१४४ यात्रुसहित उडिरहेको विमानमा बम रहेको हल्ला चलेपछि



हाम्रो इकोनोमि

 

उडान भरिरहेको विमानमा बम रहेको हल्ला चलेपछि सिङ्गापुर हवाई सेनाका २ लडाकु विमानले सो विमानलाई सकुशल अवतरण गराएको छ ।

१४४ यात्रु बोकेर आइतबार फिलिपिन्सको केबुबाट सिङ्गापुरका लागि उडेको फ्लाई स्कटको विमान टिआर–३८५ मा बम रहेको हल्ला चलेपछि प्रहरीले सुरक्षा सावधानी अपनाउन सूचीत गरेको थियो ।

विमानमै सवार एक १३ वर्षीय युवकले बम रहेको हल्ला चलाएका प्रहरीलाई उद्धृत गर्दै स्थानीय समाचार संस्थाहरुले जनाएका छन् ।

उनलाई हाल नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको र उनले प्रहरीलाई सघाएका पनि प्रहरीले स्पष्ट पारेको छ ।

विमान कम्पनीका प्रवक्ताका अनुसार १४४ जना यात्रु र चालक दलका ६ सदस्य सवार विमानलाई आइतबार दिउँसो ४ः४९ मा चंगी विमानस्थलमा सकुशल अवतरण गराइएको थियो ।

सिङ्गापुरका रक्षामन्त्री अङ एङ हेनले सबै ‘खतरालाई अन्यथा प्रमाणित नभएसम्म’ गम्भीरतापूर्वक लिइने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले सबै यात्रु सकुशल रहेको जनाएका छन् । उनले बम रहेको भनिएको विमान ल्याउन २ वटा लडाकु विमान पठाइएको पनि उनले खुलाएका छन् ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...