विप्लवलाई प्रचण्डले भने आउँनुहोस् मिलेर देशलाई समृद्ध बनाऊँ



हाम्रो इकोनोमि

 

अहिले नेपालमा विप्लवको बन्दको चर्चा सुरु भएको छ । देशैभरीबाट विप्लवका कार्यकर्ता धमाधम पक्राउ पर्न थालेका छन् । विप्लवलाई शान्तिको बाटोमा ल्याउन सरकार सकारात्मक नभएको धेरैको आरोप रहेको छ ।

 

योबीचमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव समूह वार्तामा आउनुको विकल्प नभएको बताउनु भएको छ ।

 

उहाँले राजधानीमा भएको बम विस्फोट, बन्द लगायतका गतिविधि वार्तामा आउनु अघिको अन्तिम गतिविधि भएको स्पष्ट पार्नुभयो । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘यो बन्द इत्यादि जे गर्नु भएको छ शायद प्रकारान्तरले वार्ताको वातावरण बनाउनकै लागि हो कि रु मैले चाहिँ त्यसरी बुझेको छु ।’

 

उहाँले एकाध बम विस्फोट हुँदैमा राजनीतिक स्थिरता नडगमाउने बताउनुभयो । सबै मिलेर समृद्धि र विकासमा अगाडि बढ्नुको विकल्प नभएको प्रचण्डको बुझाई रहेको छ । उहाँले भन्नुभयो, ‘अहिले राजनीति रुपले स्थिरता आएकै छ ।

 

एक दुईवटा बम विष्फोट हुँदैमा राजनीतिक स्थिरता छैन भनेर सोच्नु हुँदैन । बम आतङ्क फैलाएर मात्र राजनीतिक उद्देश्य प्राप्त हुन्छ भन्ने कुरा ठान्नु विल्कुल सही छैन ।’

 

अहिलोको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति, जनताको चाहना, भावना, राष्ट्रको आवश्यकता बम पड्काउने नभएको भन्दै प्रचण्डले सबै मिलेर समाजवादको नयाँ ढंगले तयारी गर्नतर्फ लाग्नुपर्नेम जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...