भूकम्प आउँछ भनेर अफवाह फैलाउने ज्योतिष पक्राउ
भूकम्प आउँदै भनेर भविष्यवाणी गर्ने युवा ज्योतिष अजुर्न क्षेत्रीलाई प्रहरीले आज पक्राउ गरेको छ । सर्वसाधारणमा भ्रम फैलाउँदै अफवाह फैलाएको भन्दै मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौंको एक टोलीले जयोतिष क्षेत्रीलाई गौशालाबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसरका अनुसार क्षेत्रीमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ ।
क्षेत्रीले केहीदिन अघि विभिन्न युट्युब च्यानलहरुलाई दिएको अन्तर्वार्तामा जेठ १७ गतेदेखि २८ वा त्यसो नभए असोजसम्म पश्चिम तराईका जिल्लाहरुलाई केन्द्रविन्दु बनाएर ६ देखि ७ रेक्टर स्केलको भूकम्प जाने भविष्यवाणी ठोकुवाका साथ गरेका थिए ।
भूकम्प आउँछ भनेर अफवाह फैलाउने ज्योतिष क्षेत्रीलाई अघोरीबाबाले के भने
अहिले नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताहरुका बिचमा एउटा कुरा निकै भाइरल भइरहेको छ । नेपालमा जेठ महिना भित्र ठुलो भुकम्प जाने सक्ने भन्दै गरिएको अनुमानले गर्दा जनतामा त्रास देखिएको छ । यो बिचमा ज्योतीष अर्जुन क्षेत्रीलाई धेरैले हावाका कुरा गर्ने व्यक्तिका रुपमा हेर्ने गर्छन भने कतिले उनलाई भगवान नै मान्ने गरेका छन् ।

उनी धेरै बोल्छन् तर जे बोलेका छन् त्यो आजसम्म नपुगेको भने बिरलै होला । यतिबेला भने ज्योतीष अर्जुन एक अन्तर्वार्तामार्फत यहि जेठ २८ गते भित्रै ६ देखि ७ रेक्टर स्केलको भूकम्प जाने खतरा देखाएका छन् । उनले भनेका छन्, नेपालगञ्ज, रुपन्देहिसहित दाङ जिल्लाकै आसपास केन्द्रविन्दु भएर भूकम्प जाँदैछ सबै सजग भएर बस्नुहोला । अर्जुनले २०८० साल भित्रै लोककतन्त्र ढल्ने र पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयन्द्र शाह राजा बन्ने ठोकुवासमेत गरेका छन् ।
तपस्वी रामबहादुर बम्जनलाई लागेको आरोप पनि झुटो आरोप भन्दै उनले आक्रोषित हुँदै आफ्नो मनको भाव पोखेका छन् । उनले भनेका छन्, बम्जन एउटा धर्म अनुसायी हुन्, उनले बलात्कार गर्नै सक्दैनन् । यो कुरा तपाई हामिले त आजसम्म पुष्टि गर्न सकेका छैनौँ या त अर्जुनको ज्ञानले के देख्यो त्यो पनि हामि भन्न सक्दैन ।
त्यसैले यो कुरा कतिको साँचो हो भन्ने समयले बताउँदै जानेछ हामि त्यसैमा विश्वास गरौँ । अर्जुजले अहिलेसम्म भनेका कुराहरु धेरै मिलेका छन् त्यसैले पनि उनी अहिले सर्वत्र चर्चामा रहेका ज्योतिष बनेका छन् । अब यस अन्तवार्तामा भनेका कुरा भने कति मिल्न जान्छन् त्यो आउदा दिनले नै बताउला ।
अर्जुन क्षेत्रीको उक्त दावीलाई मृतुन्जय अघोर बाबाले भने खण्डन गरेका छन । जनतालाई आतंकित नबनाउन क्षेत्रीलाई आग्रह समेत गरेका छन । बिगत ३० वर्ष देखि अघोरीबाबा बनेका मृतुन्जय बाबासंग भूतप्रेत, किचकन्या र अन्य विषयमा कुराकानी गरिएको छ । काठमाडौँमा जन्मिए पनि उनि ५ वर्ष देखि अनाथ भएका थिए ।
त्यसपछि उनि आश्रमको साहारामा पुगेका थिए । त्यसपछि उनि बाजेको साहारामा भारत पुगेका थिए । उनि भारत गएर अघोरीबाबाको शरणमा पुगे । त्यसपछि सुरु भयो उनको अर्को जीवन । आज उनि ६१ वर्ष पुगी सके तर २० वर्षको हुदा देखि सिकेको अघोरबाबाको ध्यान अझै दिन रात जब्छन । बाबा बनेर एक्लै घाटमा बसेकै वर्षौ भैसक्यो ।


