मोदीको सपथ ग्रहणमा प्रधानमन्त्री ओली बिहीबार दिल्ली जाने



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुने भएका छन् । सोमवार भारतबाट औपचारिक निम्ता आएपछि प्रधानमन्त्री ओली सपथग्रहण समारोहमा सहभागी हुन दिल्ली जाने तय भएको हो ।

 

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार ओली जेठ १६ गते दिल्ली जानेछन् । सोही दिन मोदीको सपथग्रहण छ । ओली सपथग्रहण र मोदीसँग द्विपक्षीय वार्तापछि जेठ १७ गते नै स्वदेश फर्किनेछन् । मोदीको सपथग्रहण समारोहमा विमस्टेक राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखलाई बोलाइएको छ ।

 

यसअघि मोदीको पहिलो कार्यकालको सपथग्रहण समारोहमा दक्षिण एसियाली मुलुकका सरकार प्रमुखलाई बोलाइएको थियो । त्यसबेला तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी थिए ।

 

मोदीको सपथग्रहण समारोहमा सार्क मुलुकभित्रै पर्ने पाकिस्तान,अफगानिस्तान र माल्दिब्सका सरकार प्रमुखलाई भने निम्ता नदिइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । जबकि मोदीले अघिल्लो कार्यकालमा पहिलो विदेश भ्रमण नै माल्दिब्सबाट गरेका थिए ।

 

मोदीको समथग्रहण समारोहमा मोरिसस र चेक गणतन्त्रका सरकार प्रमुख पनि सहभागी हुनेछन् । मोदीले बिहीवार साँझ ७ बजे राष्ट्रपति रामनाथ कोविन्दबाट सपथग्रहण लिनेछन् ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...