट पार्टीको कार्यकर्ता ‘डिक्टेट’ स्वभावको हुने बताएका थिए । ‘सक्छौ भने आफ्नो सुरक्षा गर । सुपारी दिइसकेको छु,’ उनले भनेका छन्, ‘मेरो सामाजिक मर्यादा र राजनीतिक करियरको क्षतिपूर्ति कसले दिन्छ ?’

 

महासंघले पत्रकारलाई सुरक्षित रुपमा काम गर्ने वातावरण निर्माण गर्न सरकारसँग माग गरेको छ । यसअघि पनि उनले गत जेठ ८ गते समाचार संकलनका क्रममा गएका दुई पत्रकारमाथि दुर्व्यवहार गरेका थिए । सो घटनालाई लिएर पत्रकारको भावनामा चोट पुर्‍याउने आफ्नो कुनै पनि मनसाय नरहेको बताएका मेयर चौधरीले पुनः आफ्नो प्रतिबद्धता काम गरेकोमा पत्रकारलाई असुरक्षा बढेको महासंघको ठहर छ ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...