सदावहार याैनकर्मीको बजार ठमेल, के के हुँन्छ रातीमा



हाम्रो इकोनोमि

 

 

नेपाल घुम्न आउने पर्यटक सेक्सअुल रिल्याक्सेसनुले आफनो यात्राको थकान मेट्न चाहन्छन् । देशको मुख्य उद्योगका रूपमा पर्यटनलाई अंगालेका अधिकांश देशमा सेक्स टुरिजमले वैधानिकता पाएको भएपनि नेपालमा यसले सार्थकता नपाउदा कानुनी झमेला झेल्नुपर्ने व्यवशायीहरुको बाध्यता छ । थाइल्यान्ड, फिलिपिन्स, इस्टोनिया, कोस्टारिका, डोमिनिकन रिपब्लिकलगायत देशमा सेक्स टुरिजमले देशको आर्थिक उन्नती गरेको छ । नेपाल पनि सीमित क्षेत्रमा यसको व्यवस्थापन गर्नुपर्ने आवश्यता रहेको व्यवशायीहरुले बताएपनि कानुनी रुपमा मान्यता पाउन सकेको छैन ।

 

सेक्स आधारभूत आवश्यकता हो, यो रोकेर रोक्न, छेकेर छेक्न सकिने चिज होइन । तपाईंलाई कसैले खाना खान रोक्न सक्छन तर यो रोकिन्न ठमेलका एक व्यवशायी भन्छन । एरिया तोकेर विशेष खालको नियम बनाएर सेक्सलाई डिपार्टमेन्टल स्टोरकै जस्तो रूप दिएर रेड लाइट एरिया खोल्नुपर्ने उनको भनाइ छ । सन १९६५ को दशकतिरै हिप्पीहरुको बजार भनेर चिनिन थालेको ठमले आज त्यसको आधुनिक रुप बनेको छ । विश्वबजारका सबै सहुलियतहरुले सम्पन्न रहेको यो बजारमा लोकल होस विश्व बजार स्तरकै सेक्स आनन्द लिने एक थलोको रुपमा विकास हुदै गएको सहजै अनुमान गर्न थालिएको छ ।

 

 

प्रहरीको आँखा पनि ठमेलतिरै : ठमेलमा क्षेत्रमा हुने गरेको देह व्यापार रोक्ने नाममा काठमाडौ प्रहरीको ध्यान पनि त्यतै जाने गरेको छ । काठमाडौ परिसर, महाशाखा, सोह्रखुटटे वृत्त तथा दरवार मार्ग प्रहरी र कहिलेकाही आयुक्ता कार्यालयका घुमुवा प्रहरीको पनि कमाइखाने भाडोका रुपमा ठमेल बजार प्रयोग हुने गरेको छ । त्यहा सञ्चालित डान्सवार, रेष्टुरेण्ट तथा मसाज सेण्टरहरु प्रहरीको निशानामा पर्ने गरेका छन् । काठमाडौ प्रहरी परिसरका प्रमुख परिवर्तनसँगै केही दिन ठमेल अस्तव्यस्त नै हुने गर्थे । दिनदिनै युवतीहरु पक्राउ पर्ने र उनीहरुलाई सार्वजनिक अपराध अन्र्तगत मुद्धा चलाइन्थ्यो ।

 

अहिले त्यो क्रम निकै कम भएपनि पश्चिमा हिप्पी ‘कल्चर’ भने छुटेको छैन । प्रहरीले त्यसलाई पनि निगरानीमा राखेको छ । केही दिन अघि ठमेल क्षेत्रको सुरक्षा अवस्था र सामाजिक विकृतिका विषयमा गोप्य रूपमा अनुसन्धान गर्न सादा पोसाकमा सहयोगी सुरक्षाकर्मीसहित ठमेल पुगेका परिसर प्रमुख छविलाल जोशीले त्यस डान्स रेस्टुरेन्टमा उत्ताउलो र छाडा डान्स मात्र देखेनन, ग्राहकसँग जबरजस्ती युवती राखिदिने गरेको घटना पनि प्रत्यक्ष रूपमा देख्न पाएका थिए ।

