पति कतारमा कमाउने पत्नी नेपालमा रमाउने, च्याट गर्दा युवकले यौनांग देखाउन आग्रह गरेपछि…



 

पति वैदेशिक रोजगारीका लागि कतार पुगेपछि साजना (नाम परिवर्तन) काठमाडौं आइन् । फेसबुकमै एक युवकसँग उनको चिनजान भयो । बेलाबखत भेटेर उनीहरूले शारीरिक सम्बन्धसमेत राखे । फेसबुकमा च्याट गर्दा युवकले यौनांग देखाउन आग्रह गरे । उनले केही नसोची युवकले भनेजसरी गरिन् । समय बित्दै गयो ।

 

भेट्न बोलाएको ठाउँमा युवती नपुगेपछि युवकले फोन गरेर पहिला खिचेका फोटो र भिडियो पोस्ट गर्ने धम्की दिन थाले । उनले प्रहरी गुहार्ने बताएपछि युवकले अर्कैका नाममा नक्कली फेसबुक खोलेर साजनाको सर्वांग नांगै भएको फोटो र भिडियो पोस्ट गरे । साजनाले पतिलाई घटनाबारे जानकारी दिइन् । त्यति बेलासम्म साजना प्रहरीमा पुग्न ढिलाइ भइसकेको थियो । ती युवक वैदेशिक रोजगारीका लागि मलेसिया उडिसकेका छन् ।

 

सामाजिक सञ्जाल दुरुपयोगका प्रतिनिधि घटना मात्रै हुन् यी । प्रहरीमा यस्ता घटनाका उजुरीको चाङ छ । महानगरीय प्रहरी अपराध महाशाखाले साइबर अपराधबारे अनुसन्धान गर्दै आएको छ । महाशाखामा साउनदेखि वैशाखसम्म मात्र ४ हजार उजुरी परेका छन् । यसमध्ये प्रहरीले १ हजार ५ सय ७० वटामा मुद्दा चलाएको छ ।

 

‘सामाजिक सञ्जाल रिसइबी साँध्ने हतियार बनेका छन्’, महाशाखा प्रमुख एसएसपी सहकुल थापा भन्छन्, ‘मन मिलेसम्म सबै कुरा गर्ने र नमिलेपछि सबै घटना बाहिर ल्याउने प्रवृत्ति बढेको छ ।’ उनका अनुसार उजुरी आउने अधिकांश घटना फेसबुकसँग सम्बन्धित छन् । महाशाखाको अध्ययनअनुसार २० देखि ३० वर्ष उमेर समूहले सामाजिक सञ्जाल दुरुपयोग गर्दै आएको पाइएको छ । यो समाचार आजको अन्नपुर्ण पोस्टमा छ ।

 

यता अचानक भएको बन्दुक आक्रमणमा ११ जना मारिएका छन् । अमेरिकाको भर्जिनिया राज्यमा रहेको भर्जिनियाँ बीच सहरको एक सरकारी भवन अन्धाधुन्ध बन्दुक आक्रमण भएको हो । बीबीसीलाई प्राप्त भएको जानकारी अनुसार घटनामा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने ६ घाइते भएका छन् ।

 

प्रहरीले दिएको जानकारी अनुसार बन्दुक आक्रमण भर्जिनियाको एक सरकारी भवनमा भएको हो । स्थानीय प्रहरीका अनुसार संदिग्ध आक्रमणकारी भर्जिनिया बीच म्युनिसिपल सेन्टरका कर्मचारी हुन् र उनले आफ्नै कार्यस्थलमा अन्धाधुन्ध गोलीबारी गरेका हुन् । हालसम्म आक्रमणकारी पहिचान सार्वजनिक गरिएको छैन तथापी प्रहरीले उक्त व्यक्तिको पनि मृत्यु भइसकेको जानकारी दिएको छ ।

 

कौमार्यको प्रश्न- पहिलो पटक यौनसम्पर्क गर्ने उचित उमेर कुन हो ?

