जेलमा रहेका रेशम चौधरी अस्वस्थ, अस्पताल लैजाने तयारी



हाम्रो इकोनोमि

 

डिल्लीबजार सदरखोरमा रहेका रेशम चौधरी अस्वस्थ भएका छन् । उनको छातीमा इन्फेक्सन भएको राजपा नेपाल अध्यक्षमण्डलका संयोजक अनिलकुमार झाले बताए ।

 

संयोजक झा आजै रेशम चौधरीको अवस्था बुझ्न सदरखोर गएका थिए । राजपा नेपालका नेता समेत रहेका चौधरी केही दिनदेखि अस्वस्य रहेको बताइएको छ ।

रेशम चौधरीको अवस्थाबारे संयोजक झाले कारागार विभागलाई जानकारी गराएकोमा  विभागले उपचार उचित गराउने गराउने प्रतिबद्धता जनाएको छ ।

यता विभागका महानिर्देशक हरिप्रसाद मैनालीले चौधरीको उपचार भइरहेको जानकारी दिएका छन् । उनले यसअघि पनि अस्पतालबाट जँचाएर ल्याएको बताउँदै अहिले अवस्था सामान्य रहेको बताए ।
तर, रेशम चौधरीकी श्रीमती रन्जिता (श्रेष्ठ) चौधरीले उनलाई अस्पताल भर्ना गरेर राख्नुपर्ने माग गरेकी छिन् ।

कैलालीको टीकापुर घटनाको मुख्य दोषी रहेको भन्दै कैलाली जिल्ला अदालतले उनलाई जन्मकैदको फैसला सुनाएको छ ।

२०७५ फागुन २१ गते कैलाली जिल्ला अदालतमा बहस हुँदा उनीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाइएको थियो ।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनामा एकबालक सहित आठजनाको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...