शक्तिशाली बिस्फोटमा यसरी जोगिएका थिए छोटु ठाकुर : दिए यस्तो दर्दनाक बयान



हाम्रो इकोनोमि

 

हिजो दिउँसो ५६ वर्षीय छोटु ठाकुर सुकेधारास्थित आफ्नै कार्यस्थल सैलुनमा ग्राहक कुरिरहेका थिए ।

आफ्नै धुनमा व्यस्त उनीलाई अचानक कसैले ढुंगा हानेजस्तो लाग्यो । उनले भने, ‘कसले के हान्यो भनेर ढोकातिर हेरेँ आँखा मधुरो भएर गयो, केही ठम्याउन सकिनँ ।’

जीउभरि ज्वलन्त वस्तु सल्बलाएजस्तो भयो र उनी ढले ।’ यतिबाहेक उनलाई केही सम्झना छैन । उनी सुकेधारा बम विस्फोटमा परेर गम्भीर घाइते भएका हुन् ।

घटनास्थलबाट महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल हुँदै ट्रमा सेन्टर ल्याउँदासम्म उनको छटपटाहट रोकिएन ।

शरीरभरि बमका छिटाहरूले बनाएका घाउ छन् । नाकमुखबाट रगत बगिरहेको छ । दुखाइ सहन नसकेर उनी भन्दै थिए, ‘म त बरु मर्न पाए पनि हुन्थ्यो, के भएको हो । म कहाँ छु ।’

विगत ३० वर्षदेखि राजधानीमा कपाल काट्ने काम गर्दै आएका उनको स्थायी घर महोत्तरीको रामनगर– १ मा पर्छ । परिवारमा कोही नभएको उनले बताए । उनले भने, ‘परिवार यो संसारमा छैनन् ।’

अस्पतालमा उनलाई कुर्ने कोही छैन । अस्पतालका प्रमुख डा.प्रमोद यादवका अनुसार घाइते ठाकुरको अवस्थाबारे अहिले केही भन्न सक्ने अवस्था छैन । उनले भने, ‘अहिले घाइतेको आकस्मिक उपचार मात्रै गरिरहेका छौं । रगत परीक्षण र एक्सरे रिपोर्टको नतिजा आएपछि मात्रै केही भन्न सकिन्छ ।’

बम विस्फोटमै परेका अर्का घाइते रविन केसीको भने अवस्था सुधार छ । उनको पनि ट्रमा सेन्टरमै उपचार भइरहेको छ । उनको छाती र हातमा सामान्य चोट छ । नेक्रवित्रम चन्द समूहका कार्यकर्ता भएको आशंकामा प्रहरीले अस्पतालमै उनीमाथि छानबिन गरिरहेको छ ।

बम विस्फोटमा घाइते भएका ५ जनालाई भने चाबहिलस्थित ओम अस्पताल पुर्‍याएको छ । एक जनाको भने बाटो मृत्यु भएको र एक जनाको आईसीयूमा उपचार गर्दागर्दै मृत्यु भएको अस्पतालले जनाएको छ ।

घाइतेका टाउको र खुट्टामा गहिरो चोट लागेको बताउँदै अस्पतालका म्यानेजिङ डाइरेक्टर बाबुकाजी कार्कीले भने, ‘घाइतेको नाम–ठेगानाबारे केही बुझ्न सकिएको छैन । हामी उपचार गरिरहेका छौं ।’ उपचाररत तीन जनाको अवस्था गम्भीर भएकाले शल्यक्रिया गर्ने तयारी भएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...