सेना बोकेर उडेको सैनिक विमान बेपत्ता, खोजी कार्य जारी
सैनिक बोकेर उडेको एक विमान करिब दुई घण्टादेखि वेपत्ता भएको छ । भारतीय वायु सेनाको IAF AN-32 जहाज सोमबार दिउँसो हराएको हो । पूर्वी भारतको असमको एक सैन्य बेस क्याम्पबाट ८ जना चालक दलका सदस्य र पाँच यात्रु बोकेको उक्त जहाज सोमबार दिउँसो १ बजेदेखि हराइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त जहाज अरूणाञ्चलको मेचुका उपत्यकाका लागि उडेको थियो । टेक अफ भएको केहीबेरमै जहाज सम्पर्कविहीन भएपछि खोजी कार्य भइरहेको छ । मेचुका उपत्यका अरूणाञ्चलमा चिनियाँ सीमा नजिकै पर्छ ।

उता अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले ह्वाइट हाउनलाई सेनाको विषयमा राजनीति नगर्न आग्रह गरेको छ। एरिजोना राज्यका भूतपूर्व सिनेटर जन मकेनको सम्मानार्थ उही नाम राखिएको एउटा युद्धपोतको विषयमा विवाद बढेपछि सेनाले सो आग्रह गरेको हो।
ह्वाइट हाउसले गत हप्ता “यूएसएस जन एस मकेन” नाम गरेको पानीजहाज जापान भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सम्बोधन गर्ने बेला नदेखिनेगरी राख्न अनुरोध गरेको थियो।
गत वर्ष मृत्यु भएका मकेन ट्रम्पका कट्टर आलोचक थिए। तर उक्त अनुरोधको कार्यान्वयन भने भएन। पेन्टागनका कार्यवाहक प्रमुख प्याट्रिक श्यानहानले आफूले उक्त विषयमा थप सोधपुछ नगर्ने बताएका छन्।
यस प्रकरणमा सेनाबारे राजनीतीकरण गर्न आवश्यक नभएको भन्दै श्यानहानले आफूले यो विषय समाधान गर्न यथोचित कार्य गर्ने पत्रकारहरूलाई बताए। उनका एक प्रवक्ताले पेन्टागनले उक्त विषय ह्वाइट हाउसका अधिकारीहरूसमक्ष गय शुक्रवार भएको बैठकमा उठाएको जानकारी दिएका छन्।
ह्वाइट हाउसका प्रशासनिक प्रमुख मिक मल्भेनीले एउटा अमेरिकी सञ्चारमाध्यम एनबीसीसँग कुरकानी गर्दै युद्धपोत हटाउनका लागि गरिएको आग्रह ट्रम्पको टोलीका एक सदस्यले गरेको हुन सक्ने प्रतिक्रिया दिएका थिए।
उनले त्यस्तो अनुरोध गर्नु ‘अनुचित नभएको’ बताउँदै अनुरोध गरेकै आधारमा त्यसको कार्यान्वयन नहुने बताए। उक्त अनुरोधको प्रतिरक्षा गर्दै ट्रम्पले गत हप्ता आफूलाई त्यस्तो अनुरोधबारे थाहा नभएको तर जसले त्यस्तो अनुरोध गर्यो उसको उद्देश्य राम्रो भएको आशय व्यक्त गरेका थिए।
युद्धपोत वरिष्ठ सैन्य अधिकारी र एरिजोना प्रान्तका रिपब्लिकन सिनेटर जन मकेनको नाममा रहेकोमा आफ्नो सरोकार नभएको उनको टिप्पणी थियो। भियतनाम युद्धका बेला मकेनले पाँच वर्षभन्दा बढी जेल सजाय भोगेका थिए।
सन् २०१५ को अमेरिकी राष्ट्रपतीय निर्वाचन अभियानमा मकेनले ट्रम्पको खुला रूपमा आलोचना गरेका थिए। त्यसैले उनीहरूको सम्बन्ध चिसिएको थियो। गत वर्ष अगस्ट महिनामा मकेनको मृत्यु भयो। तर पनि ट्रम्पमा केही तिक्तता बाँकी रहेको देखिन्छ।


