देशैभरी बम बिस्फोटको आतंक, बाहिर निस्किदा यसरी राख्नुहोस् ख्याल



हाम्रो इकोनोमि

 

आफ्ना कार्यकर्ता मारिएको विरोधमा आज विप्लव समुहले गरेको बन्दले देशैभरीको जनजीवन प्रभावित भएको छ ।

यो बिचमा देशका विभिन्न ठाउँहरुमा विप्लवले विस्फोट गराएका खबरहरु सार्वजनिक भएका छन् ।

 

यस्तै, चन्द समूहका कार्यकर्ताले महेन्द्रराजमार्गमा गुडिरहेको ट्रकमामा बम प्रहार गरेका छन् । बम प्रहारबाट ट्रक चालक घाइते भएका छन् ।

सोमबार बिहान २ बजे दाउन्ने दाट नारायणगढ तर्फ सिमेन्ट बाकेर आउँदै गरेको लु २ ख १०८ नम्बरको ट्र्रकमा अरुणखोलाको जंगलमा बम प्रहार भएको प्रहरीले जनाएको छ ।

बम प्रहार पछि ट्र्रक जलेर नष्ट भएको, चालक दमौलीका ३३ वर्षीय अमर विकको शरीर जलेको अरुणखोला प्रहरी कार्यालयका इन्चार्ज सुन्दर गुरुङ्गङ्गे जानकारी दिनुभयो । त्यस्तै, डण्डामा पनि गुडी रहेको जिपमा आगजनी भएको छ ।

आगजनीबाट जिपमा सामान्य क्षति पुगेको छ । बन्दका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ भने स्थानीय त्रसित बनेका छन् । यता, भक्तपुरको च्यामासिंहमा शंकास्पद बस्तु फेला परेको छ ।

च्यामासिंह मालपोत कार्यालय नजिकै सोमबार बिहान पौने तीन बजेतिर प्रहरीको मोबाइल टोलीले शंकास्पद बस्तु फेला पारेको हो । सेतो रंगको झोलामा पोको पारिएको अवस्थामा रहेको शंकास्पद बस्तु टाईमबम सुरक्षित रुपमा निश्क्रिय पारिएको सुरक्षा टोलीले जनाएको छ ।

भोजपुरमा आफ्ना कार्यकर्ता सुरक्षा निकायद्वारा मारिएपछि आक्रोशित बनेको विप्लव समूहले आज सोमबारका लागि नेपाल बन्द आहवान गरेको छ ।

बन्दका लागि सुरक्षाकर्मीले जनशक्ति थप गर्नुका साथै हाइ अलर्टमा रहेको उपत्यकाका सुरक्षा निकाय प्रमुखले जानकारी दिएका छन्न असफल पार्न सुरक्षा निकाय हाइ अलर्टमा रहेको पनि सुरक्षा निकाय प्रमुखले जानकारी दिए ।

कसरी जोगिने ?

सकेसम्म अति जरुरी नभएसम्म बाहिर ननिस्किने ।
भरसक सार्वजनिक यातायात प्रयोग गर्ने ।
भित्रि गल्ली छोडेर मुख्य सडक प्रयोग गर्ने ।
शंकास्पद बस्तु देखिए सुरक्षित क्षेत्रमा पुगेर तत्काल प्रहरीलाई खबर गर्ने

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...