संसदको पहिलो दिनमै सुन्दरी सांसदको तस्विरले भारतभर हंगामा !



हाम्रो इकोनोमि

 

भर्खर सम्पन्न भारतीय लोकसभामा ७८ महिला सांसद निर्वाचित भएका छन् । कतिपय महिला सांसदहरु लामो राजनीतिक यात्रा बोकेका छन् भने कतिपय निकै प्रभावशाली छन् । स्मृति इरानीले कांग्रेस अध्यक्ष राह्ल गान्धीलाई पराजित गरेर सर्वाधिक चर्चामा छिन् । तर मंगलबार ममता बनर्जीको तृणमूल कांग्रेसकी दुई युवा सांसदको तस्विरले भारतभर चर्चा पाएको छ ।

 

७८ महिला सांसदमा तृणमूल कांग्रेसकि नुसरत जहां र मिमि चक्रवर्ती पनि सांसद बनेका छन् । सुन्दर चेहेरा भएकी दुई सांसद पहिलो दिन संसद भवनमा पुगे । संसद भवनमा पुगेपछि आज पहिलो दिनभन्दै उनीहरुले सेल्फी खिचे र इन्स्टाग्राममा राखे ।

 

सामाजिक सञ्जालमा तस्विर पोष्ट गरेपछि दुई सुन्दर सांसदको चर्काे आलोचना शुरु भएको छ । सांसद नुसरत लेखेकी छिन् -एउटा नयाँ शुरुवात । मलाई भरोसा गर्ने ममता बनर्जी र बशीरहाट लोकसभा क्षेत्र जनताप्रति धन्यवाद ।

 

जाधवपुरबाट चुनाव जितेकी मिमि चक्रवर्तीले लेखेकी छिन् -संसदमा आज पहिलो दिन । उनीहरुको लेखाईभन्दा पनि तस्विर खिच्दा लिइएको पोज र कपडालाई लिएर भारतभर आलोचना भएको छ ।

 

भारतीय जनता पार्टीका नेता कार्यकर्ताले आपत्ति जनाएका छन् । सयानी मुखर्जीले कमेन्टमा लेखेकी छिन् शीरहाट जनता हो लाज मान, यस्ता महिलालाई संसद जिताएर संसदको अपमान र मजाक भएको छ । अर्की वैशालीले लेखेकी छिन् । यो देशको संसद हो या फेसन शो ?

प्रतिक्रिया दिनुहोस
डीएसपी मधु नेपाल बहुविवाह कसुरमा पक्राउ

           नवलपुरका प्रहरी नायव उपरीक्षक ९डीएसपी० मधु नेपाल बहुविवाह...

सरकारसँग मिलेर काम गर्छु : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग...

महाधिवेशनबारे जानकारी दिन एमालेको घरदैलो अभियान

    नेकपा (एमाले)ले एघारौँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिने...

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सम्झौता

    नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम...