धादिङ स्थित पृथ्वी राजमार्गमा सवारी दुर्घटनामा ३०को मृत्यु दर्जानौ घाईते



हाम्रो इकोनोमि

 

पृथ्वी राजमार्गमा गत दुई महिना एता सवारी दुर्घटना बृद्धि भएको ट्राफिक प्रहरीको एक सर्वेक्षणले देखाएको छ ।

राजमार्गमा दिनहु सवारी दुर्घटना हुन थाले पछी प्रहरीले पनी दुर्घटना न्युनीकरणका नयाँ उपायहरुको खोजी गर्न थालीएको छ ।

जिल्ला ट्राफिक प्रहरीका अनुसार गत महिनादेखी चालु महिनाको अहिलेसम्म पचास भन्दा धेरै सवारीका साधनहरु दुर्घटनामा परेको तथ्याङ्गमा उल्लेख गरिएको छ ।
ति दुर्घटनामा परी तिस जनाको मृत्यु भएको छ भने दर्जनौ मानिसहरु घाईते भएका छन् ।

सान ठुला सवारीका साधनहरु दुर्घटनामा परी ति मानिसहरुको मृत्यु भएको हो ।
दुर्घटनामा परेका सवारीका साधनहरुको मु्ख्य कारण चालकको लापरवाही भएको पनी ट्राफिक प्रहरीको भनाई छ ।

दुर्घटानमा परी घटना स्थलमा नै मृत्यु भएकाहरुको तथ्याङ्गलाई आधार मान्दा मृत्यु हुनेहरु गत महिनादेखी चालु महिनाको अहिलेसम्म २८ जना रहेका छन् यसै गरी उपचारका क्रममा मृत्यु भएकाको संख्या तिन रहेका छ ।
खास गरी पछिल्लो समय सवारीका साधनहरु नौविसे गजुरी खण्डमा दुर्घटान हुने गरेको प्रहरीको भनाई छ ।

विग्रदो सडकको अवस्था बड्दो सवारी चाप अनुसार साँघुरो सडक र चालकहरुको लापरवाही दुर्घटनाको मुख्य कारण रहेका छन् ।

प्रहरीले दुर्घटना न्युनीकरणका लागी विभिन्न उपायहरु अवलम्बन गर्दा समेत दुर्घटनामा कामी नआए पछी सवारी चालकहरुका लागी राजमार्गका ठाँउ ठाँउमा रिफ्रेस सेन्टर संञ्चालनमा ल्याएको छ ।

यसै गरी पृथ्वी राजमार्गमा सवारी हाँक्ने सवारीका चालकहरुलाई गल्ती गरेमा दण्ड जरिवाना र सजाय भन्दा पनी सम्झाई बुझाई गर्न थालेको धादिङ प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...