सिंगापुरले माग्यो नेपाली कामदार : खर्च ५० हजार, तलब दुई लाख



हाम्रो इकोनोमि

 

सिंगापुरले ६ वर्षपछि फेरि नेपाली कामदार मागेको छ।

सन् २०१३ को अगस्टपछि संस्थागत रुपमा रोजगारीका लागि सिंगापुरले नेपाली कामदार लगेको थिएन। त्यतिबेला एलन इन्टरनेशनल म्यानपावर कम्पनीमार्फत् ९ नेपाली रोजगारीका लागि सिंगापुर गएका थिए।

त्यसयता व्यक्तिगत रुपमा श्रम स्वीकृति लिएर नेपाली कामदार सिंगापुर गए पनि संस्थागत रुपमा बन्दजस्तै भएको थियो।

सिंगापुर नेपाली कामदारका लागि आकर्षक गन्तव्य भएपनि माग आउन नसक्दा त्यसको फाइदा नेपालले लिन सकेको छैन।
व्यक्तिगत रुपमा भने चालु आर्थिक वर्षभित्रै ४८ नेपाली रोजगारीका लागि सिंगापुर पुगेका छन्। यसवर्ष सिंगापुर जानेमा ३ महिला र ४५ पुरुष छन्।

यसपटक हाउसकिपिङका लागि दुईसय नेपालीको माग आएको हो। सिंगापुर जाने श्रमिकसँग अधिकतम ५० हजार रुपैयाँ सेवाशुल्क लिन पाउने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्णय गरेको छ।

म्यानपावर कम्पनीले त्यहाँ जाने श्रमिकले २ हजार ३ सय सिंगापुर डलर (एक लाख ८६ हजार रुपैयाँ) तलब पाउने गरी फाइल पेश गरेको छ। वैदेशिक रोजगार विभागको ताहाचल कार्यालयले चार दिनअघि कन्टिनेन्टल ह्युमन रिसोर्स प्रालिलाई एक सय जनाको पूर्वस्वीकृति दिएको छ। कार्यालयका निर्देशक सुरेश जोशीले म्यानपावर कम्पनीले दुई महिना पहिले नै पूर्वस्वीकृतिका लागि फाइल पेश गरेको भए पनि सेवाशुल्क लगायतका विषय टुंगो लगाउँदा ढिला भएको बताए।

विभागले पहिलो चरणमा एक सय कामदारका लागि स्वीकृति दिएको छ। एकैपटक सबै कामदार पठाउन स्वीकृति दिँदा भोलि त्यहाँ पुगिसकेपछि समस्या भोग्नुपर्ने हो कि भनेर पहिलो चरणमा आधालाई मात्रै स्वीकृति प्रदान गरिएको निर्देशक जोशीले बताए।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...