हुण्डाईको लक्ष्मीलाई किन छुट सरकार ?



 

 

हाम्रो देशमा शक्ति र पैसा भएपछि जस्ता अबैध कामपनि बैद्य हुने गरेको छ । पैसा भएपछि उच्च पदस्थ कर्मचारीदेखि सरकार चलाउने नेतालाई समेत आप्mनो बशमा पारेर अधिकाशं आयातीत बस्तुको बिक्री बितरण गरेर देशमा ठूला उद्योगीको उपनाम झुण्डाएका व्यापारीहरुबाट तेस्रो मुलुक र भारतमा समेत खतराको सूचीमा परेको सामान बिक्री नेपालमा हुदाँ समेत सरकारले सो बारे कुनै चासो देखाउन सकेको छैन ।

 

नेपालको विद्यमान कानूनलाई समेत बेवास्ता गर्दै भारत लगायत तेस्रो मुलुकबाट सामान आयात गरी नेपालमा विना परिक्षण बिक्री वितरण हुदै आउने क्रममा तीब्रता आएको छ । आयातित बस्तुको गुणस्तरियता सम्बन्धित निकायबाट चेकजाँच गरेर नेपाल भित्रनु पर्ने प्राबधानलाई समेत बेवास्ता गरेर विना चेकजाँच सामानहरु नेपाल ल्याई अत्याधिक मंहगोमा बिक्री हुदा पनि सरकारले सो बारे कुनै चासो नदिएको मौका छौप्दै व्यापारीहरुले अबैधधन्दालाई तीब्रता दिदै आएको छन् ।

 

भारतमा खतराको सूचीमा परेको हलुका सवारी साधानलाई नेपालमा विना चेकजाँच भित्राउदै अत्याधिक महंगोमा बिक्रीमात्र हैन गाडी उपभोगकर्ताको जीवनमा समेत प्रत्यक्ष असर परेको छ । सो अबैध कार्यमा लक्ष्मी इन्टरकन्टिनेन्टर प्रालि नामक कम्पनीले बिक्री गर्दै आएको सोही कम्पनीमा कार्यरत केही कर्मचारीले गोप्य रुपमा सूचना दिएका छन्

 

। ती कर्मचारीले भनेका छन्,‘भारत सरकारले विद्यमान मापदण्ड विपरितका गाडी उत्पादन गरेर आम उपभोक्ताको सुरक्षामाथी खेलवाड गरेको भन्दै तत्कालै बन्द गराउन कडा निर्देशन दिएपछि सो गाडीलाई नेपालमा सस्तोमा पठाई बिक्री गरिदै आएको कुरा सत्य हो, भारतमा बिक्री गर्न बन्द गरेपछि नेपालमा त्यस्ता गाडी अत्याधिकमात्राम भित्रिएका छन्, सोही गाडीहरुलाई विभिन्न उपहारजन्य कार्यक्रममा बढी प्रयोग समेत हुदै आएको छ ।’

 

नेपालको कानुन, दैव जानुन् भन्ने नेपाली उखान झै यहाँ व्यवसायीले सरकारी कर्मचारी र सरकारसंग नजिक भएकै मौका उठाउदै खुलेआम ठग्नी धन्दा चलाउदै आएका छन् । सोझा नेपाली जनतालाई झुक्याउदै भारतमा खतरनाक भनिएका गाडीहरु खुलेआम बिक्री सो कम्पनीबाट हुदै आएको छ । यसरी नेपाली जनताको सोझोपनको फाइदा उठाएर नेपालमा गाडी बिक्री गरिरहेको सो कम्पनीले पछिल्लो समयमा हुण्डाईको सेन्ट्रो गाडीलाई उपहारमा राखेको छ । केही नेताहरुलाई समेत आफ्नो बसमा पारेर भारतमा ‘खतरनाक’ भनिएका गाडीहरुमा विभिन्न उपहार रहेको भन्दै बिक्री गर्दै आएको छ ।

 

सो सम्बन्धमा सरकारी पक्षबाट कुनै चासो नदेखाउनुले पनि सो अबैधधन्दामा कर्मचारीको मिलिमतो रहेको प्रष्ट हुन आएको छ । राजनीतिक दलका नेताहरुलाई आफ्नो बसमा पारेर यस कम्पनीले भारतमा खतरनाक भनेका गाडीहरु नेपालमा राम्रो गाडी भन्दै बिक्री गरिदै आएको छ । विश्वभरका कारहरुको सुरक्षाको मापदण्ड मापन गर्ने संस्था ग्लोबल एनक्याप (नयाँ कार मुल्यांकलन कार्यक्रम) ले ‘असुरक्षित’ भन्दै ‘जिरो स्टार’ दिएको कारहरु नेपालमा भने महँगोमा खुलेआम बिक्री भइरहेका छन् ।

 