 

नर्सिङचोक नजिक अन्डरग्राउन्डमा रहेको टकिला नामक डान्स रेस्टुरेन्टबाट प्रहरीले सञ्चालकसहित २२ जनाभन्दा बढीलाई पक्राउ गरेको थियो । त्यो दिन सो डान्स बन्द गराएपछि ठमेलका अन्य डान्स रेस्टुरेन्ट सञ्चालकबीच पनि भागाभाग चलेको थियो ।

 

सडकमा हिँडिरहेका सर्वसाधारणलाई करकाप गरी डान्स हेर्न लगाउने, दायाँबायाँ युवती बस्न लगाउने लुट्ने, डान्स रेस्टुरेन्टमा नै देहव्यापारका लागि युवतीको मोलमोलाई गर्ने विकृतिका विरुद्ध परिसर प्रमुख जोशी आफैँ गोप्य रुपमा त्यहा पुगेका थिए । ‘ठमेलका बारेमा धेरै गुनासो आएपछि ‘‘सिभिल ड्रेस’मा घुमिरहेको बेला एक अपरिचितले डान्स हेर्न जाऔँ भन्यो’, उनले भने, ‘डान्सभित्र छिरेको त माहोल नै बेग्लै छ, युवती ल्याएर दायाँबायाँ साइडमा राखिदिन्छ, त्यस्तै उत्ताउलो र छाडा नाच देखिन्छ ।’ ‘त्यसपछि सबैलाई नियन्त्रणमा लिई डान्स रेस्टुरेन्ट नै बन्द गर्न निर्देशन दिएको हुँ,’ उनले भने । ठमेलको टकिला डान्सबार मात्रै होइन यो एउटा उदाहरण मात्रै हो ।

 

डान्स देखाउने नाममा पुरुष मान्छेलाई जबरजस्ती भित्र लैजाने, युवतीहरू प्रयोग गरी बढी बिल उठाउने, ठग्ने र देहव्यापारलाई बढावा दिने जस्ता विकृति हुने गरेका छन । प्रहरी प्रशासन एक दिन गएर छापा मार्छ अर्को दिनदेखि उस्तै हुने गरेको छ । विकृति नियन्त्रणका लागि ठमेल क्षेत्रमा ‘सरप्राइज अप्रेसन’ धेरै पटक हुने गरेपनि त्यसले खासै प्रभाव पारेको देखिदैन । पर्यटकीय नगरी ठमेलक्षेत्र शान्त र सुरक्षित बनाउन जरुरी भएकाले पनि गोप्यरुपमा प्रहरी घुमिरहेकै हुन्छन ।

 

के छैन ठमेलमा ? ठमेलमा देह व्यापार मात्र होइन त्यहा हरेक चिजले सम्पन्न जस्तै छ । २०३१ सालदेखिनै हिप्पीहरुले यूरोपिय संस्कृतिलाई भित्रयाएपछि नेपालमा पनि गाजा, लागुऔषध तथा देहव्यापार जस्ता विकृतिले प्रश्रय पाएको हो । यूरोपियन शैलीको बजार, किनमेल, विश्वभरका पर्यटक आउने, सुविधा सम्पन्न होटल तथा रेष्टुरा तथा विभन्न भाषाको समिश्रणले ठमेललाई आकर्षणको केन्द्र मान्न सकिन्छ ।

 

गुण्डागर्दी, चोरी, डकैती, देहव्यापार, लागू औषधको प्रयोग जस्ता विवादास्पद विकतिको थलो बनेपनि प्रहरीले बेलाबेलामा यसलाई नियन्त्रण गर्ने गरेको छ । पर्यटकीय नगरी भएकाले पनि सुरक्षालाई विशेष ध्यान दिएको प्रहरी अधिकारीको भनाई छ । सरप्राइज अप्रेसनलाई निरन्तरता दिने प्रहरी बताउछन ।

 

