१४४ यात्रुसहित उडिरहेको विमानमा बम रहेको हल्ला चलेपछि
उडान भरिरहेको विमानमा बम रहेको हल्ला चलेपछि सिङ्गापुर हवाई सेनाका २ लडाकु विमानले सो विमानलाई सकुशल अवतरण गराएको छ ।
१४४ यात्रु बोकेर आइतबार फिलिपिन्सको केबुबाट सिङ्गापुरका लागि उडेको फ्लाई स्कटको विमान टिआर–३८५ मा बम रहेको हल्ला चलेपछि प्रहरीले सुरक्षा सावधानी अपनाउन सूचीत गरेको थियो ।
विमानमै सवार एक १३ वर्षीय युवकले बम रहेको हल्ला चलाएका प्रहरीलाई उद्धृत गर्दै स्थानीय समाचार संस्थाहरुले जनाएका छन् ।
उनलाई हाल नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको र उनले प्रहरीलाई सघाएका पनि प्रहरीले स्पष्ट पारेको छ ।

विमान कम्पनीका प्रवक्ताका अनुसार १४४ जना यात्रु र चालक दलका ६ सदस्य सवार विमानलाई आइतबार दिउँसो ४ः४९ मा चंगी विमानस्थलमा सकुशल अवतरण गराइएको थियो ।
सिङ्गापुरका रक्षामन्त्री अङ एङ हेनले सबै ‘खतरालाई अन्यथा प्रमाणित नभएसम्म’ गम्भीरतापूर्वक लिइने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले सबै यात्रु सकुशल रहेको जनाएका छन् । उनले बम रहेको भनिएको विमान ल्याउन २ वटा लडाकु विमान पठाइएको पनि उनले खुलाएका छन् ।


