विप्लव समूहले भन्याे- हामीले चौकी आक्रमण गरेका होइनौं (विज्ञप्तिसहित)



हाम्रो इकोनोमि

 

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले सोलुखुम्बुको छेस्काम प्रहरी चौकीमा आफ्नो पार्टीले आक्रमण र आक्रमणको प्रयास समेत नगरेको जनाएको छ । आइतबार राती आफ्ना कार्यक्रर्ताले आक्रमणको प्रयास गरेको भन्दै प्रहरीले गलत अफवाह फैलाएको पार्टीले जनाएको छ ।

विप्लव नेतृत्वको नेकपाका नेता खड्गबहादुर विक (प्रकाण्ड)ले विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीको कुनै पनि संलग्नता नरहेको प्रस्ट पारेको छ ।

‘सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै पनि नीति नभएको र त्यस प्रकारको कुनै घटना नभएको स्पष्ट पार्दै पूर्वी नेपालमा दमन गर्ने सरकारी षड्यन्त्रअनुरुप  यस्ताे समाचार ल्याएको प्रस्ट गर्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

 

छेस्काममा आक्रमणको प्रयास भएको भन्दै सुरक्षा निकायले हवाई तथा स्थलगत गस्ती सुरु गरेको छ । आइतबार राति २५ जनाको समूहमा आएको हतियारधारी समूहले आक्रमण गरेपछि चौकीमा रहेका चार प्रहरीले भागेर ज्यान जोगाएर भागेको प्रहरीले बताउँदै आएको छ ।

 

प्रहरी चौकी आक्रमणको प्रयास भएपछि विराटनगर र काठमाडौंबाट प्रहरी र सशस्त्र प्रहरीको टोली छेस्काम पुगेको छ । विराटनरगरबाट २७, काठमाडौंबाट सशस्त्रका ११ र नेपाल प्रहरीका २० जना सुरक्षाकर्मी हेलिकोप्टरबाट छेस्काम उत्रिएका छन् ।

 

हेर्नुहोस् विज्ञप्ति

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...