छिमेकिको छोरालाई बाँधेर बलात्कार गर्दा महिला पक्राउ



 

भारतको यूपीमा ३० वर्षीय महिला बलात्कार प्रयासको आरोपमा पक्राउ परेकी छिन्। पक्राउ परेकी महिला माथि १३ वर्षीय किशोरलाई बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ गरिएको हो।पक्राउ परेकी महिला माथि जबर्जस्ति करणी प्रयास सँगै कुटपिटको मुद्दा चलाइने बुझिएको छ।

 

पिडित बालकको आमाले समयमानै उद्धार नगरेको भए महिलाले बालकलाई बलात्कार गरिसकेको हुने थिइन्।पिडित बालकको गुप्तअङ्गमा चोट पुगेको बुझिएको छ।

घर नजिकैको चौरमा खेलिरहेका बालक धेरै समय सम्म पनि घर नफर्किएपछि पिडित बालककी आमा आफ्नो छोराको खोजिमा जुटेकी थिइन्।खोजि गर्दै गर्दा आफ्नै छिमेकमा रहेकी एक महिलाले लिएर गएको पत्ता लागेको थियो।

आरोपी महिलाको घरमा पिडित बालकलाई बन्दक बनाइराखेको अवस्थामा फेला परे पछि बलात्कार प्रयासको घटना बाहिरिएको थियो।घटना मंगलबारको भएको बुझिएको छ।

पिडित बालकलाई आरोपी महिलाले पहिला फकाउन खोजेकी थिइन्। तर नमानेपछि बाँधेरबलात्कारकोप्रयास गर्दै गर्दा बालकको उद्धार भएको थियो।उद्धार गरेसँगै पिडित बालकको परिवारले प्रहरीमा उजुरी गरेपछि बलात्कार प्रयास गर्ने महिला पक्राउ परेकी थिइन्।

पक्राउ परेकी महिलाको अहिले स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ ।सर्लाही -सर्लाहीको मलंगवामा रहेको सिम्रिक लजमा एक महिला मृत फेला परेकी छन् ।

बागमती नगरपालिका–४ घर भई हाल काठमाडौं, टोखा बस्ने ३२ वर्षीया कल्पना श्रेष्ठ सुवेदी आज बिहान मृत अवस्थामा फेला परेको बताइएको छ ।उनी तीन दिनदेखि सोही लजमा २४ वर्षका एक पुरुषलाई श्रीमान भनेर बस्दै आएको बताइएको छ । सँगै
रहेका पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।घटनाको विषयमा अनुसन्धान भइरहेको बताइएको छ ।

मृतक महिलाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल राखिएको र महिलाको मृत्युको कारणबारे केही नखुलाइएको बताइएको छ ।अन्य समाचार, पाँचथर / प्रदेश नं १ का आर्थिक मामिला तथा

योजनामन्त्री इन्द्रबहादुर आङ्बोले पाँचथरको मिक्लाजुङमा भएको हत्याकाण्डको सत्यतथ्य चाँडै सार्वजनिक गरिने बताउनुभएको छ ।

उक्त घटनाका क्रममा भागेर ज्यान जोगाएकी बालिका सीता खजुमको स्वास्थ्य अवस्था बुझ्न आज दमक आउनुभएका मन्त्री आङ्बोले घटनाको सत्यतथ्य छानबिन गरी चाँडै सार्वजनिक गरिने बताउनुभयोबालिकाको उपचारका लागि प्रदेश सरकारले सबै व्यवस्था गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “घटनाको सङ्घीय तथा प्रदेश सरकारले छानबिन तीव्र रुपमा गरिरहेको छ, छिट्टै सत्यतथ्य बाहिर आउँछ ।” घटनाको छानबिनका लागि सरकारले कुनै कसर बाँकी नराख्ने उहाँले बताउनुभयो ।

मङ्गलबारदेखि सीताको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ । उहाँको हात भाँचिएको छ । सीताको स्वास्थ्य अवस्था बुझ्न मन्त्री आङ्बोसँगै नेकपाका नेता योगेश भट्टराई अस्पताल पुग्नुभएको थियो ।

उहाँहरुले अस्पतालका निर्देशक डा मुक्ति भट्टराईसँग बालिकाको अवस्थाबारे जानकारी लिनुभएको थियो ।भरतपुरमा आज अपरान्ह गोली चल्दा एक जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२९ जुगेडीमा गोली चल्दा सोही ठाउँ निवासी ३८ वर्षीय सुकबहादुर चेपाङ घाइते हुनुभएको हो ।