 

 पहिलो पटक यौनसम्बन्ध राख्ने उमेर कुन हो ? यसबारे किशोरावस्थामा संसारभरि सबैमा उत्सुकता र अन्योल छ। नेपाल र पूर्वीय संस्कृतिमा विवाहपूर्व यौनसम्पर्कलाई स्वीकार्य मानिँदैन। पाश्चात्य समाजमा भने त्यस्तो कुनै प्रतिबन्ध छैन। ब्रिटेनमा गरिएको एउटा अध्ययनमा धेरै युवाहरूले कलिलो उमेरमा यौनसम्पर्क राखेर आफ्नो कौमार्य गुमाउनु सबैभन्दा ठूलो गल्ती भएको बताएका छन्।

 

अध्ययनमा सहभागी एकतिहाइभन्दा बढी युवती र एकचौथाइभन्दा बढी युवकले आफूले पहिलो पटक यौनसम्पर्क गर्दा आफ्नो उमेर नपुगेको स्वीकारेका थिए। ब्रिटेनमा यौनसम्पर्क राख्ने सहमति जनाउन कम्तीमा १६ वर्ष पुग्नुपर्ने कानुनी व्यवस्था छ।

 

हालै सार्वजनिक गरिएको नेश्नल सर्भे अफ सेक्सुअल आटिट्युड्स एन्ड लाइभस्टाइल्सका अनुसार १६ वर्षको उमेरमा धेरै मानिसहरू पहिलो यौनसम्पर्कका लागि तयार नभएका हुनसक्छन्।

 

झन्डै १० वर्षमा गरिने सो अध्ययनले ब्रिटेनका नागरिकहरूको यौनसम्बन्धी व्यवहारबारे विस्तृत जानकारी दिन्छ। लन्डन स्कूल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका अनुसन्धानकर्ताहरूले गरेको यो अध्ययन सन् २०१० देखि २०१२ भित्र सर्वेक्षणमा सहभागी युवावस्थाका तीन हजार जनाको उत्तरमा आधारित छ।

 

यस्तो छ अध्ययनका निष्कर्ष
अध्ययनमा सहभागीमध्ये झन्डै ४० प्रतिशत महिला र २६ प्रतिशत पुरुषले आफ्नो पहिलो यौनसम्पर्क सही समयमा नभएको अनुभूति गरेको बताएका छन्।

यस विषयमा थप प्रश्न गर्दा धेरैले आफूले कौमार्य गुमाउन केही समय कुरेको भए राम्रो हुन्थ्यो भन्ने प्रतिक्रिया दिएका थिए। केहीले भने अगाडि नै यौनसम्पर्क राखेको भए राम्रो हुन्थ्यो भन्ने लागेको बताएका थिए। अधिकांश सहभागीले १८ वर्षको हुँदा यौनसम्पर्क राखिसकेका थिए भने आधाले १७ वर्ष नपुग्दै कौमार्य गुमाइसकेका थिए। झन्डै एकतिहाइले भने १६ वर्षभन्दा कम उमेरमै यौनसम्पर्क राखिसकेका थिए।

 

के महिला र पुरुषको समान चाहना हुन्छ ?

पहिलो पटक यौनसम्पर्क गर्दा सहभागीहरू कौमार्यका बारे सही निर्णय गर्न सक्ने अवस्थामा थिए कि थिएनन् भन्नेबारे पनि अध्ययन भएको थियो। उदाहरणका लागि त्यो समयमा उनीहरू मादक पदार्थको प्रभावमा थिए कि वा सहमतिका लागि साथीले दबाव पो दिएका थिए कि भन्ने प्रश्न गरिएको थियो।

 

झन्डै आधा महिलाहरू र एकचौथाइ पुरुषहरूमा पहिलो यौनसम्पर्क राख्दा यौनिक तत्परता नभएको पाइएको छ । पाँचमध्ये एक महिला र १० मध्ये एक पुरुषले पहिलो यौनसम्पर्कका लागि आफ्नो साथी आफू जत्तिकै तयार नभएको र दबावमा सहमति दिएको हुनसक्ने बताएका थिए।

 

सो अध्ययनका संस्थापक प्राध्यापक काय वेलिङ्सले यौनसहमतिको कानुनी उमेर कुनै व्यक्ति यौनिक कार्यका लागि तैयार भएको सङ्केत नहुने बताएका छन् । प्रत्येक युवाको व्यक्तित्व फरक हुन्छ, कोही १५ वर्षमै तैयार हुन सक्छ भने कोही १८ वर्षसम्म पनि नहुन सक्छ।

 

अर्का अध्ययनकर्ता डा मेलिसा पाल्मरले भनिन्, ‘हाम्रो अध्ययनले युवावस्थामा पुरुषभन्दा महिला पहिलो यौनसम्पर्कका लागि आफ्नो साथीबाट दबावमा बढी पर्ने देखाएको छ।’ यो अध्ययनले झन्डै ९० प्रतिशत युवाले पहिलो यौनसम्पर्कका बेला विश्वसनीय परिवार नियोजनका साधन प्रयोग गर्नेजस्ता केही सकारात्मक कुराहरू देखाएको भए पनि युवाहरू यौनिक सक्रियताको अवस्थामा नपुगेसम्म उनीहरूको बृहत्तर स्वस्थताका लागि थप कार्य गर्नुपर्ने देखिाएको छ।