काठमाडौं उपत्यकामा दुई हजार जति डान्स रेस्टुरेन्ट रहेका छन् । अधिकांश डान्स रेस्टुरेन्टले सर्वसाधारणलाई ठगी गर्नुका साथै सामाजिक विकृति फैलाउने गरेको प्रहरीको दावी छ । रेष्टुरेण्ट व्यवशायी बाहेक ठमेललाई विकृतिरहित बनाउनु पर्छ भन्नेमा त्यहाँका व्यवशायी सचेत भएको देखिएपनि मसाज सेण्टरका नाममा खुलेका कतिपय व्यवशायीले देहव्यापारलाई प्रश्रय दिएको आरोप लाग्ने गरेको छ ।

 

गैरकानुनी धन्दा : देह व्यापारलाई नेपालमा गैरकानुनी रुपमा लिईन्छ । नेपालको अन्तरिम संविधान २०६३ मा देह व्यापार सम्बन्धि प्रावधान उल्लेख गरेको छ, र जस्मा नेपालको सिमा भित्र हुने कुनै पनि किसिमको देह व्यापारलाई गैर कानुनी भन्दै सजायको व्यवस्था गरेको छ । नेपालमा यसलाई सामाजिक अपराधको रुपमा लिएको मात्रै होईन समाजमा विकृति फैलाएको ठहर गर्दै यसकार्यमा सहभागी हुनेहरु समाजमा नकारात्मक दृष्ट्रिकोणबाट प्रताडित छन् ।

 

समाजको विकृतिको रुपमा लिईने भएपनि कतिपय स्थानमा परम्परागत देह व्यापारको रुपमा आज प्रयान्त जारी रहेको छ । पश्चिम नेपालको दाङ, बाँके, बार्दिया लगाएतका स्थानमा अझै पनि वादी समूदायको वसोबास रहेको छ, र उनीहरुको पूख्र्यौली पेशा भनेको पनि देह व्यापार नै हो । राजमार्ग भएर ओहोर दोहोर गर्ने मानिसहरुलाई यौन सन्तुष्टि दिने उनीहरुको पेशा रहेको छ । तर हाल यो कार्य देखिएर गर्ने गरिएको छैन ।

 

सरकारलाई यसलाई कानुनी मान्यता दिएर कानुनी दायरामा ल्याउनुको विकल्प छैन । यो पेशामा लाग्नेहरुको लागि प्रमुख शहरहरुमा एउटा निश्चित एरिया (रेडलाईट) छुट्याएर कानुनी दायरामा ल्याउन सके गैर कानुनी कृयाकलापलाई रोक्न सहयोग पुग्ने थियो र प्रहरीले बेला बेलामा कानुन पालना गर्ने नाममा गर्ने धरपकडलाई र नाटकलाई पनि कम गर्न सकिन्थ्यो ।

 

यौनकर्मी पर्यटकहरु पनि रेडलाइट एरियामै केन्द्रीत हुने थिए । सरकारले नेपालमा गैर कानुनी देह व्यापारलाई रोक्न जे जस्तो ऐन नियम तथा कानुनहरु बनाएको र कार्यान्वयन गरेको भएता पनि त्यसले देह व्यापारमा कमी ल्याएको होईन अझै विकृति फैलाएको छ । कतिपय मानिसहरुले यो पेशालाई रहरले भन्दा पनि वाध्यताले अपनाएको देखिन्छ ।

 

जब बाध्यताले यो पेशा अपनाउनेहरुको जमात बढीरहेको छ भने त्यसलाई कानुनको कार्यान्वयनले नियन्त्रण गर्न निकै कठिन हुने ठमेल बजार विज्ञहरुको दावी छ । कस्ता छन त यौनकर्मीहरु ? गत दुइ बर्ष अघि महाभुकम्प आएपछि सिन्धुपाल्चोक, काभ्रे , धादिंङ र नुवाकोटका किशोरीहरुलाई दलालहरुले देहव्यापारका लागि भारत र खाडी मुलुक पठाए । केही राजधानकै ठमेल लगायतका काठमाडौका विभन्न डान्सवारमा भित्रीय ।

 