सो एनक्यापले असुरक्षित भनेको हुण्डाईको सेन्ट्रो कार भारतमा बिक्री वितरणमा रोक लगाएको छ । असुरक्षित रहेका यी गाडी नेपालमा खुलेआम बिक्री गरि नेपाली उपभोगकर्तासमेत असुरक्षित रहेका छन् । अधिकाशं सो कम्पनीका मालिकहरुसमेत यो गाडी चड्दैनन् । तर भारतमा असुरक्षित भनिएका गाडीहरु नेपाल भित्राउदा नेपाली जनताले पनि बुझ्लान भनेर यो कम्पनीले हत्तपत्त केही नेपाली नेताहरुलाई यो गाडी उपलव्ध गराउदै आएको पाईएको छ । यि गाडी विश्वकै असुरक्षित गाडीको रुपमा भारतले घोषणा गरेको छ । हरेक वर्ष एनक्यापले गर्ने अनुसन्धानमा यो ‘कार’ असुरक्षित रहेको पाइएको छ ।

 

एकातर्फ असुरक्षित रहेको हुन्डाईले विभिन्न मोडलका गाडीहरुमा व्यापक कालोबजारी समेत गर्दै आएको छ । उपभोक्ताहरु आफु ठगिएको महसुस भएको भन्दै केही गाडी खरिदकर्ता तथा कानुन व्यवसायीको पहलमा एक समूहले हुन्डाईको गाडीमा कालोबजारी गर्ने लक्ष्मीका विरुद्ध कानुनी उपचारमा जाने समेत तयारी गरेका छन् । काठमाडौंमा उक्त कम्पनीको गाडी खरिदकर्ता र कानुन व्यवसायीहरुको एक भेलाले कालोबजारी गर्ने उक्त कम्पनीविरुद्ध कानुनी उपचार खोक्ने निर्णय गरेको समेत एक उपभोक्ताले बताउछन् ।

 

ति उपभोक्ताका अनुसार अहिले हामी सबै पहिचान गोप्य राख्ने निर्णय भएको छ, यहाँ मुद्दा हाल्ने भनेपनि पैसा बोकेर व्यापारी सम्बन्धित निकायभन्दा माथी गई मुद्दानै दर्ता नहुने गरी लविङ गर्ने भएकाले अहिले परिचय गोप्य राखेको हो, मुद्दा हालेपछि सवै बाहिर आउने छ ।
लक्ष्मीले हुन्डाईको गाडीमा ठगी गरेको भन्दै कानुन व्यवसायी सहितको टोलीले कम्पनी विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गर्ने भएका छन् । जिल्ला अदालतमा मुद्दा दायरसंगै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, आन्तरिक राजश्व विभाग, सम्पत्ति शुद्धिकरण आयोग लगायतका ठाउँहरुमा उक्त कम्पनी विरुद्ध उजुरी गर्ने तयारी भएको जनाइएको छ ।

 

नेपालमा चलेका गाडीहरुमध्ये पछिल्लो समय ’हुन्डाई’ को गाडीमा अत्याधिक लुटधन्दा चलेको लामो समय वितिसकेको छ । उक्त कम्पनीका गाडी बेच्ने लक्ष्मी इन्टरकन्टिनेन्टर प्रालि नामको कम्पनीले जनतालाई त ठगीरहेको छ नै, देशको विद्यमान कानुन विपरित कारोबार गर्दै आएको छ ।

 

गाडी किन्दा कम्पनीले पाउने स्वाभाविक नाफाभन्दा बढी रकम असुलेर लक्ष्मी इन्टरकन्टिनेन्टर प्रालिले लुटधन्दा चलाईरहेको छ भने ग्राहकले विनासित्ति मोटो रकम अनाहकमा बुझाइरहेको तथ्य फेला परेको छ । लामो समयदेखि नेपालमा आफुलार्य अधिकारीक बिक्रेताको रुपमा लक्ष्मीले हुन्डाईलको गाडी बेच्दै आएको छ । सो कम्पनीले हरेक मोडलका गाडीमा लुट मच्चाउने गरेको छ । ती गाडीहरुमा कम्पनीले ३० देखि ७० प्रतिशतको हाराहारीमा नाफा खाने गरेको भेटिएको छ ।

 

सो सम्बन्धमा कम्पनीमा सम्र्पक गर्दा लक्ष्मी इन्टरकन्टिनेन्टर प्रालिका अन्जन श्रेष्ठ भारतमा गएको भन्दै फोन राखिदिएको थियो । सो कम्पनीले अत्याधिक नाफासंगै असुरक्षित भएको गाडी नेपाल ल्याई बिक्री गर्ने गरेको समाचार सार्वजनिक भएपछि हुन्डाई कम्पनीको गाडी बिक्रीमा गिरावट आएको समेत सो कम्पनीका कर्मचारीहरुले बताउछन् ।

 

