विश्व सुन्दरी अभिनेत्री प्रियंका चोपडाको अब प्रधानमन्त्री लक्ष्य, सबै चकित हुने यस्तो छ योजना



हाम्रो इकोनोमि

 

चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडा अहिले हलिउडमा पनि चर्चामा आइरहने नाम हो । उनी सन् २००० मा विश्व सुन्दरी भएकी थिईन् । आफु भन्दा ११ वर्ष कम उमेरका अमेरिकी पप गायक निक जोनसका साथ विवाह गरेसँगै हरेक दिन कुनै न कुनै कुराका कारण उनी चर्चामा आउँने गर्छिन ।

 

सामाजिक सञ्जालमा उनले सेयर गरेका तस्वीर तथा उनले कुनै अन्तर्वार्तामा गरेको कुराकानी पनि चर्चामा आइहाल्छन् । मोडलिङबाट करियरको सुरुवात गर्दै मिस वर्ल्डको ताज जितेर बलिउडकी स्थापित अभिनेतृ प्रियंकाले आफूलाई त्यहाँसम्म मात्रै सीमित राखिनन् । बलिउडमा स्थापित अभिनेत्रीको रुपमा लाखौं दर्शकको मन जितेकी प्रियंकाले एकाएक हलिउडमा पाइला टेकिन् ।

 

त्यतिबेला धेरैले प्रियंकाको हलिउड जाने निर्णय गलत हुने अनुमान गरेका थिए । तर प्रियंकाले त्यो अनुमानलाई गलत सावित गर्दै हलिउडमा पनि सफलता हासिल गरिन् ।

 

हलिउड उद्योगमा आफ्नो स्थान बनाउँदै उनी संसार भरका दर्शकको ध्यान आकर्षित गर्न सफल भइन । हलिउड मार्फत ‘ग्लोबल आइकन’ बनिसकेकी प्रियंका चोपडाले अब राजनीतिक यात्रा पनि सुरु गर्न चाहेको बताएकी छिन् ।

 

प्रियंकाले हालै दिएको एक अन्तर्वार्तामा राजनीतिक महत्वाकांक्षाको बारेका कुराकानी गरेकी छिन् । उनले आफूलाई कुनै दिन भारतको प्रधानमन्त्री बन्ने इच्छा रहेको बताएकी छिन् ।

 

यति मात्रै होइन प्रियंकाले उनका पति निक जोनसले पनि कुनै दिन अमेरिकाको राष्ट्रपतिको चुनाव लडून् भन्ने चाहना रहेको बताएकी छिन् । तर प्रियंकाले भने पनि निकलाई राजनीतिमा कुनै इच्छा नरहेको पनि बताएकी छिन् ।

 

प्रियंका चोपडा अभिनेता फरहान अख्तर र जायरा वसीमका साथ फिल्म ‘स्काइ इज पिंक’ मार्फत बलिउडमा कमब्याक गर्ने तयारीमा छिन् । साथै उनी हलिउडका केही प्रोजेक्टमा समेत व्यस्त छिन् ।

 

उनको यो कुरालाई धेरैले एक दिवा सपना भएको बताएका छन् । अमेरिकी नागरिकसँगको बिवाह पश्चात भारतमा चोपडाको लोकप्रियतामा कमी हुँदै गएको विश्लेषण हुने गर्दछ । एजेन्सी

 

डिभोर्सको खबरपछि यस्तो सेक्सी अवतारमा प्रियंका चोपडा (२५ तस्वीर)

 

चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडाको विवाह भएको चार महिना वितेको छ । यो बिचमा उनको सम्बन्ध विच्छेदको चर्चा सुरु भएको छ । एक अमेरिकी अखबारले प्रियंका र निक जोनसका बिचमा सम्बन्ध विच्छेद हुन सक्ने भन्दै समाचार छापेको थियो । यो समाचार अहिले विश्वभर नै चर्चामा रहेको छ । अमेरिकी ओके अखबारले उनीहरुको सम्बन्ध विच्छेदको गलत्त खबर फैलाएको आरोप लागेको छ ।

 

उनीहरुको सम्बन्धमा कुनै समस्या नभएको भन्दै प्रियंका र निकले अब उक्त अखबारका विरुद्ध मुद्धा हाल्ने देखिएको छ । उनीहरुले उक्त पत्रिका विरुद्ध मानहानिको मुद्धा दर्ता गर्ने भएको निकट स्रोतले बताएको छ । यो भन्दा पहिले पनि अमेरिकी अर्बपति तथा अहिलेका विश्वमा भएका अर्बपतिहरुमध्य सबैभन्दा अगाडी नाम आउँने जेफ बेजोसलाई पनि बल्याकमेल प्रयास गरिएको अमेरिकी सञ्चारमाध्यले जनाएका थिए 

एजेन्सी

प्रतिक्रिया दिनुहोस
नबिल बैंकले सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

    नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गरी मुलुकका विभिन्न...

बागमती प्रदेशका निजीक्षेत्रले पनि सबै सरकारी सूचना पाउने

    बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सरकारी टेन्डरबाहेकका सबै सूचना निजीक्षेत्रलाई पनि...

क–कसलाई भेटे अमेरिकी विदेशमन्त्री कपुरले

  दक्षिण एसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल भ्रमण पूरा...

नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

    सुर्खेतस्थित प्रेदश अस्पतालमा सञ्चालित  ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १९४...