धुर्मुस-सन्तुलीले रंगशाला निर्माणको काम रोके, बार भत्काउने कँडेल पक्राउ



हाम्रो इकोनोमि

 

चितवनको भरतपुरमा निर्माणाधीन गौतम बु्द्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य रोकिएको छ । धुमुस सन्तुली फाउन्डेशनले सुरक्षाको कारण देखाउँदै रंगशाला निर्माणको काम रोकेको जानकारी दिएका छन् ।

 

बुधवार नेकपाका स्थानीय नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलका विश्वास पात्र प्रकाश कँडेलको योजना रंगशालाको बार भत्काइएको थियो । जस्ता र तार लगाएको बार भत्काउँदै धुर्मुस सन्तुली फाउन्डेशनका कर्मचारीलाई धम्कि समेत दिएको फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले बताएका छन् । स्थानीयको अवरोध र धम्कीपछि उनले रंगशालाको काम रोकेको बताए ।

 

रंगशाला निर्माणस्थलमा लगाइएको झण्डै एक किलोमिटर बार कँडेलसहितका केही स्थानीयले भत्काएका थिए । बार भत्काएपछि रुदै धुमुर्सले आफ्ना कर्मचारीमाथी धम्कि दिएको बताएका थिए । कँडेलसहितका स्थानीयले त्यहाँ भएका रुखहरू पनि ढालेका छन् ।

 

रंगशाला निर्माणको पश्चिमतर्फ जमिन सडक निर्माणका लागि फाउण्डेसन छाड्नुपर्ने माग उनीहरुले राखेका छन् । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले भोगचलन गर्दै आएको जग्गाबाट सडक बनाउनुपर्ने माग उनीहरुको छ ।

 

कँडेलसहित १६ पक्राउ
रंगशालको बार भत्काएको आरोप लागेका कँडेललाई प्रहरीले पक्राउ गरेको छ । गएराति कँडेललाई पक्राउ गरेको चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले बताए । कँडेलसँगै घटनामा संलग्न १६ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । कँडेलसहित १६ जनालाई सार्वजनिक सम्पतिमा नोक्सानी पुर्‍याएको तथा धम्क्याएको अभियोगमा मुद्दा चलाउन सकिने एसपी मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...