 

उनले विद्यालयमा दिइने यौनशिक्षामा युवाहरूलाई सुरक्षित र सकारात्मक पहिलो यौनसम्पर्कका लागि साथीसँग कसरी राम्ररी कुरा गर्न सकिन्छ भनेर सिकाउनुपर्ने आवश्यकता रहेको बताइन्।

 

के छ नेपालको अवस्था ?
झन्डै दुई वर्षअघि प्रकाशित नेपाल डेमोग्राफिक एन्ड हेल्थ सर्भे २०१६ का अनुसार नेपालमा पहिलो यौनसम्पर्कको बेला महिलाहरूको औसत उमेर १७.९ वर्ष र पुरुषको २०.५ रहेको छ।

अधिकांश नेपालीहरूले विवाहपछि पहिलो यौनसम्पर्क राख्ने भएकाले महिलाको भन्दा पुरुषको औसत उमेर बढी भएको स्वास्थ्य मन्त्रालयको अध्ययनमा भनिएको छ।

पुरुषहरूले भने विवाहको ‍औसत उमेरभन्दा पहिलो यौनसम्पर्कको औसत उमेर एक वर्ष अगाडि भएबाट पुरुषले विवाह अगाडि नै यौनसम्पर्क राख्ने सो अध्ययनले देखाएको छ।

नेपालमा ११ प्रतिशत महिलाले १५ वर्ष पुग्नुअघि नै यौनसम्पर्क राख्ने, आधाले १८ वर्ष पुग्दासम्म र तीनचौथाइले २० वर्ष पुग्दासम्म कौमार्य गुमाइसक्ने अध्ययनले देखाएको छ।

सो अध्ययनले १५ देखि २४ वर्षका सहभागी युवामध्ये ४२ प्रतिशत पुरुष र आधा महिलाले यौनसम्पर्क राखिसकेको देखाएको छ।

पहिलो यौनसम्पर्कका लागि सही समय
पहिलो पटक यौनसम्पर्क गर्नुअघि आफैँलाई यी प्रश्न गर्नुपर्छ

-के राम्रो अनुभूति भएको छ ?
-के म आफ्नो साथीलाई प्रेम गर्छु ?
-के उनले पनि मलाई उत्तिकै माया गर्छन्र गर्छिन् ?
-के हामी यौनरोगबाट बच्न कन्डम प्रयोगबारे सल्लाह गरेर सहमतिमा पुगेका छौँ ?
-के गर्भाधानबाट बच्न हामीले साधनको जोहो गरेका छौँ ?
-के म यौन क्रियाकलापको कुनै पनि अवस्थामा ‘भयो पुग्यो’ भन्ने अवस्थामा छु र के हामी दुबैलाई त्यो ठिक लाग्नेछ ?
-यदि माथिका सबै प्रश्नको सकारात्मक उत्तर आउँछ भने पहिलो यौनसम्पर्कका लागि उचित समय भएको हुनसक्छ।

 

तर यदि तलका कुनै प्रश्नको उत्तर सकारात्मक भएमा पहिलो यौनसम्पर्कका लागि समय नभएको हुनसक्छ।

-के पहिलो यौनसम्पर्कका लागि साथीले दबाव दिएको अनुभूति भएको छ ?
-के मलाई यौनसम्पर्क राखिसकेपछि पश्चाताप हुनसक्छ ?
-के म साथीहरूले पहिलो यौनसम्पर्क राखिसकेकाले वा उनीहरूलाई सुनाउन यसबारे सोचिरहेको छु ?
-के मैले प्रेमीरप्रेमिका छुट्न सक्छन् भन्ने डरले यौनसम्पर्कबारे सोचेको हुँ ?
स्रोतः एनएचएस च्वाइसेस

प्रतिक्रिया दिनुहोस
राजनीतिक दलसम्बन्धी अध्यादेश तत्काललाई रोकियो

  सत्तागठबन्धन घटक नेपाली कांग्रेसभित्र कुरा नमिल्दा राजनीतिक दलसमबन्धी अध्यादेश ल्याउने सरकारको तयारीमा

रुपन्देहीमा सहकारी पीडितको प्रदर्शन

     सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीको मंगलबार जिल्ला सरकारी वकिल

धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ विरुद्ध रेड नोटिस जारी गर्ने तयारी

     नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी ‘पूर्व’पत्नी ज्योति गुरुङसहित २ जनाविरुद्ध रेड

ग्लोबल आइएमई बैंकद्वारा मुलुककै ठुलो सौर्य विद्युत परियोजनामा कर्जा लगानी सम्बन्धी सम्झौता

  ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत परियोजनामा कर्जा