सेनाका लागि बम बनाउने कारखानामा शक्तिशाली विस्फोट : ७९ जना घाइते, १८० घरमा क्षति



हाम्रो इकोनोमि

 

रुसको जशिंस्क शहरस्थित एउटा कारखानामा विस्फोट हुँदा ७९ जना घाइते भएका छन्। विस्फोटका कारण नजिकका १८० वटा घरमा क्षति पुगेको विवरणमा जनाइएको छ।

उक्त कारखानामा सेनाका लागि बम बनाउने र भण्डारण गर्ने गरिएको अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार विस्फोटका कारण जेएससी क्रिस्टल इन्स्टिट्युटमा अवस्थित उक्त कारखाना पूर्ण रूपमा ध्वस्त भएको छ।

View image on Twitter

विस्फोटका बेला पाँचजना कारखानाभित्रै थिए, तर उनीहरूको सकुशल उद्धार गरिएको एक अधिकारीले बताए। घाइतेमध्ये अधिकांशलाई विस्फोटबाट फुटेका सिसाले चोट लागेको थियो।

 

विस्फोटका कारण कम्पन हुँदा नजिकका घरका र अरू कारखानाका झ्यालका सिसाहरू फुट्न पुगेका थिए।कारखाना नजिकका घरका सिसाहरू पनि फुटेको अधिकारीहरूले बताएका छन्

 

जशिंस्क शहरका अधिकारीहरूले घटनास्थल वरपरका क्षेत्रमा आपत्‌काल घोषणा गरेका छन्। रुसको अनुसन्धान समितिले कारखानामा सुरक्षासम्बन्धी मापदण्डको सम्भावित उल्लङ्घन हुन सक्ने भन्दै फौजदारी अनुसन्धान थालिएको जनाएको छ।

 

स्थानीय स्वास्थ्य मन्त्रालयको एउटा विज्ञप्तिमा भनिएको छ, ूताजा विवरण अनुसार क्रिस्टलमा भएको विस्फोटपछि ७९ जनालाई चिकित्सकीय सहयोग मागिएको छ जसमध्ये ३८ जना कारखानाका कामदार र ४१ जना शहरका बासिन्दा छन्। घाइतेमा बालबालिका छैनन्।ू

 

१५ जनालाई अस्पताल भर्ना गरिएको र घटनामा कसैको ज्यान नगएको विज्ञप्तिमा भनिएको छ। त्यसअघि एक स्थानीय स्वास्थ्य अधिकारीले पीडितमध्ये अधिकांशलाई छर्रा लागे मध्यम र सामान्य खालको चोट लागेको बताएका थिए।

 

यसैबीच स्थानीय बासिन्दाले घटनास्थलबाट ठूलो मात्रामा धूँवा निस्किँदै गरेका तस्वीरहरू सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।अधिकारीहरूले कारखानाको एउटा प्लान्टमा बम नभई प्राविधिक चीज विस्फोट हुँदा एक सय वर्गकिलोमिटर वरपरसम्म आगो लागेको बताएका छन्।

 

गत अगस्टमा मध्य रुसको जशिंस्कस्थित अर्को कारखानामा विस्फोट हुँदा तीन जनाको ज्यान गएको थियो। जशिंस्क विश्वकै अति प्रदूषित शहरमध्येको एउटा भएको बताइन्छ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...