३ दिनसम्म मेघ गर्जनसहित वर्षा हुने भन्दै मौसमविद्ले दिए यस्तो चेतावनी



हाम्रो इकोनोमि

 

 

उपत्यका लगायतका जिललाहरुमा घामपानी आइरहेको छ । आज दिउँसो अचानक काठमाडौं लगायतका जिल्लाहरुमा वर्षा भएको छ । वर्षा भएको केही समयपछि घाम पनि देखिएको छ । रंगेली नगरपालिका–९ धन्जुवामा आइतबार बिहान चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ ।

स्थानीय ५० वर्षीय देवलाल यादवको बिहान ८ बजे भैसी बाँध्ने किला ठोकिरहेको बेलामा चट्याङ लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

जेष्ठ १९ गते (आइतबार): दिउँसो: देशैभरि आंशिक देखि सामान्य वदली रही केहि पहाडी भू-भागहरूमा र पूर्वी तराईमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ। राति: देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना छ।

 

जेष्ठ २० गते (सोमबार): दिउँसो: देशैभरि आंशिक देखि सामान्य वदली रही देशको पश्चिमी भु-भागका केहि स्थानहरुमा र मध्य तथा पुर्वी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ। राति: देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य वदली रही बाँकी भूभागमा आंशिक बदली रहने देखिन्छ ।

 

जेष्ठ २१ गते (मंगलबार): दिउँसो: देशैभरि आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरुमा र मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ। राति: देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...