भदौदेखि लागू भएको मुलुकी अपराध ऐन [सक्कलप्रति नै अपलोड छ सबैको जानकारीका लागि सेयर गरौँ]



हाम्रो इकोनोमि

 

मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेका पाँचवटै संहिता २०७५ साल भदौ १ गतेदेखि कार्यान्वयनमा आएका छन् ।

ऐनमा भएका प्राविधिक त्रुटी र केही प्रावधान संशोधन गरेर भदौ १ गतेदेखि ऐन कार्यान्वयनमा आएको हो ।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता एवं सहन्यायाधिवक्ता संजीवराज रेग्मीका अनुसार अब कानून थाहा भएन भनेर गल्ति गर्ने छुट कुनैपनि नागरिकलाई छैन ।

उनले भनेका छन् एक अर्कामा सेयर गरेर भएपनि हरेक नागरिकले कानून जान्नैपर्नेछ ।

वि.सं. १९१० मा जङ्गबहादुर राणाले बनाएको १६३ महलको ऐन दर्जनौपटक संशोधन हुँदै २०२० भदौ १ गतेदेखि मुलुकी ऐनको रुपमा लागू भयो ।

त्यो कानून लागू भएको ५४ वर्षपछि मुलुकी अपराध (संहिता) ऐन, मुलुकी देवानी (संहिता) ऐन, मुलुकी फौजदारी कायएविधि (संहिता) ऐन र मुलुकी देवानी (कायएविधि) संहिता ऐन भदौ १ गतेदेखि लागू भएर मुलुकी ऐनलाई प्रतिस्थापन गरेको छ ।

भदौ १ गतेदेखि लागू भएको नयाँ ऐनले साविक मुलुकी ऐन र केही विशेष ऐनका अधिकांश प्रावधानलाई संहिताबद्ध गरेको छ ।

यसबाहेक अलग्गै फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ पनि अस्तित्वमा आएको छ । यो नेपालको फौजदारी कानुनी इतिहासमा नवीन प्रयोगको रुपमा लिइएको छ ।

अहिले प्रतिस्थापन ऐनका रुपमा आएको यो संहितामा पहिले पनि अपराध भनेर उल्लेख गरेका सबै अपराधलाई समेटेको छ भने केही नयाँ विषयलाई पनि अपराधको रुपमा समेटेको प्रवक्ता रेग्मीले बताउनुभयो ।

यो ऐनलाई तल अपलोड गरिएको छ । आफुले पढेपछि सेयर गरिदिनुहोला । कानून पालना गर्नु हरेक नागरिकको दायीत्व हो । कानून थाहा भएन भनेर कोहीलाईपनि छुट हुनेछैन ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...