यतिबेला ग्रामीण तथा विपन्न परिवाकार किशोरीहरुले यस्तो पेशालाई अगालेको पाइन्छ । राजधानी वाहिर देखि काठमाडौँ पढ्न आउने यूवतीहरु प्रमुख रुपमा यो पेशामा लाग्ने गरेको भेटिएको छ । त्यसमा श्रीमान्ले छोडेको, दिनभरी ज्याला मजदुरी गर्ने, आर्थिक अवस्था कमजोर भएकाहरु प्रमुख रुपमा यो पेशामा लाग्ने गरेको पाईएको छ । यसका साथै काठमाडौँ रहेका धनाढ्य परिवारका सदस्यहरु पनि यो क्षेत्रमा संलग्न छन् ।

 

उनीहरुले यसलाई पेशाको रुपमा भन्दा पनि आफनो यौन चाहाना पुरा गर्ने रुपमा मात्र यसलाई लिएका छन् । पेशाको रुपमा अँगाल्नेहरु कन्ट्याक्टको भरमा, डान्स रेष्टुरेन्ट, मसाज सेन्टर, वारमा आउने ग्राहाकहरु संग आफनो यौन धन्दालाई पनि अघि बढाईरहेका हुन्छन् । अझ सार्वजनिक स्थनाहरु नै बसेर खुलेआमा ग्रहाकहरु संग वाग्रनिङ गरिरहेका देह व्यापारीहरुको संख्या र त्यस्ता सार्वजनिक ठाउँ पनि पछिल्लो समयमा बढ्दै गईरहेको छन । काठमाडौँका सार्वजनिक पार्क, रेष्टुरेन्ट, चोक तथा गल्लीहरुमा समेत खुलेआम रुपमा गैर कानुनी देह व्यापारको श्रृङखला बढ्दो रहेको छ । डान्सवार नै यसको पहिलो स्रोत हो भने दोस्रोमा मसाजका नाममा खुलेका मसाज सेण्टरहरु रहेका छन् ।

 

युवायुतीहरुमा यौन बिकृति र बिसंगति बढिसकेको छ । कलङ्की, बसपार्क तथा ठमेलमा अनेक बहानामा यौन बजार गुलजार भइसकेका छन् । यौनबजार देशका विभिन्न सहरहरुमा यसैगरी फैलिरहेको छ । हिजो हिजो राजमार्गहरुमा मात्र हुने यौन व्यापार अव राजधानीका अनेकन गल्लीहरुमा पनि देखिन थालेका छन । खासगरी श्रीमानबाट सन्तुष्ट हुन नसकेका, श्रीमानले छाडेका अथवा श्रीमान बाहिर काममा गएका धनाढ्य र नवधनाढ्य महिलाहरुले यौन सन्तुष्टिका लागि पुरुष बेश्या खोज्न थालेका छन् ।

 

यस्ता एकल महिला अथवा यौन सन्तुष्टि पुरा गर्न पुरुष खोज्दै हिड्ने महिलाहरुको हजारौंको जमात राजधानीमा रहेका छन । फेसबुक, इमेल, च्याट र वेभसाइटबाट पनि यौन बजारलाई तताउने गरेको छ । अमेरिका, बेलायत, दिल्लीका बेभसाइट सञ्चालकहरुले नेपालका हरेक सहरमा विश्वभरिका युवतीहरुको बजार खोलेका छन् । वेभसाइट सञ्चालकलाई कार्डमार्फत शूल्क तिरेपछि राजधानीका बिभिन्न सहरहरुमा विश्वव्यापी युवतीहरुसँग रात बिताउन पाइन्छ ।

 

मुख्य कुरा कुन प्रकारका युवतीप्रति तपाईंको चाख छ, त्यो कुरा वेभसाइटकर्तालाई इमेलबाट बताएपछि उसैले युवतीसँग सम्पर्क गरेर भेटाउने र भिडाउने काम गर्ने गर्दछ । अर्थात् यौनबजार राजधानीमा व्यापक छ । रात बिताउन पाकिस्तान, बंगलादेश, साउदी, इरान, दिल्ली, बम्बैदेखिका ग्राहकहरुसमेत नेपालमा आउने गरेका छन्।

