काभ्रेकी किशोरीको चित्कार: बलात्कारको भिडियो बनाएपछि जहाँ, जसरी भन्यो दिनुपर्ने यौन दासी बने



हाम्रो इकोनोमि

 

 

‘विवाह गरेर आएको केही समय मात्रै भएको थियो, नाताले भिनाजु पर्ने सई रामविनोद यादवले श्रीमान् नभएको मौकाछोपी मलाई जबरजस्ती गर्यो । एक पटकको दुव्र्यवहार मैले आँसु पिएर सहेकै थिएँ ।

 

फेरि पनि यौन सम्बन्धका लागि बोलायो । मैले ठाडै इन्कार गरेँ । तर उसले पहिलो सम्पर्ककै बेला भिडियो खिचेर राखेको रहेछ, त्यो देखेपछि म यौनदासी बनेर उसले जहाँ भन्छ त्यहीँ जान थालें । अहिले एक वर्ष भयो, ऊ जहाँ–जहाँ सरुवा हुँदै जान्छ म त्यहीं उसको वासना पूरा गर्न पुग्छु ।’

 

बालविवाहको पीडा पनि भोगेकी १८ वर्षे किशोरीले प्रहरीलाई बयान दिंदै भनिन् । जनकपुरधाम माइती भई रौतहटको गौरमा विवाह गरी आएकी किशोरीलाई पहिला यादवले नाता जोड्दै सहयोगी व्यवहार देखाए । सहयोगको दबाबमा परेर किशोरीले शारीरिक सम्पर्क राख्न पुगेको उनको भनाइ थियो ।

 

घटनामा संलग्न भनिएका इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा कार्यरत नेपाल प्रहरीका सई रामविनोद राय यादवलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले जेठ ७ गते पक्राउ गरी अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धान गरिरहेको प्रहरी प्रमुख एसपी खड्काले बताए । आजको नेपाल समाचार पत्रमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...