माओवादी र प्रहरीबीच आजपनि भिडन्त : १६ जना मारिए, ३५ भन्दा धेरै घाइते



हाम्रो इकोनोमि

 

आजपनि माओवादी र प्रहरीबीच भिडन्त भएको छ । आज भएको लडाईमा एक जनाको ज्यान गएको छ । यही महिना मात्र भारतमा माओवादी र सरकारपक्षबीच भिडन्त हुँदा १६ जना मारिएका छन् । ३५ जना भन्दा धेरै घाइते भएका छन् ।

 

आज रानीश्वर थानाको तालडेंगारमा दुई समुहबीच भिडन्त भएको हो । यस दोहोरो गोली हानाहानमा एकजना प्रहरी जवानको ज्यान गएको छ भने अन्य ४ जना गम्भीर घाइते भएका छन । घाइतेहरुलाई दुमका (झारखण्ड) सदर अस्पतालमा भर्ना गरिएको छ ।

 

घाइतेहरुमा १ जनाको अवस्था थप गम्भीर भएको भन्दै हेलिकप्टरमार्फत रांची अस्पताल ल्याइएको छ । प्रहरीले दिएको जानकारी अनुसार कम्तीमा पनि ५ जना माओवादीलाई गोली लागेको छ ।

 

मुठभेडपछि माओवादीहरु जंगलतर्फ भागेको प्रहरीले जानकारी दिएको छ । यस घटनामा एसएसबी, जैप र जिल्ला प्रहरी कार्यालयका जवान सहभागि भएका थिए । ज्यान गुमाउने प्रहरी अधिकारीको नाम असम निवासी नीरज क्षत्री रहेको छ । माओवादी आक्रमणमा घाइते हुनेहरुमा राजेश कुमार, करण कुमार, सतीश गुर्जर र सोनू कुमार रहेका छन् ।

 

राजेश कुमारको अवस्था गम्भीर भएको भन्दै राँची पठाइएको छ भने अन्य ३ जनाको दुमकामा उपचार भइरहेको छ । एसपी वाईएस रमेशले दिएको जानकारी अनुसार यस क्षेत्रमा माओवादी लुकेर बसेको भन्ने सुचना प्रहरीलाई आज भन्दा झण्डै ३ दिन पहिले मिलेको थियो ।

 

प्रहरीले माओवादीले ठुलो आक्रमण गर्न सक्ने भन्दै नियन्त्रणमा लिनको लागि आज खोजिकार्य तिव्र बनाएको थियो । प्रहरीले कारबाही गर्ने थाहा पाएपछि माओवादी आफैंले पहिले आक्रमण गरेका थिए । जवाफमा प्रहरीले पनि गोली चलाएपछि तनाव सुरु भएको थियो ।

 

प्रहरीले अहिले पनि उक्त क्षेत्रमा पुर्ण कब्जा जमाउर खोजि कार्य अगाडी बढाएको छ । मंगलवार सरायकेलामा माओवादीले आईईडी ब्लास्ट गराएको थियो । गएको २८ मे बिहान झारखण्डको सरायकेला खरसावामा माओवादीले आईईडी विष्फोट गरेका थियो ।

 

यस घटनामा प्रहरी, २०९ कोबराका २६ जवान घाइते भएका थिए । विष्फोट पनि माओवादीले प्रहरीमाथि गोली पनि चलाएको दैनिक भास्करले जानकारी दिएको छ । महाराष्ट्रको गढ़चिरौलीमा ३० अप्रीलमा भएको माओवादी आक्रमणमा १५ जना प्रहरी मारिएका थिए ।

 

उक्त आक्रमणमा बस चालकको पनि ज्यान गएको थियो । त्यो भन्दा पहिले सडक निर्माणका लागि आएका ३० सवारीसाधनमाथि माओवादीले आगो लगाएका थिए । माओवादी आक्रमण कुरखेड़ा देखि ६ किमी पर कोरची मार्गमा भएको थियो ।

 

महाराष्ट्र प्रहरी जवानहरु निजी बसमा गढ़चिरौलीतर्फ गइरहेका थिए । यो महाराष्ट्र–छत्तीसगढ़ राज्यको सीमाना पर्दछ । शहीद भएका प्रहरी जवान सि–६० फोर्स कमान्डो थिए ।

 

यस फोर्समा ६० जना जवानहरुको समुह हुने गर्दछ । यसको स्थापना १९९२ मा गढ़चिरौलीका तत्कालीन एसपी केपी रघुवंशीले गरेका थिए । यो फोर्स माओवादीसँग भिड्नको लागि तयार गरिएको हुन्छ । उनीहरु गुरिल्ला युद्ध गर्नको लागि धेरै सिपालु हुने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...