 

धन प्रशस्त भएका तर यौन सन्तुष्टिको खोजी गर्नेहरुका लागि नेपाल सुरक्षा र सन्तुष्टिको मुकाम नै बनिसकेको छ । पैसा भएपछि नेपाली अथवा विश्वभरिका युवतीसँग संसर्ग गर्न पाइने, गोप्यता भङ्ग नहुने र सुरक्षाकर्मीको पनि खतरामुक्त क्षेत्रका रुपमा नेपाल विकसित भइसकेको छ ।

 

विश्वका सेक्स बजार : नेपालमा सेक्सको खुलेआम कुरा गर्न समभब नरहे पनि विश्व बजारमा खुलेआम सेक्स बजार खुलेका छन् । वैधानिक रुपमा सेक्स गर्न पाउने विभन्न मुलुकहरुमा त्यहाको कानुन पनि कडा नै रहेको छ । कुनै देशहरमा अबैधानी रुपमा भएता पनि गोप्य रुपमा सेक्स बजार फस्टाइरहेको छ । ती मध्ये केही सेक्स बजार यस्ता छन् । डोमेनिकन गणतन्त्र विश्व सेक्स बजार मध्ये क्यारेबियन राष्ट्र डोमेनिकन रिपब्लिक सबैभन्दा अगाडि मानिन्छ ।

 

यहाँ ६० हजार महिला यौनकर्मी रहेको अनुमान छ । यौन व्यवसायका लागि विभिन्न देशका महिलाहरु समेत डोमिनिकन गणतन्त्र पुग्ने गरेका छन् । कम्बोडियामा सेक्स व्यापार गैह्रकानुनी हो । तर, यहाँ सेक्स बजार दिन प्रतिदिन फस्टाउँदो छ । विश्वमा निकै गरिब राष्ट्रमा पर्ने भएकोले पनि यहाँका महिलाहरु जीवन धान्नका लागि यौन व्यवसाय गर्न बाध्य बन्ने गरेका छन् ।नेदरल्याण्ड्स सरकारले यौन व्यवसाय गर्नका लागि छुट्टै ‘रेड लाइट’ एरिया नै तोकेको छ । त्यहाँ देशभित्र र बाहिरका मानिसहरु यौन व्यवसायमा सामेल हुन्छन् ।

 

अफ्रिकी मुलुक केन्या पनि विश्वको यौन व्यवसाय चल्ने देशमा पर्छ । यहाँका मानिसहरु गरिबीका कारण यौन व्यवसायमा सामेल हुने गरेका छन् । तर केन्याको यौन बजार विश्वकै असुरक्षित यौनबजार मध्ये पर्छ । पछिल्लो समयमा विश्व अर्थतन्त्रमा उदाउँदा गतिमा रहेको ब्राजील नेपाल जस्तै जंगल सयर, सुन्दर र मिजासिला मानिसहरुका साथै मन लोभ्याउने समुन्द्री किनार रहेको सुन्दर भूमि पनि हो ।

 

यहाँ रहेको यौन बजारमा मानिसहरुले आफनो गन्तव्य बनाउने गरेका छन् । ब्राजील विश्वकै दोस्रो ठूलो यौन बजार पनि हो । यहाँ महिला र पुरुष दुवै यौन व्यवसायी हुन्छन् । यहाँ यौन व्यवसायीहरुलाई पक्रने र कडा सजाय समेत दिने गरेको पाइन्छ । तर पनि फिलिपिन्समा लुकेर यौन व्यवसाय गर्नेहरुको कमी छैन । यहाँ झण्डै ५ लाख मानिसहरु यौन व्यवसायमा सामेल हुने गरेको अनुमान छ । कोलम्बिया पछिल्लो समयमा दक्षिण अमेरिकाको चर्चित सेक्स बजार हो । लागु औषधकाम लागि यहाँ मानिसहरु कम पैसामा पनि यौन व्यवसायमा सामेल हुने गरेका छन् ।

 

