प्रदेशलाई ५५ अर्ब, स्थानीय तहलाई ८९ अर्ब अनुदान



हाम्रो इकोनोमि

 

आउँदो आर्थिक वर्षमा संघीय सरकारबाट प्रदेशले ५५ अर्ब ३० करोड अनुदान पाउने भएका छन् । यस्तै, स्थानीय तहलाई ८९ अर्ब अनुदान प्रदान गरिने भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संसदमा आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै प्रदेश र स्थानीय तहको उक्त अनुदान दिने घोषणा गरेका हुन् ।

यस्तै, प्रदेश र स्थानीय तहको जनसंख्या क्षेत्रफल र मानवीय विकासका आधारमा प्रदेश र स्थानीय तहमा १ खर्ब ३० अर्ब बजेट विनियोजन गरएको छ ।

संघमा रहेका आयोजना प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने व्यवस्था मिलाएको पनि अर्थमन्त्री खतिवडाले बताए ।

यस्तै, आउँदो वर्ष ७० जिल्लालाई पूर्ण साक्षर तुल्याइने खतिवडाले बताए ।

साथै, सबै सामुदायिक विद्यालयको भवन निर्माण कार्यक्रममा ३०० विद्यालयका भवन निर्माण गर्न ८ अर्ब ५३ करोड विनियोजन गरिएको अर्थमन्त्री खतिवडाले बताए ।

उनका अनुसार एक विद्यालय एक खेलकुद शिक्षकको व्यवस्था पनि गरिनेछ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...