विप्लव पनि एकदिन नेकपामै आउँछन्- प्रचण्ड



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तत नेत्रविक्रम चन्द ‘विप्लव’ पनि नेकपामै मिसिन आइपुग्ने बताएका छन् ।

 

विप्लव समूहले लिएको बाटोबाट गन्तव्यमा नपुगिने उनको दाबी छ । चन्द समूहका पोलिटब्युरो सदस्य पदम राईलाई आइतबार नेकपा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले हिंसाले गन्तब्यमा नपुगिने बताए । ‘एक दिन विप्लव पनि यही ठाउँमा आएर जोडिनुपर्छ ।’ उनले भने, ‘अहिले जुन बाटो हिँडिएको छ, यो गन्तव्यमा पुग्ने बाटो होइन । यसले राष्ट्र र जनतालाई क्षति मात्र गर्छ ।’

 

अध्यक्ष प्रचण्डले अरु व्यक्ति र पार्टीलाई पनि पूर्वाग्रह नराखी नेकपामा मिसिन आग्रह गरे । अहिलेको हिंसात्मक बाटो गलत रहेको उल्लेख गर्दै उनले देशले एउटै ठूलो कम्युनिष्ट पार्टी खोजेको बताए । राईको पार्टी प्रवेशले आफू र गृहमन्त्री रामबहादुर थापा (बादल) लाई बिहान रिसाएर हिँडेको छोराछोरी साँझ घर फर्किँदा जस्तै खुसी मिलेको प्रचण्डले सुनाए । उनले भने, ‘असाध्यै खुसी, रिसाएर घर छोडेर गए पनि के खायो होला के गर्‍यो होला भनेर दिनभर चिन्ता हुन्छ ।’

राई चन्द समूहमा सरकारसँग वार्ता गर्नुपर्छ भन्ने लाइनमा थिए । यही कारण उनलाई चन्द समूहले हालै पार्टीबाट निलम्बित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...