विश्व सुन्दरी अभिनेत्री प्रियंका चोपडाको अब प्रधानमन्त्री लक्ष्य, सबै चकित हुने यस्तो छ योजना
चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडा अहिले हलिउडमा पनि चर्चामा आइरहने नाम हो । उनी सन् २००० मा विश्व सुन्दरी भएकी थिईन् । आफु भन्दा ११ वर्ष कम उमेरका अमेरिकी पप गायक निक जोनसका साथ विवाह गरेसँगै हरेक दिन कुनै न कुनै कुराका कारण उनी चर्चामा आउँने गर्छिन ।
सामाजिक सञ्जालमा उनले सेयर गरेका तस्वीर तथा उनले कुनै अन्तर्वार्तामा गरेको कुराकानी पनि चर्चामा आइहाल्छन् । मोडलिङबाट करियरको सुरुवात गर्दै मिस वर्ल्डको ताज जितेर बलिउडकी स्थापित अभिनेतृ प्रियंकाले आफूलाई त्यहाँसम्म मात्रै सीमित राखिनन् । बलिउडमा स्थापित अभिनेत्रीको रुपमा लाखौं दर्शकको मन जितेकी प्रियंकाले एकाएक हलिउडमा पाइला टेकिन् ।
त्यतिबेला धेरैले प्रियंकाको हलिउड जाने निर्णय गलत हुने अनुमान गरेका थिए । तर प्रियंकाले त्यो अनुमानलाई गलत सावित गर्दै हलिउडमा पनि सफलता हासिल गरिन् ।
हलिउड उद्योगमा आफ्नो स्थान बनाउँदै उनी संसार भरका दर्शकको ध्यान आकर्षित गर्न सफल भइन । हलिउड मार्फत ‘ग्लोबल आइकन’ बनिसकेकी प्रियंका चोपडाले अब राजनीतिक यात्रा पनि सुरु गर्न चाहेको बताएकी छिन् ।
प्रियंकाले हालै दिएको एक अन्तर्वार्तामा राजनीतिक महत्वाकांक्षाको बारेका कुराकानी गरेकी छिन् । उनले आफूलाई कुनै दिन भारतको प्रधानमन्त्री बन्ने इच्छा रहेको बताएकी छिन् ।
यति मात्रै होइन प्रियंकाले उनका पति निक जोनसले पनि कुनै दिन अमेरिकाको राष्ट्रपतिको चुनाव लडून् भन्ने चाहना रहेको बताएकी छिन् । तर प्रियंकाले भने पनि निकलाई राजनीतिमा कुनै इच्छा नरहेको पनि बताएकी छिन् ।
प्रियंका चोपडा अभिनेता फरहान अख्तर र जायरा वसीमका साथ फिल्म ‘स्काइ इज पिंक’ मार्फत बलिउडमा कमब्याक गर्ने तयारीमा छिन् । साथै उनी हलिउडका केही प्रोजेक्टमा समेत व्यस्त छिन् ।
उनको यो कुरालाई धेरैले एक दिवा सपना भएको बताएका छन् । अमेरिकी नागरिकसँगको बिवाह पश्चात भारतमा चोपडाको लोकप्रियतामा कमी हुँदै गएको विश्लेषण हुने गर्दछ । एजेन्सी
डिभोर्सको खबरपछि यस्तो सेक्सी अवतारमा प्रियंका चोपडा (२५ तस्वीर)
चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडाको विवाह भएको चार महिना वितेको छ । यो बिचमा उनको सम्बन्ध विच्छेदको चर्चा सुरु भएको छ । एक अमेरिकी अखबारले प्रियंका र निक जोनसका बिचमा सम्बन्ध विच्छेद हुन सक्ने भन्दै समाचार छापेको थियो । यो समाचार अहिले विश्वभर नै चर्चामा रहेको छ । अमेरिकी ओके अखबारले उनीहरुको सम्बन्ध विच्छेदको गलत्त खबर फैलाएको आरोप लागेको छ ।
उनीहरुको सम्बन्धमा कुनै समस्या नभएको भन्दै प्रियंका र निकले अब उक्त अखबारका विरुद्ध मुद्धा हाल्ने देखिएको छ । उनीहरुले उक्त पत्रिका विरुद्ध मानहानिको मुद्धा दर्ता गर्ने भएको निकट स्रोतले बताएको छ । यो भन्दा पहिले पनि अमेरिकी अर्बपति तथा अहिलेका विश्वमा भएका अर्बपतिहरुमध्य सबैभन्दा अगाडी नाम आउँने जेफ बेजोसलाई पनि बल्याकमेल प्रयास गरिएको अमेरिकी सञ्चारमाध्यले जनाएका थिए ।
एजेन्सी