विप्लव समूहका पोलिटव्यूरो सदस्य पदम राई नेकपा प्रवेश



हाम्रो इकोनोमि

 

प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका पोलिटव्यूरो सदस्य पदम राईसहितका नेताहरु आज सत्तारुढ नेकपामा प्रवेश गरेका छन् । नेकपामा प्रवेश गरेका राईसहितका नेता कार्यकर्तालाई आइतबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीका लगाएर स्वागत गर्नुभएको छ ।

 

कार्यक्रममा अध्यक्ष प्रचण्डले आफैले जन्माएको हुर्काएको छोरो बेपत्ता भएपछि साँझ टुप्लुक्क घर आउँदा आमा जति खुशी हुन्छिन् म त्यति नै खुशी भए । आज पदम जी मात्र हैन विप्लव जीपनि हामीसँग आउँनुहुन्छ । संसारको बलियो कम्युनिष्ट बनाउन सहयोग गर्नुहुनेछ ।

 

को हुन् पदम राई ?
भोजपुरको बोया घर भएका राई जनयुद्धकाल अघिदेखि नै माओवादीमा संगठित थिए । पहिलो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष चुनाव जितेर उनी भौतिक योजना तथा निर्माण राज्यमन्त्रीसमेत बनेका थिए ।

 

एकीकृत नेकपा माओवादी विभाजन भएपछि उनी मोहन वैद्य नेतृत्वको तत्कालीन नेकपा माओवादीमा लागेका थिए । वैद्यको पार्टी पनि फुटेपछि उनी विप्लव समूहमा लागेका थिए ।

 

गत निर्वाचनमा हाल प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई बम प्रहार गरेको आरोपमा प्रहरीले पक्राउसमेत गरेको थियो । तर, अदालतको आदेशमा उनी रिहा भए ।

 

राई विप्लव समूहका जनसरकार उपप्रमुखको जिम्मेवारीमा समेत थिए । जेठ १५ गते गणतन्त्र दिवसको दिन संविधानसभा पदक वितरण समारोहमा उनी सहभागी भएका थिए ।

 

उनी सत्तारुढ निकपाका नेताहरुसँग निरन्तर सम्पर्कमा थिए । यहीबीचमा उनले एक सञ्चार माध्यममा सरकारसँग वार्ता जारी रहेको र त्यो सकारात्मक ढंगले अघि बढेको प्रतिक्रिया दिएका थिए । त्यसपछि पार्टी नीतिविपरीत बोलिएको भन्दै उनलाई निलम्बन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...