धादिङ स्थित पृथ्वी राजमार्गमा सवारी दुर्घटनामा ३०को मृत्यु दर्जानौ घाईते



हाम्रो इकोनोमि

 

पृथ्वी राजमार्गमा गत दुई महिना एता सवारी दुर्घटना बृद्धि भएको ट्राफिक प्रहरीको एक सर्वेक्षणले देखाएको छ ।

राजमार्गमा दिनहु सवारी दुर्घटना हुन थाले पछी प्रहरीले पनी दुर्घटना न्युनीकरणका नयाँ उपायहरुको खोजी गर्न थालीएको छ ।

जिल्ला ट्राफिक प्रहरीका अनुसार गत महिनादेखी चालु महिनाको अहिलेसम्म पचास भन्दा धेरै सवारीका साधनहरु दुर्घटनामा परेको तथ्याङ्गमा उल्लेख गरिएको छ ।
ति दुर्घटनामा परी तिस जनाको मृत्यु भएको छ भने दर्जनौ मानिसहरु घाईते भएका छन् ।

सान ठुला सवारीका साधनहरु दुर्घटनामा परी ति मानिसहरुको मृत्यु भएको हो ।
दुर्घटनामा परेका सवारीका साधनहरुको मु्ख्य कारण चालकको लापरवाही भएको पनी ट्राफिक प्रहरीको भनाई छ ।

दुर्घटानमा परी घटना स्थलमा नै मृत्यु भएकाहरुको तथ्याङ्गलाई आधार मान्दा मृत्यु हुनेहरु गत महिनादेखी चालु महिनाको अहिलेसम्म २८ जना रहेका छन् यसै गरी उपचारका क्रममा मृत्यु भएकाको संख्या तिन रहेका छ ।
खास गरी पछिल्लो समय सवारीका साधनहरु नौविसे गजुरी खण्डमा दुर्घटान हुने गरेको प्रहरीको भनाई छ ।

विग्रदो सडकको अवस्था बड्दो सवारी चाप अनुसार साँघुरो सडक र चालकहरुको लापरवाही दुर्घटनाको मुख्य कारण रहेका छन् ।

प्रहरीले दुर्घटना न्युनीकरणका लागी विभिन्न उपायहरु अवलम्बन गर्दा समेत दुर्घटनामा कामी नआए पछी सवारी चालकहरुका लागी राजमार्गका ठाँउ ठाँउमा रिफ्रेस सेन्टर संञ्चालनमा ल्याएको छ ।

यसै गरी पृथ्वी राजमार्गमा सवारी हाँक्ने सवारीका चालकहरुलाई गल्ती गरेमा दण्ड जरिवाना र सजाय भन्दा पनी सम्झाई बुझाई गर्न थालेको धादिङ प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...