अब बिहेको निम्तोमै दुलाहा र दुलहीको उमेर खुलाउनुपर्ने



हाम्रो इकोनोमि

 

सिन्धुलीमा जति गरे पनि बालविवाह कम भएन। वाक्क भएका सबै स्थानीय तहले मिलेर नयाँ उपाय निकालेका छन्– ‘बिहेको निम्तोपत्रमा बेहुला–बेहुलीको उमेर खुलाउनुपर्ने।’ सिन्धुली बाल विवाहमुक्त जिल्ला बन्न सक्दो प्रयासमा छ।

‘बाल बिवाहले कानुनी र सामाजिक रूपमै जटिलता ल्याउने थाहा हुँदाहुँदै उमेर ढाँटेर विवाह गर्ने चलन बढेको छ’, मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले भने, ‘यस्तो गैरकानुनी कार्य रोक्न दुलाहा र दुलहीको उमेर २० वर्ष पूरा भयो या भएन भन्ने प्रस्ट हुने गरी निम्तोमै खुलाउन भनिएको हो।’

कार्डमै उमेर ढाँट्ने हिम्मत सकेसम्म कसैले नगर्ने स्थानीय तहहरूले अपेक्षा गरेका छन्। यसका लागि एउटा नारासमेत बनाइएको छ, ‘सिन्धुलीभरि हल्ला छ, २० वर्षपछि विवाह गर्ने सल्लाह छ।’

गएको ६ महिनामा जिल्लामा परिवारको दबाबमा हुन लागेका दुई दर्जनभन्दा बढी बाल विवाह बाल क्लब तथा किशोरी सञ्जालले रोकेका छन्।

बाल संरक्षण नीति बनाएर बाल विवाह न्यूनीकरणका लागि स्थानीय तह लागिपरेको सुनकोसी गाउँपालिकाकी अध्यक्ष दीपा बोहोराले बताइन्।

सुनकोसी गाउँपालिकामा मात्र गएको ६ महिनामा १२ वटा बाल विवाह रोकिएको उनले जानकारी दिइन्।

‘बाल विवाह हुनै नदिन हामीहरुले प्रत्येक व्यक्तिलाई प्रतिबद्धता जनाउन लगाएका छौं’, उनले भनिन्।

उता हरिहरपुरगढी गाउँपालिकाले यसबारे कडा निगरानी सुरु गरेको छ।

गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, बाल क्लब र किशोरी सञ्जालले विवाह गर्न लागेका केटाकेटीको उमेरसँगै राजीखुसी भए÷नभएको निगरानी राख्न थालिएको अध्यक्ष कार्साङ लामाले बताए।

‘२०७८ भित्र गाउँपालिकालाई बाल विवाहमुक्त बनाउने उद्देश्य छ’, उनले भने।

गोलन्जोर गाउँपालिकाले भने उपाध्यक्ष गंगामाया श्रेष्ठको संयोजकत्वमा बाल विवाह न्यूनीकरण समिति गठन गरेको छ।

कमलामाई नगरपालिकाले ७ वटा वडामा बाल विवाह रोक्न एकएक मनोविमर्शकर्ता नियुक्त गरेको छ।

बाँकी सात वडामा पनि चाँडै नियुक्त गरिने उपमेयर मन्जु देवकोटाले बताइन्।

जिल्लामा रहेका धार्मिक अगुवा, पुरोहितहरुले समेत बाल विवाह रोक्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...