संविधानमा प्रेस स्वतन्त्रताको ग्यारेण्टी हामीले गरेका हौं –प्रचण्ड



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैको साझा उदेश्य भनेको राष्ट्रलाई सुदृण गर्ने गरि अघि बढ्ने हुनु पर्ने बताउनुभएको छ ।

 

यो संकल्प कुनै विचार मान्यताले कमजोर हुन नहुने प्रचण्डको भनाइ थियो । कृष्णसेन इच्छुक स्मृति दिवसमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले पत्रकारिता, साहित्य, राजनीति लगायतले राष्ट्रिय एकतालाई बलियो बनाउनु पर्ने बताउनुभयो ।

 

‘हाम्रो पत्रकारिताले राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्छ कमजोर होइन’ प्रचण्डले भन्नुभयो,‘ राष्ट्रिय एकतालाई कमजोर पर्ने पत्रकारिता, लेख, रचना, समाचार वा प्रचार छ भने ‘समथिङ इज रङ’ भन्ने हुन्छ, त्यसलाई हामी समर्थन गर्न सक्दैनौं ।’ राष्ट्रिय एकता र भौगोलिक अखण्डता बलियो पार्ने दायित्व पत्रकार, साहित्यकार मानवअधिकारवादी राजनीतिज्ञ लगायत सबैको भएको प्रचण्डको भनाइ थियो ।

सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल विधेयक लगायतका विधेयक पास हुने एउटा प्रकृया भएको भन्दै प्रचण्डले समाजमा चलेका बहसबारे केही परिमार्जन गर्नुपर्ने भए त्यो परिमार्जन हुने बताउनुभयो । उहाँले संसदमा छलफल हुने र विधि अनुसार त्यो आउने स्पष्ट पार्नुभयो ।

प्रचण्डले अराजकता स्वतन्त्रता नभएको भन्दै स्वतन्त्रता र अनुशासन एक अर्कासँग असाध्यै घनिष्टतासँग जोडिएको धारणा राख्नुभएको थियो ।

 

‘संविधानमा प्रेस स्वतन्त्रता बारे जे लेखिएको छ त्यो हामीले लेखेका हौं भन्दै अध्यक्ष प्रचण्डले मौलिक अधिकार हामीले राखेको हो’ सबै ढुक्क हुँदा हुन्छ यी केहीपनि हनन हुँदैनन् । प्रचण्डले भन्नुभयो,‘ त्यसको जिम्मा नेपाली जनाताले दिएको हो, त्यसलाई हामीले पुरा गरेको हौं ।’

 

संविधानलाई आफूहरुले धर्मशास्त्रको रुपमा नबुझेको प्रचण्डको भनाइ थियो । आवश्यक परेको दिन संविधानलाई संशोधन गर्न सकिने उहाँले बताउनुभयो ।

 

संविधानले भने भन्दा विपरित भावनामा ऐन कानूनहरु नबनाइने प्रचण्डको भनाइ थियो । ‘यदी बनाउनुपर्ने भयो भने संविधान संशोधन गरेर बनाइन्छ । त्यसको केही आधारहरु छन्’ प्रचण्डको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...