साउदी राजकुमार बनेर ३० वर्षसम्म ठगी, सुँगुरको मासुले खुल्यो पोल



हाम्रो इकोनोमि

 

अमेरिकामा करीब ३० वर्षसम्म साउदी राजकुमार बनेर करोडौं ठग्ने ठगको पर्दाफास भएको छ ।

फ्लोरिडाको अदालतले एन्थोनी गिग्नेक नाम गरेका यी व्यक्तिलाई धोकाधडीको मामिलामा १८ वर्षको जेल सजाय सुनाइएको हो ।

४८ वर्षीय गिग्नेकले आफूले आफैंलाई साउदी राजकुमार भएको बताउँदै ८० लाख डलर ठगी गरेका थिए ।

अदालतको दस्तावेजअनुसार केही मुलुकमा उनलाई यसअघि नै धोकाधडीको मामिलामा सजाय सुनाइसकिएको छ ।

सरकारी निगरानीमा रहने सजायको क्रममा पनि उनले खालिद बिन अल–साउदको नामबाट ठगी गरेका थिए ।

मानिसलाई भरोशा दिलाउन उनी साउदी पारम्परित पहिरनमा साथै महँगो घडी र आभूषण लगाउने गर्थे ।

मानिसलाई जालमा पार्न उनी धेरै पटक आफ्नो निजी विमानबाट पनि यात्रा गर्ने गर्थे ।

उनले आफ्नो बिजनेश कार्डमा पनि नामको अगाडि सुल्तान लेखेका थिए । शाही प्रोटोकल भन्दै उनी आफ्ना लगानीकर्तासँग महँगा उपहारको माग गर्ने गरेका थिए ।

गिग्नेकले लगानीकर्तालाई विश्वभरको यस्तो कम्पनीमा पैसा हाल्न लगाएका थिए, जसको कुनै अस्तित्व छैन ।

गिग्नेकको जन्म कोलम्बियामा भएको थियो । सात वर्षको उमेरमा अमेरिकाको मिशिगन राज्यको एक दम्पत्तिले उनलाई आफ्नो धर्मपुत्र पालेका थिए ।

१७ वर्षको उमेरदेखि उनले आफैंलाई शाही परिवारको सदस्य बताउँदै ठगी गर्न शुरु गरेका थिए । शुरुमा उनले क्रेडिट कार्ड कम्पनीलाई निशाना बनाएका थिए ।

सन् २०१७ मा उनी मियामीको एक होटलमा लगानी गर्न चाहन्थे । यस विषयमा भइरहेको कुराकानीको क्रममा होटल मामिकलाई उनीमाथि शंका भएको थियो ।

किनकी त्यतिबेला उनी सुँगुरको मासु खान पनि तयार देखिएका थिए ।

होटल मालिकले निजीस्तरमा छानबिन गर्दा गिग्नेकको वास्तविक पहिचान खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...