मध्यान्ह १२ बजे घर नजिकै जङ्गलमा घाँस काट्न जाँदा गोली लागि चेपाङ घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता दुर्गाराज रेग्मीका अनुसार घाइतको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उहाँको दायाँ खुट्टाको घुँडामा गोली लागेको प्रहरीले जनाएको छ ।

कस्ले कतिखेर के कारणले गोली चलाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।प्रकाशित : शुक्रबार, जेठ १०, २०७६१४:३०धादिङ । गङ्गाजमुना गाउँपालिका–२ लताबमा दुई झाँक्रीको हत्या गरेको आरोपमा धादिङ जिल्ला अदालतले २६ जनालाई कारागार सजाय सुनाएको छ । धादिङ जिल्ला अदालतका न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले बुधबार सो सजाय सुनाउँदै चार जना महिलालाई

भने सफाइ दिइएको छ ।चौँतीस वर्षीय जितबहादुर तामाङ, ४९ वर्षीय भिमबहादुर तामाङ, ३६ वर्षीय मेमबहादुर तामाङ, ४४ वर्षीय टाडोङ तामाङ, २५ वर्षीय मङ्गले तामाङ, ३४ वर्षीय बमबहादुर तामाङ, २७ वर्षीय विशाल तामाङ, ३८ वर्षीय रामबहादुर तामाङ, अर्का ३६ वर्षीय रामबहादुर तामाङ, १८ वर्षीय अमित तामाङ र अर्का २३ वर्षीय विशाल तामाङलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम जन्म कैद गर्ने फैसला गरिएको जिल्ला अदालतका श्रेस्तेदार नवराज दङ्गालले बताउनुभयो ।यसैगरी ३८ वर्षीय ज्ञानबहादुर भन्ने शङ्कर तामाङ, ३७ वर्षीय वीरबहादुर तामाङ, २६ वर्षीय शुकबहादुर तामाङ, १८ वर्षीय शुकराम तामाङ, २० वर्षीय सुनिल तामाङ, १८ वर्षीय मिनबादुर तामाङ, १८ वर्षीय अन्जन तामाङ, ३६ वर्षीय मनोज तामाङ, ३१ वर्षीय बेगबहादुर तामाङ, २२ वर्षीय सनम तामाङ र ५५ वर्षीय मनराम तामाङलाई जनही पाँच वर्ष छ महीना कैद गर्ने फैसला गरिएको छ ।सत्र वर्षीय वुद्धिलाल तामाङ, १७ वर्षीय निरज तामाङ, १७ वर्षीय चन्द्रमान तामाङ बालक भएकोले पाँच वर्ष कैद हुनेमा दुई तिहाइ अर्थात तीन वर्ष आठ महीना कैद गर्ने फैसला गरिएको छ । छपन्न वर्षीय बलबहादुर तामाङलाई मतियारको रूपमा कटुवाल कराई झाँक्रीहरु मार्नका लागि सहयोग पु¥याएकाले तीन वर्ष छ महीना कैद गर्न जिल्ला अदालतले फैसला सुनाएको छ ।साधारण तारेखमा रहेका सुशीना तामाङ, असारमायाँ तामाङ, कैसाङ तामाङ र तारस्य तामाङलाई घटनामा निर्दोष रहेको भन्दै सफाइ दिइएको छ । चार महिला साधारण तारेखमा रिहा भएका थिए भने बाँकी २६ जना पुर्पक्षका लागि थुनामा थिए ।गाउँमा झाँक्री लागेर गाउँवासीलाई दुःख दिएको आरोपमा विसं २०७५ साउन ५ गते गाउँवासीको कुटपिटका कारण गङ्गाजमुना गाउँपालिका–२ लताबका ४५ वर्षीय साइँला भन्ने प्लेक तामाङ र सोही स्थानका ६५ वर्षीय नरुङ तामाङको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सिंहदरबारमा प्रचण्ड, माधव र राजेन्द्र श्रेष्ठ भेट

  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार

तेल बेचेर नाफा कमायौं भन्दै निगम रमाउने दिन धेरै छैन : मन्त्री भण्डारी

    उदोग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगम लिमिटेड तेल

प्रेस चौतारीको महाधिवेशन उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने

    नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको फागुन २५-२७ गतेसम्म विराटनगरमा

अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा २ नेपालीको मृत्यु

    अमेरिकाको भर्जिनियास्थित स्यान्टिली शहरमा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु