साउदी राजकुमार बनेर ३० वर्षसम्म ठगी, सुँगुरको मासुले खुल्यो पोल



हाम्रो इकोनोमि

 

अमेरिकामा करीब ३० वर्षसम्म साउदी राजकुमार बनेर करोडौं ठग्ने ठगको पर्दाफास भएको छ ।

फ्लोरिडाको अदालतले एन्थोनी गिग्नेक नाम गरेका यी व्यक्तिलाई धोकाधडीको मामिलामा १८ वर्षको जेल सजाय सुनाइएको हो ।

४८ वर्षीय गिग्नेकले आफूले आफैंलाई साउदी राजकुमार भएको बताउँदै ८० लाख डलर ठगी गरेका थिए ।

अदालतको दस्तावेजअनुसार केही मुलुकमा उनलाई यसअघि नै धोकाधडीको मामिलामा सजाय सुनाइसकिएको छ ।

सरकारी निगरानीमा रहने सजायको क्रममा पनि उनले खालिद बिन अल–साउदको नामबाट ठगी गरेका थिए ।

मानिसलाई भरोशा दिलाउन उनी साउदी पारम्परित पहिरनमा साथै महँगो घडी र आभूषण लगाउने गर्थे ।

मानिसलाई जालमा पार्न उनी धेरै पटक आफ्नो निजी विमानबाट पनि यात्रा गर्ने गर्थे ।

उनले आफ्नो बिजनेश कार्डमा पनि नामको अगाडि सुल्तान लेखेका थिए । शाही प्रोटोकल भन्दै उनी आफ्ना लगानीकर्तासँग महँगा उपहारको माग गर्ने गरेका थिए ।

गिग्नेकले लगानीकर्तालाई विश्वभरको यस्तो कम्पनीमा पैसा हाल्न लगाएका थिए, जसको कुनै अस्तित्व छैन ।

गिग्नेकको जन्म कोलम्बियामा भएको थियो । सात वर्षको उमेरमा अमेरिकाको मिशिगन राज्यको एक दम्पत्तिले उनलाई आफ्नो धर्मपुत्र पालेका थिए ।

१७ वर्षको उमेरदेखि उनले आफैंलाई शाही परिवारको सदस्य बताउँदै ठगी गर्न शुरु गरेका थिए । शुरुमा उनले क्रेडिट कार्ड कम्पनीलाई निशाना बनाएका थिए ।

सन् २०१७ मा उनी मियामीको एक होटलमा लगानी गर्न चाहन्थे । यस विषयमा भइरहेको कुराकानीको क्रममा होटल मामिकलाई उनीमाथि शंका भएको थियो ।

किनकी त्यतिबेला उनी सुँगुरको मासु खान पनि तयार देखिएका थिए ।

होटल मालिकले निजीस्तरमा छानबिन गर्दा गिग्नेकको वास्तविक पहिचान खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस
पोखरेल समूहको अवधारणापत्र पार्टीमा बुझाउने तयारी

     नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको...

गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु

    भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा...

११४ दललाई निर्वाचन चिन्ह प्रदान, एमालेको ‘सूर्य’ पहिलो

    निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...