अडान होस् त ईश्वर पोखरेलको जस्तो



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र एक व्यक्ति एक पदको चर्चा व्यापक भइरहेका बेलामा सचिवालय सदस्य ईश्वर पोखरेल भने चट्टान झैं खडा भएका छन् ।

 

केपी शर्मा ओली प्रधानमन्त्रीसहित पार्टीको अध्यक्ष पनि हुने तर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिका बुँदा केलाउँदै हिँडेपछि उप्रधानमन्त्रीसमेत रहेका ईश्वर पोखरेलले अडान राख्दै प्रधानमन्त्री र पार्टी अध्यक्ष एउटै भनेका छन् ।

 

अर्थात् पाँच वर्षसम्म ओली नै प्रधानमन्त्री र ओली नै पार्टी अध्यक्ष । तत्कालीन नेकपा एमालेका नेताहरु भड्किइरहेका बेलामा ईश्वर पोखरेल मात्र चट्टान बनेर खडा भएका छन् ।  प्रचण्डले आलोपालो प्रधानमन्त्री हुने भन्ने विषय उठाएपछि पोखरेलको धैर्य टुटेको हो । उनले ओलीको एक्लै कबच बन्ने प्रयास गरेका छन् ।

 

पार्टीको नीतिबारे पनि पोखरेल अडिक 
पार्टीको नीति केबल सत्ता र कुर्सी बन्दै गइरहेको सन्दर्भमा सचिवालय सदस्य पोखरेलले जनताको बहुदलीय जनवाद नै पार्टीको नीति भएको बताएका छन् ।  प्रचण्डले जब जब ट्रयाक बाहिर जाने प्रयत्न गर्छन् तबत ब पोखरेलले उनलाई सम्झाउने प्रयत्न गरिरहेका हुन्छन् ।

 

ओलीका भरोसा लायक अरु पनि नेताहरु होलान् । तर तिनीहरु बोल्दैनन् । उनीहरु विभिन्न स्वार्थमा डुलिरहँदा पोखरेलले भने आफ्नो अडान र ओलीप्रतिको भरोसालाई कायमै राखिरहेका हुन्छन् ।

 

पोखरेलले राखेको मदन भण्डारी प्रतिपादित जनताको बहुदलीय जनवादलाई ओलीले पनि स्वीकार गर्दै गत जेठको पहिलो साताभर त्यही नीतिलाई अगाडि सारिरहे ।

 

प्रचण्डले भने समय निकै अगाडि बढेको भन्दै पुरानो नीतिमा फर्कन नसकिने बताउँदै आएका छन् । यो विषयमा महाधिवेशनले टुंगो लगाउने भने पनि महाधिवशेन अगाडि नै यो विषयले ठाउँ पाएको हो ।

 

खासमा पोखरेल प्रचण्डप्रति पार्टी एकतादेखि नै शंकाको दृष्टिले हेर्छन् । जनता सामु गएर एकथरि कुरा गर्ने अनि सचिवालय बैठकमा त्यसो भनेकै हैन भन्ने नीति प्रचण्डको छ । यसप्रति उनी सशंकित छन् ।

 

एमालेकै नेताहरु ओलीसंग सन्तुष्ट छैनन् । उनीहरु अवसर खोजिरहेका छन् । तर ईश्वर पोखरेल यतिबेला व्यवहारिक दृष्टिकोणले नै अगाडि बढेका छन् ।

 

हुनत ईश्वरको ठूलो गुट छैन । उनले त्यसलाई फराकिलो पनि बनाउँदैनन् । उनी आफू गुटमा भन्दा एकतामा विश्वास गर्ने भन्दै आएका छन् । जो अडिक हुन्छ उसलाई सानातिना आरोह अवरोहले रोक्न सक्दैन ।

त्यसैले त पोखरेलले पार्टीभित्र सहमति र समझदारीको सीमाको दायरा हुने भन्दै त्यही दायराभित्र बस्न सबैलाई आग्रह गरेका छन् । अडान होस् त ईश्वर पोखरलको जस्तो ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...