विप्लव’ समुहले यात्रुवाहक बसमा आगजनी



हाम्रो इकोनोमि

 

नेत्रविक्रम चन्द ‘विप्लव’ समुहले पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन् ।

गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्बरको बसलाई विप्लवका कार्यकर्ताले आज बिहान गोचेखोलामा आगजनी गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हतियारसहित आएका विप्लवका कार्यकर्ताले चालक, सहचालक र बसधनीलाई झारेर पेट्रोल छर्केर आगजनी गरेका थिए ।

आगजनीबाट बस पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । बस जेलेको ठाउँ नजिकै शङ्कास्पद वस्तु फेला परेको छ ।काठमाडौं, १२ जेठ ।

काठमाडौंको बैद्यखानास्थित एउटा घरमा सेल्टर बनाइ अड्डा जमाएर बसेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विद्यार्थी नेताहरूले बम बनाउँदै गर्दा बिष्फोट भएर ज्यान गुमाउनेको सनाखत भएको छ ।

बैद्यखानास्थित लोकमञ्जरी कार्कीको घरमा अपरान्ह बम बिस्फोट हुँदा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रज्वल शाहीको मृत्यु भएको स्रोतले जनाएको छ ।

बम विस्फोटमा परी त्रिचन्द क्याम्पसका विप्लव पार्टीका विद्यार्थी नेता इकाईअध्यक्ष रविन केसी घाइते भएका छन् ।

उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।बम बिस्फोट भएपछि अध्यक्ष केसी मलाई अस्पताल लगेर उपचार
गराउभन्दै सडकमा दौडिएका थिए ।

बम बिस्फोटमा परेका अन्य तीन जना फरार छन् ।सुकेधाराकोविस्फोटमा महोत्तरी घर भई सुकेधारामा सैलुन चलाउँदै

आएका ५९ वर्षका जीवकुमार ठाकुरको घटनास्थलमै मृत्यु भएको छ ।अस्पतालमा

उपचारका क्रममा मृत्यु भएका एक जनाको भने सनाखत हुन सकेको छैन । घटनामा ४ जना घाइते भएका छन् ।घटनास्थलबाट विप्लव नेकपाको पर्चा

भेटिएपनि ठाकुर भने सो पार्टीमा आबद्ध रहेको वा नरहेको खुल्न सकेको छैन् ।

घट्टेकुलोको घटनास्थलमा भने विप्लव नेतृत्वको नेकपाका पर्चा भेटिएका छन् ।काठमाडौं, १२ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता बम पड्किदा काठमाडौंको थानकोटमा घाइते भएका छन् ।मोटरलाईकलमा बम बोकेर पड्काउन हिँडेका उनीहरू आफैले बोकेको बम पड्किदा घाइते भएका हुन् ।

घाइतेमध्ये एकजनालाई उद्धार गरेर उपचारका लागि अस्पताल भर्ना गरिएको छ । अर्का एकजना बम पड्किनेवित्तिकै फरार भएका छन् ।

उनको खोजतलास शुरू भएको छ ।काठमाडौंको चन्द्रगिरी नगरपालिकास्थित नागढुंगामा आफैले बोकेको बम विस्फोट हुँदा विप्लवका कार्यकर्ता घाइते भएका हुन् ।

मोटरसाइकलमा बम बोकेर लैजाने क्रममा बिस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।प्रहरीका अनुसार बा २८ प ८१४५ नम्बर मोटरसाइकलमा आकाश लामा र बुद्ध लामाले बम बोकेर हिँडिरहेको बेला बम विस्फोट भएको थियो ।घटनामा आकाश लामा गम्भीर घाइते भएका छन् ।

लामा विप्लवका कार्यकर्ता भएको खुलेको छ । बुद्ध लामा भने फरार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...