पाँच कक्षा नकट्दै प्रेम ?



हाम्रो इकोनोमि

 

त्यसै भनिएको होइन ‘हुलमुलमा जिउ जोगाउनु, अनिकालमा बीउ जोगाउनु’ । कराँते सिकेको, ब्ल्याक बेल्टवाला भनेर के गर्नु ? दुईपक्षीय हुलमुलमा पर्दा अघिल्लो साता एक युवकको अनाहकमा प्राणपखेरु उडेको छ । बाँकी साथीहरू नख्खु कारागारको चिसो सिँढीमा थन्क्याइएका छन् ।

 

प्रसंग हो, ललितपुर पुल्चोकको छुरी काण्डको । अहिलेका बच्चा उम्रन नपाई तीनपाते । ५ कक्षा पढ्दैदेखि ब्वाईफ्रेण्ड÷गर्लफ्रेण्ड बनाउने र बर्सेनि फेर्ने । यस्तै जब्बर भएर निस्किइन् मनीषा शाक्य (नाम परिवर्तन) ।

 

मीनभवनस्थित क्यारिबिएन कलेजबाट प्लस टु सकाएर फुर्सदिलो रहेकी । तर, प्यारको मामलामा कमजोर उनी ५ कक्षा पढ्दादेखि नै चक्करमा परिन् । पहिलो प्रेमी रोजिन् अभिषेक शाही । यो प्रेम तीन वर्ष पनि टिकेन । मायाको डेरा सारिन् किसन तामाङतिर । जो सँगै पढ्थे । यता, आफ्नो प्रेयसी खोसेर लगेको प्रतिशोध थियो अभिषेकहरूलाई । मात्र थिए, प्रतिशोध साँध्ने समयको प्रतीक्षामा । साइत जु¥यो गत साता । हातपातै गर्नुपर्ने घटना भएको केही थिएन ।

 

प्रेमिका खोसेको हिसाब–किताब मात्र चुक्ता गर्नु थियो । अघिल्लो दिन उनैको समूहले किसनको बाइकको लुकिङ ग्लास फुटाइदियो । र, त्यही निहुँमा भोलिपल्ट हातपातको स्थिति आयो । आखिर सानै हुन्छ झगडा र आगोको बीउ । यही विषयले यति उग्ररूप लियो कि ग्याङ फाइटकै स्थिति आयो । यही निहुँमा सेन्ट जेभियर्सअगाडि गल्लीमा अभिषेक र किसनको हानाहान भयो । यही घानमा मिसिन आएका थिए अनशल शाक्य जो कराँतेको ब्ल्याक बेल्टवाला, साथी हुन् अभिषेकको ।

 

उनले कराँतेको काँटा देखाउँदै थिए । तर, कृष्ण तामाङहरूले अगाडि र पछाडिबाट छुरा धसे । अगाडिबाट हानेको छुरी मुटुको छेउबाट र पछाडिबाट हानेको छुरा ढाडबाट छि¥यो । ऐøया आत्थो भन्न नपाई प्राणपखेरु उड्यो । यसरी छुरी हान्ने ग्याङचाहिँ टेकुको थियो । छुरी खाएर ज्यान जाने अनशल मंगलबजारका हुन् । यही प्रकरणमा परी आइतबार कर्तव्य ज्यान मुद्दाअन्तर्गत नख्खु जेल चलान भएका छन् ।

 

विदेशमा नेपाली धमाधम पक्राउ

 

नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलबारे विश्वव्यापी धारणा यही छ कि, त्यहाँबाट जे पनि बाहिरिन्छ, जे पनि छिर्नसक्छ । पछिल्ला गतिविधि हेर्दा यहाँबाट अनुचित किसिमले आए÷गएकाको हिसाबकिताब दह्रो निस्कने गरेको पाइन्छ ।

 

स्वदेशी÷विदेशी नभनी विमानस्थलमा भटाभट कारवाही भइरहेको छ । जेठको १५ गते बुधबार थाई एयरको टिजी ३१९ उडानबाट इन्द्रबहादुर बस्नेत र पूर्णकला थापा काठमाडौं ओर्लिए । उनीहरुलाई जापानमा अवैधरुपमा बढी बसेको (इलिगल ओभरस्टे) सम्बन्धी अन्तर्राष्ट्रिय अध्यागमन कानुनअनुसार समातेर फिर्ता पठाइएको हो ।

 

विश्वव्यापी रुपमा निर्धारित रकमभन्दा बढी बोकेर हिँड्न नपाइने अध्यागमन प्रचलन छ । यो कुरा जाने, बुझेरै एकजना क्यानेडियन नागरिकले अटेर गर्दा फन्दामा परेका छन् । जेठको १७ गते, शुक्रबार राति ड्रागन एयर केए १०३ नम्बरको उडानबाट हङकङ उड्न लागेका एसी ९५८६६२ नम्बरको राहदानीवाहक क्यानेडियन नागरिक टिन्नी मी ग हुन्, यस्तो फन्दामा परेका । अन्तिम सुरक्षा चेकजाँचको क्रममा उनीबाट प्रहरीले २० हजार ६ सय ३० अमेरिकी डलर, १४ सय २० हङकङ डलर र एक हजार ५० चिनियाँ युआन फेला पा¥यो र प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर कारवाही थालिएको छ ।

 

त्यही दिन टर्किस एयरको टिके ७२६ मा इस्तानबुलबाट काठमाडौं ओर्लिएका थिए, दुर्गाप्रसाद भुषाल । उनलाई पोर्तुगलको अध्यागमनले अवैधानिक आप्रवासन ‘नो पु्रभ अर कण्डिसन्स टु स्टे’ को कारण देखाएर डिपोर्ट गरेको थियो । उनले फ्रान्सस्थित नेपाली दूतावासबाट जारी भएको हस्तलिखित ५३७५७१५ नम्बरको राहदानी बोकेका थिए ।

 

अर्कातिर विमानस्थलमा विदेशबाट को–को आए र क–कसले देश छाडे भन्ने कुराको मिहिन ढंगले निगरानीको क्रम बढेको पुष्टि हुन्छ, एउटा घटनाबाट । नेपालमा तीर्थाटन र विभिन्न सामाजिक अभियानका नाममा भित्रिने र सबै गतिविधि गोप्य रहने हल्ला चल्ने गरेको छ । तर, १७ गते शुक्रबार साँझ ९ः१५ मा दिल्लीबाट नेपाल वायुसेवाको आरए २०६ को उडानमा अवतरण भएका एकजना बाबाजीमाथि प्रहरीले निगरानी बढाएको छ । स्वामी गोरखनाथ (राहुलेश्वर महाराज) त्यसदिन काठमाडौं ओर्लिंदा उनलाई स्वागत गर्न शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेत र प्रवक्ता विजय पाण्डे एयरपोर्ट पुगेका थिए । उनीहरु हरियो रंगको पर्यटकीय नम्बर प्लेट बा१य ८११ को जिपमा होटल अन्नपूर्ण पुगेको बताइन्छ । जनआस्थाबाट

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...