नेकपाको सचिवालय बैठक, सबै विवाद मिलाउने तयारी



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ । आन्तरिक गृहकार्य नपुगेको भन्दै बैठक सारिएको थियो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पोलिटब्युरो गठन र केन्द्रीय कमिटीको कार्यविभाजनबारे पटक पटक छलफल भइरहेको छ ।

 

अध्यक्षद्वय बीचमा आइतबार पनि छलफल भएको थियो । आज बस्ने सचिलयको बैठकबाट पोलिटब्युरो गठन र केन्द्रीय कार्यसमितिको कार्यविभाजनको विषयमा टुंगो लगाउने विषयमा छलफल भएको थियो ।

 

दुई अध्यक्षको बीचमा छलफल नटुंगिएपछि सोमबार बस्ने भनिएको बैठक स्थगित गरिएको थियो। नेकपाले लामो समयदेखि पोलिटब्यूरो गठन र कार्य बिभाजन गर्न नसकेको भन्दै पार्टी भित्र आलोचना भैरहेको छ ।

 

सोमबार अध्यक्षद्वय बीच भएको छलफमला सचिवालयका सदस्य एवं गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेल सहभागी थिए। बैठकमा पार्टीको एकता प्रक्रियालाई अन्तिम रूप दिन पोलिटब्युरो गठन, कार्यविभाजन तथा बाँकी रहेका एकता टुंगो लगाउने विषयमा छलफल भएको स्रोतले जनाएको छ । यसअघि जेठ १८ गतेका लागि सचिवालयको बैठक तय गरेको थियो तर अध्यक्षद्वय व्यस्त भएको कारण २० गतेका लागि सारिएको थियो।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...