क्रुर शासक : अमेरिकासँगको वार्ता असफल भएको रिसमा आफ्नै ५ अधिकारीहरुको गोली हानी हत्या



हाम्रो इकोनोमि

 

उत्तर कोरियाली नेता किम जोङ उनलाई विश्वले एक तानाशाही शासकका रुपमा लिने गरेको छ । अहिले अमेरिका र उत्तर कोरिया बिचको सम्बन्ध बिग्रदै गएको छ ।

 

विश्वको नजर यी दुई देशमा गएर अडिएको छ । किमको दुई पटक अमेरिकी राष्ट्रिपति डोनाल्ड ट्रम्पसँग भएको भेटवार्ता पछि पनि यी दुई देशका बिचमा शान्ति कायम हुन सकेको छैन । यो बिचमा अहिले अन्तराष्ट्रिय सञ्चारमाध्यममा एउटा खबर निकै चर्चामा आएको छ ।

 

उत्तर कोरियाली नेता किमले ट्रम्पसँगको वार्ता असफल भएपछि आफ्ना ५ अधिकारीलाई गोली मारेर मृत्युदण्डको सजाय दिएका छन् । दक्षिण कोरियाको एक अखबार चोसन इल्बोले केही दिन पहिले यस्तो डरलाग्दो खुलासा गरेको हो ।

 

समाचार एजेन्सीका अनुसार ट्रम्पसाग किमको भेट तय गर्ने विशेष प्रतिनिधि किम ह्योक चोलको तानाशाह उनलाई धोका दिएको पाइएको छ । भियतनाममा दुई देशका राष्ट्रप्रमुखका बिचमा भएको भेटवार्तामा चोल किमसँगै रहेको जानकारी दिइएको छ ।

 

उनलाई गएको मार्चामा मिरिम विमानस्थलमा विदेश मन्त्रालयका चार वरिष्ठ अधिकारीसँगै गोली हानेर हत्या गरिएको थियो । अखबारले मारिएका अन्यअधिकारीहरुको नाम बताएको छै ।

 

किमले यो भन्दा पहिले पनि धेरै व्यक्तिहरुको हत्या गराएका छन् । उनले आफ्ना राजनीतिक गुरु मानिएका आफ्नै काका जांग सान्ग थाएकलाई देशद्रोह र भ्रष्टाचारको आरोप लगाएर गोली हानेर हत्या गरेका थिए ।

 

आफ्नी आन्टीलाई किमले विष पिलाएर हत्या गराएको आरोप लाग्ने गरेको छ । उनले सामाजिक सुरक्षामन्त्री ओ सेंड–होनलाई तोप हानेर हत्या गरेका छन् । केही वर्ष पहिले उनले मलेसियामा आफ्ना दाई नाता पर्ने व्यक्तिलाई पनि हत्या गराएको जनाइएको छ ।

 

कोरियाई प्रायद्वीपको एकीकरणका लागि काम गर्दै आएको दक्षिण कोरियाको यूनिफिकेशन मन्त्रालयले यस विषयमा आफुले बोल्न नचाहेको बताएको छ ।

 

तर, अखबारले यो पनि भनेको छ कि, किम जोंग–उनका ट्रान्सलेटर (भाषा रुपमान्तरण गर्ने मान्छे) शिन ह्ये योंगलाई पनि गलत्त ट्रान्सलेट गरेको भन्दै जेल चलान गरेका छन् । शिनले किमको भियतनाममा भएको ट्रम्पसँगको भेटमा उनको प्रस्तावलाई ठिक तरिकाले राख्न नसकेको बताइएको छ ।

यी दुई नेताहरुलाई एक अर्कोको भाषा आउँदैन त्यसैले कुरा गर्दा दोस्रो व्यक्तिको आवश्यक्ता पर्दछ । यदी गलत्त रुपान्तरण भयो भने त्यसको जिम्मेवार ट्रान्सलेटरका कारणले गर्दा पनि हुनसक्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...