कलिला किशोरीलाई यसरी यौन कार्यमा बाध्य पारिन्छ

लन्डनमा रहेको एक अधिकारवादी समूहले प्रकाशित गरेको ताजा विवरण अनुसार हजारौँ उत्तर कोरियाली महिला तथा बालिकाहरूलाई चीनमा यौन व्यवसायमा सामेल हुन बाध्य पारिएको छ।

लन्डनस्थित कोरिया फ्युचर इनिसियटिभ नामक समूहका अनुसार उत्तर कोरियालीहरूलाई अपहरण गरिन्थ्यो र यौनकर्मीका रूपमा बेचिन्थ्यो वा चिनियाँ पुरुषसँग बिहे गर्न बाध्य पारिन्थ्यो।

कारोबार

आफ्नो प्रतिवेदन पीडितहरूबाट सङ्कलन गरिएका विवरणमा आधारित भएको बताउने समूहले उक्त बेचबिखनको कारोबार आपराधिक संगठनहरूका लागि वार्षिक दश करोड डलर बराबरको रहेको बताएको छ।

उसका अनुसार अधिकांश मामिलामा ती महिला फस्ने गर्थे किनकि भेट्टाउनासाथ चीनले उत्तर कोरियालीलाई स्वदेश फर्काइदिने गर्छ जहाँ उनीहरू यातना खेप्न बाध्य हुन्छन्।

“पीडितहरूलाई जम्मा ३० युआन वा करिब सवा चार डलरमा यौन व्यवसायमा लगाइन्छ भने जम्मा एक हजार युआनमा पत्नी बनाएर बेचिन्छ। उनीहरूलाई विश्वव्यापी अनलाइन दर्शकका निम्ति साइबर यौन सञ्चालकहरू कहाँ पुर्‍याइन्छ,” प्रतिवेदनका लेखक युन हि-सुनले भने।

बारम्बार बेचबिखन

ती महिला तथा बालिकाहरू सामान्यतया: १२ र २९ वर्ष बीचको उमेरका हुने गर्छन् भने कतिपय अझ साना।

उनीहरूलाई ललाईफकाई गरिन्छ वा बाध्य पारेर बेचिन्छ। उनीहरूलाई चीनमै अपहरण गरिन्छ वा उत्तर कोरियाबाटै बेचबिखनकर्ताहरूले ल्याउँछन्।

प्रतिवेदनका अनुसार आफ्नो देश छाडेको वर्षदिनभित्र तिनलाई कुनै न कुनै किसिमको यौन दासीको रूपमा काम गर्न बाध्य पारिन्छ। कतिपयलाई एकपटक भन्दा धेरै पटक बेचिन्छ।

धेरै आप्रवासी कामदारको सङ्ख्या भएको चीनको उत्तर-पूर्वी क्षेत्रमा रहेका वेश्यावृत्ति गराइने ठाउँहरूमा अधिकांशलाई दासको रपमा राखिन्छ।

साइबर यौन उद्योगका लागि ती महिला तथा ९ वर्ष उमेर सम्मका बालिकालाई वेब क्यामेराको सामुन्ने यौन कार्य गर्न बाध्य पारिन्थ्यो। ती दृश्यका ग्राहक खासगरि दक्षिण कोरियाली हुने गरेको ठानिन्छ।

बिहे गर्न बाध्य पारिएका महिलाहरूलाई खास गरेर ग्रामीण भेगमा बेचिन्छ जहाँ तिनलाई तिनका पतिले बलात्कार तथा दुर्व्यवहार गर्छन्।

उक्त समूहले चीनमा रहेका पीडित तथा दक्षिण कोरियामा पुगेका पीडितहरूबाट यी जानकारी सङ्कलन गरेको बताएको छ। बीबीसी

कामीको राम्री राम्री छोरी चल्छ,सेक्स चल्ने,छोएको पानी चल्दैन..

सीप चल्छ कामीको राम्री राम्री छोरी चल्छ पसिना रगत बगाएर कमाएको पैसा हातमा थुक लगाउदै गन्ती गरेको पैसा चल्छ ।मन्दिरमा माथी शिरमा गजुर,त्रिशुल, मन्दिर भित्र मुर्ती कामी ले नै आरमा पलाम जलाएर बनाएर तातो पानीमा चोपेर बनाएको चल्छ ।पंधेरा बाट पानी भरी ल्याउने तामाको गाग्री कामी ले नै बनाएको चल्छ तर कामी ले छोएको पानी चल्दैन ।

वाहा ! कति रमाईलो छ है नेपाली समाज ? सेक्स चल्ने । जवान चल्ने । सीप चल्ने ।औजार चल्ने । तर उसैले खाली शरीर ले छोएको पानी नचल्ने । पानी पानी नै रंग हुदैन ।मैले सुनेको थिए पानी को कुनै रंग हुदैन । जुन रंग मिसायो त्यही रंग हुन्छ ।तर मान्छे मान्छे नै हो । मान्छे मा कुनै फरक हुदैन । मानिस को शारीरिक अंग चाहे हस्पिटल ले पनि एक को अर्कोमा प्रत्यारोपण गर्न सक्छ ।

भौतिकवाद ले संसार जिति सक्यो । चन्द्रमा गएर मानिस बाँस बसि सक्यो ।हामी नेपाली एउटा सियो बनाउने उपाए छैन भौतिवादको आँखा मा तर जातिय छुवाछूत अनि जातिय विभेद कुरो गर्छौ ।मेरो बुझाईमा हामी जब सम्म नेपाली जातिय मुद्दा बाट मुक्त हुन सक्दैनौं सु-शासन शान्ती अमन चयन र समृद्धी हुदैन । एकता नै समाज रुपान्तरण हो देश समृद्धि हो ।

प्रतिक्रिया दिनुहोस
राजनीतिक दलसम्बन्धी अध्यादेश तत्काललाई रोकियो

  सत्तागठबन्धन घटक नेपाली कांग्रेसभित्र कुरा नमिल्दा राजनीतिक दलसमबन्धी अध्यादेश ल्याउने सरकारको तयारीमा

रुपन्देहीमा सहकारी पीडितको प्रदर्शन

     सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीको मंगलबार जिल्ला सरकारी वकिल

धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ विरुद्ध रेड नोटिस जारी गर्ने तयारी

     नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी ‘पूर्व’पत्नी ज्योति गुरुङसहित २ जनाविरुद्ध रेड

ग्लोबल आइएमई बैंकद्वारा मुलुककै ठुलो सौर्य विद्युत परियोजनामा कर्जा लगानी सम्बन्धी सम्झौता

  ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत परियोजनामा कर्जा