अञ्जना हत्या प्रकरण : प्रहरी अनुसन्धान सकियो, करणी आशंकामा यस्तो आयो रिपोर्ट



हाम्रो इकोनोमि

 

ललितपुरको ढोलाहिटीमा म्यूजिक कम्पोजर उज्वल महतले बुहारीको विभत्स हत्या गरेको घटनामा प्रहरीको अनुसन्धान सकिएको छ । विभत्स रुपमा गएको बैसाख २६ वैशाख गते अञ्जनाको खुकुरी प्रहार गरी हत्या गरिएको थियो । उज्वलले घरमा आमा मात्रै भएका बेला बुहारी अञ्जनाको विभत्स हत्या गरेका थिए । हत्यापछि लामो अनुसन्धान सकेर प्रहरीले सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

 

हत्याको घटनालाई विभिन्न कोणबाट अध्ययन अनुसन्धान गरी शुक्रबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाइएको महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी राजकुमार खिउजुले जानकारी दिएका छन् । प्रहरीले गर्ने काम पूरा भएर प्रतिवेदन बुझाइएको बताउँदै उनले भने, ‘अब सरकारी वकिलको कार्यालयले दिने राय अनुसन्धान अदालती प्रक्रिया अघि बढ्छ ।’

 

प्रहरीको अनुसन्धान प्रतिवेदनमा के छ ?
प्रहरीले अञ्जना हत्या प्रकरणको अनुसन्धान सकेसँग सर्वसाधरणमा घटनाबारे थप चासो बढेको छ । प्रतिवेदनले घटनामा उज्जवलको मात्रै संलग्नता रहेको निष्कर्ष निकालेको स्रोतले जानकारी दिएको छ । अञ्जनाको माइती पक्षले भने एक जनाले मात्रै यस्तो क्रुर हत्या गर्न नसक्ने दाबी गर्दै परिवारका अन्यमाथि पनि अनुसन्धान गर्न माग गरेको थियो ।

 

उज्जवलको परिवारले भने उनी मानसिक रोगबाट ग्रसित भएको दाबी गरेको थियो । यद्यपि, प्रहरी अनुसन्धानबाट भाइ प्रज्वल र बुहारी अञ्जना महतसँग उनी असन्तुष्ट रहेको देखिएको थियो ।

 

स्रोतले भन्यो, ‘भाइबुहारीले घर बन्धकी राखेर क्याण्डा जाने प्रक्रिया थालेपछि उनी बुहारीसँग रुष्ट बनेका थिए, अनुसन्धान प्रतिवेदनमा पनि यहि कुरा उल्लेख छ ।’ कतिपयले अञ्जनाको हत्याअघि जबरजस्ती करणी भएको हुनसक्ने आशंका गरेका थिए ।

 

अञ्जनाको रुपमा कारण पनि उज्वल उनीप्रति भित्रभित्रै आशक्त हुन सक्ने कतिपयको आशंका र अभिव्यक्ति आए पनि अध्ययन प्रतिवेदनमा त्यस्तो पुष्टि हुने कुनै कुरा नदेखिएको स्रोतले जनाएको छ ।

 

विभिन्न क्षेत्रबाट आएको करणीको आशंकालाई समाधान गर्न प्रहरीले परीक्षणका लागि अञ्जनाको भजाइनल स्वाब अस्पतालमा पठाएको थियो । ‘मृतकमाथि जबरजस्ती करणी भएको मेडिकल जाँचबाट देखिएन’, अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । अञ्जनाको शवको पाटन अस्पतालमा पोष्टमार्टम भएको थियो ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...