रसुवामा जीप दुर्घटना ३ को मृत्यु, ३ बेपत्ता, ६ घाइते



हाम्रो इकोनोमि

 

पोखरा भ्रमणमा गएर फर्किएका गाउँले सवार जीप रसुवामा दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । ३ जना बेपत्ता भएका छन् भने ५ जना घाइते भएका छन् ।

 

चालकसहित ११ जना यात्रु बोकेर वेत्रावती–मैलुङ–स्याफ्रुबेसी हुँदै गोल्जुङ हिँडेको बा १० च ५८२० नम्बरको जीप सोमबार साँझ कालिका गाउँपालिका र गोकाइकुण्ड गाउँपालिकाको सीमानामा पर्ने गुम्चेतमा दुर्घटनामा परेको हो ।

 

दुर्घटनामा आमाछोदिङ्मो गाउँपालिका–४, गोल्जुङका ३२ वर्षीया साहिली घले, ३५ वर्षीया मेन्दु घले र ३२ वर्षीय नोर्बु तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, रसुवाले पुष्टि गरेको छ ।

 

दुर्घटनामा आमाछोदिङ्मो गाउँपालिका–४ गोल्जुङ कै ३ जना हराइरहेका छन् । पासाङ्दे घले, कामी याङ्जेन तामाङ र त्लेतङ घले हराएका हुन् । उनीहरुको नदीमा डुबेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । यही आशंकामा प्रहरीले अहिले उनीहरुको खोजीकार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय, रसुवाले जनाएको छ ।

 

दुर्घटनामा ५ जना घाइते भएका छन् । चालक निमा तामाङ, उनको छोरा र श्रीमती घाइते भएका छन् । घाइतेमध्ये निमा, जौरानी घले र फुर्वु योञ्जन तामाङको अवस्था गम्भीर छ । अन्य २ घाइतेको अवस्था भने सामान्य छ । प्रहरीका अनुसार, उनीहरुलाई नुवाकोटको त्रिशूली अस्पतालमा प्रारम्भिक उपचारपछि काठमाडौं पठाइएको छ ।

 

दुर्घटनाग्रस्त जिप सडकबाट १ सय मिटर तल नदीमा खसेर डुबेको छ । कच्ची र साँघुरो सडकका कारण जीप दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । जिल्ला प्रहरी कार्यालय, रसुवाका अनुसार, अहिले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

फाईल तस्विर

 

दैलेखमा आफ्नै श्रीमती र छोरालाई बेच्ने पुरुषलाई ३८ वर्ष कैद सजाय

 

आफ्नै श्रीमती र छोरालाई बेचेको आरोप लागेका भैरवी गाउँपालिका–४ भैरीका २१ वर्षीय टेकराज पुरीलाई जिल्ला अदालत दैलेखले सोमबार साढे ३८ वर्ष कैद सजाय र ३ लाख ३० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ ।

 

जिल्ला न्यायाधीश सनतचन्द्र लवटको इजलासले यस्तो फैसला गरेको जिल्ला अदालतले जनाएको छ । अभियुक्त पुरीलाई अदालतबाट मानव वेचविखनमा २० वर्ष, ओसारपसारमा १५ वर्ष र कुल सजायको थप १० प्रतिशतले हुन आउने साढे तीन वर्षसमेत गरी ३८ वर्ष ६ महिना कैद भएको जिल्ला अदालतका प्रवक्ता विनोद आचार्यले जानकारी दिए ।

 

भारतमा बेचिएकी ती महिला र बालकको माइतीपक्षले गत २०७५ जेठ ९ गते मानव बेचबिखन तथा ओसारपसारमा परेको भन्दै जिल्ला प्रहरी कार्यालयमा मुद्दा दायर गरेका थिए । माइती पक्षले दिएको जाहेरीको आधारमा जिल्लामा महिला तथा बालबालिकाहरुको क्षेत्रमा काम गर्दैआएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र शक्ति समूह काठमाडौंको पहलमा आफ््नै श्रीमानबाट बेचिएकी महिला र उनका छोरालाई भारतको बैंग्लोरबाट उद्धार गरिएको थियो ।

 

विगत २ वर्षदेखि परिवारसहित भारतको बैंग्लोर साझापुरमा बस्दै आएको बेला श्रीमानले आफू र छोरालाई बजार घुम्न गएका बेला ‘कोठामा जाऊ, म एकछिनमा आउँछु’ भनी गएको र कोठामा पुग्ने बित्तिकै एक्कासी नचिनेका व्यक्तिहरुले जवर्जस्ती सेतो पाउडर मुखमा सुँघाएर बेहोस बनाएर लगेको उनकी श्रीमतीले बताएकी थिइन् ।अपरिचित व्यक्तिहरुले २ लाख २० हजार भारतीय रुपैयाँमा श्रीमानबाट किनेको भनेपछि बल्ल आफू बेचिएको थाहा पाएको उनले वयानमा सुनाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...