गृहमन्त्री थापाले भने विप्लवले सेना बनाइसक्यो अब उपत्यका हान्छ



हाम्रो इकोनोमि

 

नेकपा विप्लव समूहले जनसरकार गठन गर्नुका साथै जनसेना बनाएको सरकारले बताएको छ । साथै उसको निशानामा अहिले उपत्यका परेको गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन् ।

 

आइतबार काठमाडौंमा भएको श्रृखलावद्ध बम विस्फोटनका घटनाबारे संसदलाई जानकारी दिँदै गृहमन्त्री बादलले भने, उनीहरुले जनसरकारको रुपमा जनपरिषद् गठन गरेका छन् । जनसेनाको रुपमा चार कम्पनी निर्माण गरेका छन् । र, यो सबै गतिविधिको नेतृत्व गर्न नेकपा नामको पार्टी गठन गरेका छन् ।’

 

पछिल्लो वर्षहरुमा गैरकानुनी गतिविधि गर्दै आएको विप्लव समूहले अहिले मुख्य निशाना उपत्यकालाई बनाएको गृहमन्त्री बादलले बताए ।आइतबार भएको बम विस्फोटका घटनामा चार जनाको मृत्यु हुनुका साथै आधा दर्जन घाइते भएको उनले संसदलाई जानकारी दिए । घटनामा मृत्यु भएका सबै विप्लव समूह सम्बद्ध नै भएको र घाइतेमा पनि अधिकांश उनीहरु नै रहेको बताए ।

 

मुलधारमा ल्याउँछौं

विप्लव समूहले शान्ति र स्थायित्वलाई प्रभाव पार्ने गतिविधि गरिरहेको भन्दै उनले हिंसात्मक गतिविधि नियन्त्रण गरिने बताए । ‘यो समूहलाई नियन्त्रण गर्ने र वार्ता सम्वादद्धारा मुल प्रवाहमा ल्याउने प्रक्रिया अगाडि बढाएको छ’ गृहमन्त्री बादलले भने, ‘यो समूहलाई मुल धारमा ल्याउन र अपराधिक गतिविधि नियन्त्रण गर्न राज्य प्रतिवद्ध छ ।’

 

विप्लव समूहको बन्द र अपराधिक गतिविधिको जनस्तरबाट खारेज भएको तर, शैक्षिक संस्था र लामो रुटको यातायातमा आंशिक प्रभाव परेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...