अर्को अप्रिय घटना : एयर इन्डियाको ठूलो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओभरसुट



हाम्रो इकोनोमि

 

एक भारतीय विमान ठुलो दुर्घटनाबाट जोगिएको छ । एयर इन्डियाको जहाजले आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओभरसुट गरेको छ । विमान धावनमार्गमा आइपुग्न लाग्दा ल्याण्ड गर्न नसकेर फेरि उडान गर्ने प्रक्रियालाई ओभरसुट गरेको भनिन्छ ।

 

भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको एआई २१३ कलसाइनको एअरबस ३२०–२१४ सिरिजको जहाज अवतरण हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ ।

 

‘पाइलटले अवतरण गर्नै लाग्दा ‘मिस अप्रोच’ (सही बाटो पहिल्याउन नसक्नु) भएको थाहा पाए, आजको ओभरसुट निकै खतरा थियो, दुर्घटना टरेको छ ।’ विमानस्थलका एक अधिकारीले जानकारी दिए ।

 

मिस एप्रोच भएर कहिलेकाहीँ अवतरण हुनै लाग्दा जहाज फेरि आकासिनु सामान्य भए पनि कहिलेकाहीँ यो जोखिमपूर्ण हुने विमानस्थल कार्यालयले जनाएको छ । ओभरसुट भएको जहाज फेरि अवतरण हुनेछ । यसअघि गएको चैत ६ गते पनि एआई २१३ कलसाइनको यही जहाज मिस अप्रोच हुँदा ओभरसुट भएको थियो ।

 

पब्जीको बारेमा धेरै समाचार सार्वजनिक भए । कतिपय देशमा त यो गेम प्रतिबन्ध नै लगाइएका समाचार पनि आए ।

युवाहरु कतिसम्म ‘क्रेजी’ हुन्छन् भन्ने कुरा एउटा नयाँ भिडियो हेरियो भने थाहा पाइन्छ । जुन भिडियो अहिले टीकटकमा भाइरल नै बनाइएको छ ।

 

बेहुलीको साथमा जग्गेमा बसिरहेको एक युवकले आफ्नो मोबाइल फोनमा पब्जी खेलिरहेको छ । फूलमाला र नयाँ कपडामा बेहुलीको साथमा जग्गेमा बसिरहेको युवक पब्जी खेलिरहँदा बेहुली भने उसैतर्फ हेरेर मौन छन् ।

 

उक्त भिडियो झण्डै ५ लाख दर्शकले हेरिसकेको देखिन्छ । सामाजिक संजालमा भाइरल बनेको उक्त भिडियो खासगरी टीकटकमा चर्चित छ । फेसबुक र ट्वीटरमा पनि उक्त भिडियोलाई लिएर व्यंग्य गरिएको छ ।

 

त्यसो त, यही वर्ष दुबईमा एक महिलाले पब्जीमा ब्यस्त आफ्ना श्रीमानलाई गेम खेल्न रोक्न खोज्दा डिभोर्स नै पाएकी थिइन् । भारतमा भने गत महिना मात्रै १६ वर्षे किशोरले पब्जी खोल्न आमाले रोकेपछि आत्महत्या नै गरेको समाचार सार्वजनिक भएको थियो । यस्तैमा पछिल्लो केही दिनयता विवाह मण्डपमै पब्जी खेलिरहेको भिडियोले चर्चा पाएको हो ।

प्रतिक्रिया दिनुहोस
निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...