बस र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु, १८ घाइते



हाम्रो इकोनोमि

 

देवचुली नगरपालिका – २ दुम्कौलीमा बस र ट्रक एक आपसमा ठक्कर खादा दुई जनाको मृत्यु भएको छ । १८ जना घाईते भएका छन् ।

नारायणगढबाट पाल्पाका लागि छुटेको ना २ ख ४८९० नम्बरको ट्रक र कावासोतीबाट नारायणगढ तर्फ जाँदै गरेको ना ४ ख ५२९५ नम्बरको बस एक–आपसमा ठक्कर खाँदा बस चाल सहित यात्रुहरु घाइते भएको जिल्ला प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि मृत्यु हुनेमा गैँडाकोट १४ बस्ने ६५ वर्षीय कुमारी सुनारी र गैँडाकोट १८ बस्ने ७० वर्षीय जमुना मापछन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो । घाइतेमध्ये दुईजनाको अवस्था गभ्मीर रहेको प्रहरीले जनाएको छ ।

अहिले घाईतेहरुको पुरानो मेडिकल कलेज भरतपुरमा १, मनकामना अस्पताल चितवनमा १३, नयां मेडिकल कलेज चितवनमा ८ र प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा १ जनाको उपचार भइरहेको छ । ट्रक चालक प्रहरीको नियन्त्रणमा बस चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक रानाभाटले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...