श्रीमतीलाई मासु किन्न पठाएर भाञ्जी बलात्कार



हाम्रो इकोनोमि

 

आफ्नै भान्जी बलात्कार गरेको आरोपमा झापाको शिवसताक्षी—११ स्थित दुधेबाट एक व्यक्ति पक्राउ परेका छन् ।

तर, सहोदर मामाले जबरजस्ती करणी गरेको घटना ढाकछोप गर्न परिवारका सदस्य नै सक्रिय भएको समेत खुलेको छ ।

दुधेका ४१ वर्षिय मामाले आफ्नै घरमा बस्ने १६ वर्षीया भान्जीलाई करणी गरेपछि घटना ढाकछोपको प्रयास भएको हो ।

बिहिबार बिहान घरमा कोही नभएको मौकाछोपी मामाले करणी गरेको र कसैलाई नभन्न दबाब दिएको बालिकाले बताइन् ।

‘घरमा कोही पनि हुनुहुन्थ्यो, माइजुलाई पनि मासु किन्न पठाएर मामाले मलाई मुख थुनेर त्यस्तो गर्नुभयो’ किशोरीले भनिन् ।

स्थानीय विद्यालयमा अध्ययनरत ती बालिकाले आइतबार साथीलाई रुँदै घटनाबारे सुनाएपछि उनीहरुले प्रहरीलाई जानकारी गराएका थिए ।

इलाका प्रहरी कार्यालय झिलझिलीका प्रहरी प्रमुख प्रहरी निरीक्षक ढुण्डीराज गिरीले अभियुक्त मामालाई सोमबार नै पक्राउ गरेको बताए ।

पीडितका बुबा भारतको दार्जिलिङ र आमा वैदेशिक रोजगारमा रहेका कारण प्रहरीमा जाहेरी दिने अभिभावक समेत नरहेको अवस्थामा प्रहरीको आग्रहमा विद्यालयकी एक शिक्षिकाले जाहेरी दर्ता गरेकी छन् ।

अभियुक्त पक्राउ परेसँगै वैदेशिक रोजगारीमा रहेकी पीडित बालिकाकी आमालाई समेत दबाब र प्रभावमा पारेर ‘मेडिकल टेष्ट’ र जाहेरी दर्ता नगर्न दबाब दिइरहेको पाइएको छ ।

इलाका प्रहरी कार्यालय झिलझिलले पीडित बालिका र अभियुक्तको समेत ‘मेडिकल टेष्ट’ गराएको र थप अनुसन्धान भइरहेको जनाएको छ ।

दार्जिलिङ घर भएकी पीडित बालिका अहिले विद्यालय र प्रहरीको संरक्षणमा छिन् । ती बालिका विगत २ वर्षदेखि मावलमा बसेर अध्ययनरत थिइन् ।

मामाले यस अघि पनि चुम्बन गर्ने लगायतका शारीरिक र्दुव्यवहार गर्दै आएको पीडित बालिकाले बताइन् ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...