बस र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु, १८ घाइते



हाम्रो इकोनोमि

 

देवचुली नगरपालिका – २ दुम्कौलीमा बस र ट्रक एक आपसमा ठक्कर खादा दुई जनाको मृत्यु भएको छ । १८ जना घाईते भएका छन् ।

नारायणगढबाट पाल्पाका लागि छुटेको ना २ ख ४८९० नम्बरको ट्रक र कावासोतीबाट नारायणगढ तर्फ जाँदै गरेको ना ४ ख ५२९५ नम्बरको बस एक–आपसमा ठक्कर खाँदा बस चाल सहित यात्रुहरु घाइते भएको जिल्ला प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि मृत्यु हुनेमा गैँडाकोट १४ बस्ने ६५ वर्षीय कुमारी सुनारी र गैँडाकोट १८ बस्ने ७० वर्षीय जमुना मापछन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो । घाइतेमध्ये दुईजनाको अवस्था गभ्मीर रहेको प्रहरीले जनाएको छ ।

अहिले घाईतेहरुको पुरानो मेडिकल कलेज भरतपुरमा १, मनकामना अस्पताल चितवनमा १३, नयां मेडिकल कलेज चितवनमा ८ र प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा १ जनाको उपचार भइरहेको छ । ट्रक चालक प्रहरीको नियन्त्रणमा बस चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक रानाभाटले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...