संसदको पहिलो दिनमै सुन्दरी सांसदको तस्विरले भारतभर हंगामा !



हाम्रो इकोनोमि

 

भर्खर सम्पन्न भारतीय लोकसभामा ७८ महिला सांसद निर्वाचित भएका छन् । कतिपय महिला सांसदहरु लामो राजनीतिक यात्रा बोकेका छन् भने कतिपय निकै प्रभावशाली छन् । स्मृति इरानीले कांग्रेस अध्यक्ष राह्ल गान्धीलाई पराजित गरेर सर्वाधिक चर्चामा छिन् । तर मंगलबार ममता बनर्जीको तृणमूल कांग्रेसकी दुई युवा सांसदको तस्विरले भारतभर चर्चा पाएको छ ।

 

७८ महिला सांसदमा तृणमूल कांग्रेसकि नुसरत जहां र मिमि चक्रवर्ती पनि सांसद बनेका छन् । सुन्दर चेहेरा भएकी दुई सांसद पहिलो दिन संसद भवनमा पुगे । संसद भवनमा पुगेपछि आज पहिलो दिनभन्दै उनीहरुले सेल्फी खिचे र इन्स्टाग्राममा राखे ।

 

सामाजिक सञ्जालमा तस्विर पोष्ट गरेपछि दुई सुन्दर सांसदको चर्काे आलोचना शुरु भएको छ । सांसद नुसरत लेखेकी छिन् -एउटा नयाँ शुरुवात । मलाई भरोसा गर्ने ममता बनर्जी र बशीरहाट लोकसभा क्षेत्र जनताप्रति धन्यवाद ।

 

जाधवपुरबाट चुनाव जितेकी मिमि चक्रवर्तीले लेखेकी छिन् -संसदमा आज पहिलो दिन । उनीहरुको लेखाईभन्दा पनि तस्विर खिच्दा लिइएको पोज र कपडालाई लिएर भारतभर आलोचना भएको छ ।

 

भारतीय जनता पार्टीका नेता कार्यकर्ताले आपत्ति जनाएका छन् । सयानी मुखर्जीले कमेन्टमा लेखेकी छिन् शीरहाट जनता हो लाज मान, यस्ता महिलालाई संसद जिताएर संसदको अपमान र मजाक भएको छ । अर्की वैशालीले लेखेकी छिन् । यो देशको संसद हो या फेसन शो ?

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...