नारायणघाटबाट महेन्द्रनगरतर्फ गइरहेको बस खस्यो



हाम्रो इकोनोमि

 

 

नारायणघाटबाट महेन्द्रनगरतर्फ गइरहेको बस दुर्घटनामा परेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको रिहारमा आइतबार राति बस दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् । नारायणघाटबाट महेन्द्रनगरका लागि छुटेको ना ६ ख १२६४ नम्बरको बस लमही नगरपालिका ९ रिहार नजिक दुर्घटना हुदा १० जना यात्रु घाइते भएका हुन् ।

 

घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आइतबार राति रिहार नजिकै जंगलमा शौचको लागी बस रोकिएको थियो । तर, रोकेको बस आफैँ गुडेर सडक बाट तल खस्दा दुर्घटना हुन पुगेको हो । बस रोकेर चालक पनि शौच गर्न बाहिर निस्किएको बताइएको छ । सामान्य घाइते भएका यात्रुको लमहीमा उपचार भैरहेको छ भने गम्भीर घाइतेलाई उपचारका लागि बाँकेको नेपालगञ्ज पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...