नेपालमा गुणस्तहिन खतराको सूचीमा रहेका गाडीलाई नेपाल ल्याई बिक्री गरेको समाचार सार्वजनिक भएपछि सो अबैधधन्दालाई लुकाउन अन्जन श्रेष्ठले केही नेपाली पत्रकारलाई भारतको भ्रमण गराएको थियो । ताकी अरुले आफ्नो गल्ती समाचर नलेखुन भनेर नै भारतको दिल्लीमा हुने एक सामान्य कार्याक्रममा एक दर्जन पत्रकारलाई भारत लगेका थिए। तर गुणस्तहिन गाडी बिक्री गरेको आम उपभोक्तालाई थाहा भएपछि भने सो गाडीको बिक्रीमा भारी गिरावट आएको पाईएको छ ।

 

गाडीको बिक्रीमा गिरावट आएपछि थप समाचार नलेखुन भन्दे उदेश्यका साथ केही कालाधनबाट सञ्चालन भएका अनलाईन मिडिया र केही गैरकानुनी तबरबाट कमाएको रकमलाई सेतो बनाउनकै लागि छापा मिडियामा लगानी गरेका केही पत्रिकाका सम्बाददातालाई भारतको केही शहरको भ्रमण गराई आफ्नो पक्षमा लेख्नकालागि आग्रह गरेको स्रोतको भनाई रहेको छ ।

 

नेपालका लागि हुन्डाइ गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले २० प्रतिशत रकम दिएपछि पछि रकम चुक्ता गर्ने गरी बिक्री योजना ल्याएर गाडीहरु बेच्दै आएको छ । सुरुमा २० प्रतिशत रकम बुझाएपछि तीन÷चार महिनापछि रकम चुक्ता गर्ने गरी अहिले गाडी बिक्री गर्ने गरेको पाइएको हो ।

 

काठमाडौंको नक्सालमा मुख्य कार्यालय खोलेर व्यापार गरिरहेको यो संस्थाले दक्षिण कोरियाको हुन्डाई कार बिक्री गर्दै आएको छ । तर सो कारहरु सवै भारतबाट नेपाल आयत गरिने गरेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले एक कारमै २५ लाख रुपैयाँ नाफा राखेर बेच्दै आएको छ । ग्रान्ड माज्ना धेरै चलेको ब्रान्ड हो । यही ब्रान्डमा लक्ष्मी इन्टरकन्टिनेन्टलले धेरै लुट मच्चाएको छ । एक कारबाट लक्ष्मीले ५९ दशमलव ०७ प्रतिशत नाफा लिने गरेको अनुसन्धानबाट खुलेको छ ।

 

कालोबजार तथा केही सामाजिक अपराध तथा सजाय ऐन २०३२ ले समान्य अवस्थामा सयकडा २० प्रतिशतभन्दा बढी नाफा लिन नहुने स्पष्ट पारेको छ । सो ऐनको दफा ३ मा लेखिएको छ, ‘दफा २ अन्तर्गत मोल निर्धारण भएकोमा बाहेक नेपाल सरकारले तोकेको कुनै माल वस्तु व्यापार गर्ने व्यक्तिले माल वस्तु र व्यापारको प्रचलन अनुशार सामान्यत सयकडा २० भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाइ सो माल वस्तुको अनुचित नाफा लिइ बिक्री गरेमा निजलाई पाँच वर्षसम्म कैद वा जरिवाना वा दुवै हुन सक्नेछ ।

 

तर सो ऐनलाई वेवास्ता गर्दै सो कम्पनीले आफुखुशी मुल्य निर्धारण गरेर ठगी गर्दा समेत सरकारले कारबाही गर्ने आँट गरेको छैन । सो सम्बन्धमा पटकपटक कम्पनीमा सम्र्पक गर्दा नाडा अटोमोबाइल्स एसोसिएनका निवर्तमान अध्यक्ष तथा लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अन्जन श्रेष्ठलाई खोजी गर्दा उनी भारतमा गएको सो कम्पनीको कर्मचारीले बताएपछि उनीसंग सम्र्पक हुन सकेन । उनलाई भारतबाट नेपाल आएपछि पनि पटकपटक सम्र्पक गर्दा उनी सम्र्पकमै आउन चाहेनन । जय होस ।

-रोशन कार्की ,जनमञ्च साप्ताहिक, साभार 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाइयो

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने

रवि लामिछानेको बयान सकियो

    काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दाका अभियुक्त रास्वपा सभापत रवि लामिछानेको बयान

रवि लामिछानेको पक्षमा २० जना वकिलले बहस गर्ने

    रवि लामिछानेको पक्षमा २० जना वकिलले बहस गर्ने भएका छन । 

माओवादीका केन्द्रीय सल्लाहकार शर्मा एमालेमा प्रवेश

    विराटनगरका पुराना वाम बुद्धिजीवी तथा प्राध्यापक डाक्टर मेदिनीप्रसाद शर्मा नेकपा माओवादी