‘मोवाईलको कारण २० वर्षपछि हरेक घरमा एउटा पागल हुन्छ’



हाम्रो इकोनोमि

 

अहिले आधुनिक मोवाईल प्रविधिको जमाना छ । जो कोहीको हातमा मोवाईल फोन पुगेकै छ । त्यसमा अझ स्मार्ट फोनले बजार निकै तताएको छ ।

स्मार्ट फोनको जमानाले मानिसलाई निकै सहज तथा सरल बनाईदिएको छ ।

धेरै लामो समयमा बन्ने काम पनि सेकेण्ड भरमै सम्पन्न गराईदिन्छ ।

आजभोली मोवाईलको प्रयोग सूचना आदान प्रदान भन्दा अरु नै काममा बढी छ । स्मार्ट फोनले गर्दा यो सबै सहज बनाईदिएको हो ।

हामी मोवाईल भएपछि खाना खान समेत बिर्सिदिन्छौं । मोवाईल चलाउँदा समय गएको पत्तो नै पाईदैंन् । मोवाईल सबैभन्दा नजिकको साथी बन्दै गएको देखिन्छ ।

घरमा हुँदा आमा बाबु पनि मोवाईलमै व्यस्त, छोराछोरी पनि मोवाईल चलाउँनमै व्यस्त ।

जसले गर्दा एकअर्कासँग कुरा गर्ने पनि फुर्सद हुँदैन् । आफ्नो घरपरिवार, साथीभाई भन्दा बढी मोवाईल प्राथमिकतामा पर्न थालेको छ ।

यस्तो कार्य एकदमै खतरानाक रहेको विज्ञहरुको भनाई छ । जसरी मोवाईल फोन प्रतिको लगाब बढ्दै गएको छ, यसले अबको दुई दशकमा प्रत्येक घरमा एक जना पागल हुनेछ ।

भारतीय हीरा कारोबारी सवजी धोलकियाले अहिले मोवाईल फोन प्रयोगले अबको २० वर्षमा प्रत्येक घरमा एक जना पागल हुने दावी गरेका छन् ।

८ हजार करोड रुपैयाँ भन्दा बढीको हीरा कारोबार गर्ने धोलकियाले मोवाईल फोनको प्रयोग कम गर्न सबैमा आग्रह गरेका छन् । दिपावलीमा आफ्नो ६ सय कर्मचारी गाडी गिफ्ट दिएर चर्चामा आएका धोलकियाले हरेक घरमा एउटा पागल हुनबाट बचाउँन मोवाईल फोनको प्रयोग कम गर्नुपर्ने सुझाव दिए ।

विश्व स्वास्थ्य संगठनको चेतावनीः
विश्व संस्था संगठन (डब्ल्यूएचओ) समेत मोवाईल फोनको बढी प्रयोग नगर्न चेतावनी दिएको छ । डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोमले मोवाईल फोनको प्रयोगले बच्चाहरुमा गम्भीर असर परिरहेको बताए ।

एउटा अनुसन्धानले पनि मोवाईल फोनको अत्यधिक प्रयोगले दीर्घकालिन असर परेको देखिन्छ । मोवाईल फोनबाट उत्पन्न हुने रेडियो विकिरणले मानिसहरुको आँखा, मुटु, कलेजो तथा फोक्सो र दिमानमा बढी असर गर्ने गर्दछ । त्यसैले डब्ल्यूएचओले मोवाईल फोनको अत्यधिक प्रयोगलाई घातक मानेको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...