थाइलैण्डको राजधानी बैंकक संसारकै सबैभन्दा ठूलो यौन बजार हो । यहाँ करिब ३० लाखजति यौन व्यवसायी रहेको अनुमान गरिएको छ । समलिंगीका लागि समेत त्यहाँ खुला छ ।बैंककको पताया र पातपङमा यौनकर्मी बढी केन्द्रित छन । नग्न नृत्य, पूर्ण यौन सुविधालगायत विभिन्न सेक्स शो त्यहाँ देखाइन्छ । बैंककको यौन बजारमा पुग्नेले डिस्को र डान्स क्लबमा खुलेआम ‘न्युड शो’ चलिरहेको देख्न पाउँछन । त्यहाँका यौनकर्मी सरकारी कार्यालयमा दर्ता भएका छन् र उनीहरू नियमित कर तिर्छन ।

 

स्थान विशेष फरक फरक : अमेरिकाको पश्चिम प्रशान्त सागरस्थित गुआममा पुरुषहरुको जागिर पुरै राज्यमा घुमेर कुमारी युवतीहरुको कुमारीत्व भंग गर्नु हो । यसका लागि उनीहरुलाई कानुनी रुपमै छुट छ । बेलायतको लन्डनमा भने पार्किङ क्षेत्रमा मोटरसाइकलमा यौन सम्बन्ध राख्नु वर्जित छ । त्यस्तै, इन्डोनेसियामा सार्वजनिक स्थानमा हस्तमैथुन गरेको पाइएमा टाउको छिनाएर मृत्युदण्ड दिने कानुन छ ।

 

बहराइनमा पुरुष चिकित्सकहरुका लागि मेडिकल जाँचका समयमा महिलाको यौनांग हेरेर उपचार गर्न पाउँछन् तर सिधा आँखाले हेर्न भने नपाइने कानुन छ । पुरुष चिकित्सकले ऐनाको प्रयोग गरेर महिलाको यौनांग हेर्न पाउँछन् । अमेरिकाको वासिंटनमा जनावरसँग मानिसले सहवास गर्न कानुनी मान्यता प्राप्त छ । तर, यसका लागि जनावरको वजन कम्तिमा ४० पाउण्ड हुनुपर्छ । बोलिभियाको सान्टाक्रुजमा कुनैपनि पुरुषले एकै पटकमा आमा र छोरीसँग यौन सम्पर्क गर्नु कानुनी रुपमा अपराध मानिन्छ ।

 

तर, छुट्टा–छुट्टै ठाउँमा फरक–फरक समयमा आमा–छोरी दुवैसँग यौनसम्पर्क गर्न भने मान्य छ । मोन्टानाको बोजम्यानमा सुर्यास्तपछि घरमा सबै प्रकारका यौन क्रियाकलाप गर्न प्रतिबन्ध छ । यस्तै, मेरिकाको नेभादामा पत्नीबाहेक अरु कुनै महिलासँग बिना कण्डम यौन सम्पर्क गर्न कानुनी अपराध हो । अमेरिकाकै एरिजोनामा मुखमैथुन गैरकानुनी छ । कतिपय मध्यपूर्वका देशहरुमा स्लामिक कानुन अनुसार भेडासँग यौन क्रियाकलाप गर्ने मानिसलाई सजाय स्वारुप त्यही भेडाको मासु खानु पर्छ ।नेपाल पाटीबाट ।

प्रतिक्रिया दिनुहोस
३३ अंक घट्यो सेयर बजार

    अघिल्लो कारोबार दिन ७.९० अंक बढेको सेयर बजार सोमबार ३३.२८ अंक...

व्याक नहुने अडानमा कन्सल्टेन्सी व्यवसायीका स्वतन्त्र समुह

    सरकारले ल्याएको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा...

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन

    नागढुङ्गा-सिस्ने खोला सुरुङमार्ग आजदेखि औपचारिक सञ्चालनमा आएको छ । पूर्वाधार विकासमन्त्री,...

यो अन्तिम भोज नै त हैन होला : गोकुल बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का दुई...