भोजपुर घटनाको भित्रि रहस्य, सम्झनाले किन गरिन आफ्नै छोराको हत्या – भिडियो



हाम्रो इकोनोमि

 

भनिन्छ आमा शब्द एक आफैमा सम्मानित र माया मोह भरिएको शब्द हो ।

हरेक सन्तानका लागी आमा र आमाका लागी सन्तान भाग्मानीले मात्र पाउँछन् भन्ने भनाइ समेत रहेको छ ।

तर यो बिचमा भोजपुरमा निकै दुखदायि घटना घटेको छ । कहिलेकाँही विश्वस नै गर्न नसकिने घटना घट्छन् ।

त्यस्ता घटना विरलै घट्दछन् । जो पत्याउन ज्यादै मुस्किल हुन्छ ।

त्यस्तै भएको छ भोजपुरमा पनि । यहाँको एक महिलाले आफ्नै २२ महिने छोराको हत्या गरेकी छिन् ।

भोजपुरको रामप्रसाद राई गाउँपालिकाको बासिखोरा घर भई भोजपुर नगरपालिका वडा नम्बर ९ पानीट्याङकी बस्ने सूर्य थापाकी २५ वर्षीय श्रीमती सम्झना थापाले आज विहान आफ्नै २२ महिने छोरा सम्बोधन थापाको खुकुरी प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ ।

आफ्नै ३ वर्षीय छोरालाई अचानोमा राखी खुकुरी प्रहारगरी एक आमाले हत्या गरेकी हुन् । सम्झनाले आफ्नै कोखबाट जन्मिएका ३ वर्षीय छोरा सम्बोधन थपा माथी खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ।

थापाले बच्चालाई अचानोमा राखेर दुई टुक्रा बनाएको प्रहरीको भनाई छ । स्थानीयले हत्या गर्ने थापाको मानसिक सन्तुलन ठिक नभएको बताएका छन् ।

उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

भाेजपुर नगरपालिकाको पानीट्याङकीमा कोठा भाडा लिएर बस्दै आएकी सम्झनाले आफ्नै भिनाजु रमन राईको घरको माथिल्लो तल्लामा खुकुरी प्रहार गरी हत्या गरेकी हुन् ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...